खिरारे सरकार निरंकुश

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

@ kathmanduglue.com

Ayus · May 13, 2013 9:12 AM · 10,787 views

3 Replies

हरेक निरंकुश सरकार जस्तै खिरारे सरकारले पनि प्रेस र अभिव्यक्ति स्वतन्त्रता माथि धावा बोलेको छ । विजयकुमारको लेखले अहिलेको न्यायलयको बेथिति बोलेको छ । बौद्धिकता, ज्ञान र दर्शन झल्किने विजयकुमारको लेख पढेर प्रधानन्यायाधिश रहिसकेका वर्तमान प्रधानमन्त्री खिलाराज रेग्मीले त्यसबाट केही ज्ञान लिन सक्थे । तर उनले अदालतको मानहानी भएको पो देखेछन्, त्यति साधगीपूर्ण र सभ्यभाषामा लेखिएको लेखलाई उनले स्वतन्त्र न्यायलयको शत्रु ठानेछन् । प्रकृतीको नियम बाहेक मानवनिर्मित कुनै पनि नियमले काम गर्न छोडेको नेपालमा आवाजविहिनहरुको आवाजबोल्नेको कलम निमोठ्ने प्रयास भएको छ नेपालमा विजयकुमार पाण्डे र कान्तिपुर प्रकाशन प्रालिमाथि मुद्दा हालेर । खिरारे सरकारको आयु सकिन लाग्यो, यसले प्रेसलाई चलाएर आत्महत्याको बाटोतर्फ लाग्यो भनेर म भन्दिन तर नेपालमा एउटा ब्यापक आँधिबेहरीको खाँचो छ, एउटा ठूलो उथलपुथलको खाँचो छ, जसपश्चात नेपाली जनता माओवादी निरंकुशता, ज्ञानेन्द्रशैलीको अधिनायकवाद, अनि भ्रष्ट कांग्रेस एमाले शैलीको यथास्थितिवादबाट मुक्त होउन् । 

Max Rossa · May 13, 2013 10:20 AM

 मेरो नजरमा खिल राज रेग्मी एउटा धुर्त र लोभी फ्याउरो हो, जो प्रधानमन्त्रिको सुचीमा आफ्नो नाम चढाउने खेलमा देशलाई बाजीमा राख्दै छन् |

metta · May 13, 2013 5:44 PM

Yesta chor regmi haru prime minister ani kaha huncha desh ko develop. Press freedom shouldn't be taken away.

Gorikopoi · May 13, 2013 5:55 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all