पतिका आठ प्रकार, तपाईँ कस्तो ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

१) सोमरस पति सँधै तीन घ्याम्पो रक्सी धोकेर घरमा आई स्वास्नी पिट्ने| रक्सीको नशा चढेपछि घरकी स्वास्नी हो वा बाहिरिया आइमाई हो छुट्टयाउन नसक्ने| भाँडोमा रगतको बान्ता नगरुन्जेल ठाडो बोतल लाउन नछोड्ने| २) शक्तिमान पति बेलुकी घर आउँदा स्वास्नीले मासुको सितन र ठर्रा टेबुलमा ठिक पारेकी रहिनछ भने वा जुवामा हारेर आएको होस् वा भनेको मानिन भनेर होस् अथवा जेसुकै कारणले होस् घरकी स्वास्नीलाई पिटी पुरुषत्व देखाउने| स्वास्नीमाथि हात हाली पिट्नु, लछार्नु-पछार्नु त मानौँ उसको पुर्ख्यौली अधिकार हो| ३) खोपे (शो केश)पति पत्नीलाई सजिएर केवल आफ्नो घरको खोपामा वा शो केशमा मात्र बसिरहोस् भन्ने, घरबाट छिसिक्क कतै बाहिर निस्कन त के, झ्यालबाट यसो बाहिर चियाउन पनि नदिने| उसलाई कतै जाने पर्ने भयो भने पनि आफू चाँडै घर आई आफ्नो निगरानीमा त्यहाँ पुर्‍याई दिने| आफू बाहेक पत्नीले अरु कोही लोग्नेमान्छेलाई आँखा उठाएर नेहेरोस् भन्ने| अरु कोही लोग्नेमान्छेसँग यसो बोलेको देख्यो कि त ऊ त्योसँग सल्की भनेर आरोप लगाउने। ४) पुरुषार्थ पति घरकी पत्नीबाहेक बाहिर अरु जति धेरै केटीहरुसँग सम्बन्ध राख्न सक्यो, उति आफूले पुरुषार्थ देखाएको ठान्ने| ऐनामा आफ्नो अनुहारको चाउरी नदेख्ने तर बाहिरका केटीहरुको यौवन देख्ने| ५) वाकवाक पति आफूले पत्नीलाई जति तथानाम गाली गरे पनि पत्नीले चाहीँ चुपचाप टाउको निहुराएर एक शब्द नबोली सुनिरहोस् भन्ने इच्छा गर्ने| जति आफूले पत्नीलाई धेरै गाली गर्‍यो, उति नै आफ्नो वाककला राम्रो भएको ठानी गर्व गर्ने| ६) पानीमरुवा पति घरमा (प्रायजसो संयुक्त परिवारमा) आमा, दिदीबहिनीहरुले बिना कारण वा सानो कारणले आफ्नी पत्नीलाई पिटे पनि, गाली गरे पनि, मार्ने आए पनि आफू चाहीँ थरथर काम्दै कोठाको एक कुनामा गई थचक्क बसी टाउको घुँडामा लुकाउने| ७) विलासी पति पत्नी भनेको केवल आफूले चाहेको बेलामा आफुसँग ओछ्यानमा समय बिताउने र छोराछोरी जन्माउने मात्र हो भन्ने ठान्ने| सोच्छ कि पत्नी त केवल उसको व्यक्तिगत आवश्यकता पूरा गर्न मात्र बनेको हो| ८) अलौकिक पति यो लोकमा पाउन अति दुर्लभ तर कतै कतै पाई हाल्न पनि सकिने| पाउन दुर्लभ किनभने प्राय जसो अरु भन्दा धेरै फरक खाले| अति समझदार, सहयोगी, माया गर्ने, जे कुरामा पनि पत्नीको सल्लाह माग्ने, उसको हालखबर सोध्ने अनि उसको पनि आवश्यकताहरु र दुःखसुख बुझ्ने, सबै भन्दा ठूलो कुरा: पति र पत्नी भनेको जीवनरुपी रथका दुइ पांग्रा हुन् र जीवन सफल पार्नका लागि हामी दुवैलाई समान रुपमा एक अर्काको आवश्यक छ भनेर बुझ्ने|   पत्‍नीका सात प्रकार; तपाईँ/तपाईँकी पत्‍नी कस्ती ? १) बधक पत्‍नी जो स्त्री आफ्ना पतिप्रति द्वेष भाव राख्छे, अहित चिन्तन गर्छे, परपुरुषप्रति आशक्त भएर पतिको अपमान गर्छे, पतिको धनका लागि पतिको वध गराउन पनि पछि पर्दैन, त्यस्ती पत्‍नी बधक पत्‍नी हुन्। यस्तो दुशील स्त्री मरणपछि नरक जान्छे। २)चोरीसम (चोर) पत्‍नी पतिले कमाएर दिएको धन मध्ये केही अंश लुकाउँछे। यस्ती स्त्री पनि मरणपछि नरक जान्छे। ३) आयासम (स्वामिनी) पत्‍नी केही काम नगर्ने, अल्छी, धेरै खाने, कठोर वचन बोल्ने, नोकरचाकरलाई अपमान गर्ने। ४) मातुसम (आमा जस्ती) पत्‍नी आमाले छोरोको हित चाहे जस्तै सँधै पतिको हित चाहने हुन्छे। प्राप्त धनलाई राम्रोसित सनुम्हालेर राख्छे। यस्ती पत्‍नी सदाचारयुक्त भएकीले मरणपछि स्वर्णलोकमा गएर सुख भोग गर्छे। ५) भगिनीसम (बहिनी जस्ती) पत्‍नी पतिको सम्मान गर्ने, लज्जालु र पतिले भनेको मान्ने हुन्छे। यस्ती स्त्री पनि मृत्युपछि स्वर्गलोकमा जान्छे। ६)सखीभरिया (साथी जस्ती) पत्‍नी पति देखेर प्रसन्न हुने, आफ्नो कुल परम्परा कायम गर्ने, शीलवती तथा पतिव्रता हुन्छे। यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे। ७) दासीसम (दासी जस्ती) पत्‍नी कहिल्यै नरिसाउने, शान्त स्वभावकी, दण्ड देखेर डराउने, पतिको कुरा मान्ने, सहनशील हुन्छे। यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे। copy Right   www.mysansar.com Last edited: 12-May-13 11:24 PM

neta no 101 · May 12, 2013 7:30 PM · 9,367 views

2 Replies

Dami netaji thanks for the post, interesting. I think i fall in 3 categories. No. 1, 4 n 7

Gorikopoi · May 12, 2013 7:55 PM

I'd like to bitchslap the dimwit who wrote this article for generalization of Nepalese men as wifebeaters/abusers. According to him, only 12.5 percent of Nepali men are 'desirable' husbands, that's far from truth, surely! 

riddle · May 12, 2013 11:17 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all