साउदी अरबमा एउटा पीडितले देखेका र झेलेका व्यथा 1 धनबहादुर वली काठमाडौ, वैशाख १९ - साउदी अरबमा काम गरेको ४ वर्ष बितेछ । यो अवधिमा मेरो भाग्य अथवा अवसर जे भए पनि मैले नेपालीहरूमाझ रहन पाए । कम्तीमा सय पटकभन्दा बढी साउदी अरबस्थित नेपाली दूतावासमा पुग्ने मौका पाएँ । केही आफ्ना समस्या अनि केही अरूका समस्या हेर्दा मलाई लाग्छ वैदेशिक रोजगारीको फोहोर भनेको 'दलाली' हो । दलालहरू कहाँ कहाँसम्म छन् । अनि, कहाँ कहाँसम्म पुग्न सक्छन् भनेर भनिरहनुपर्छ जस्तो मलाई लाग्दैन । दलाली भनेको एउटा खराब नियत हो । जुन हरेक मान्छेमा हुन्छ । त्यसका रूप र हदको मात्रै फरक होला, नत्र स्वार्थको लागि गरिने यस्ता कामहरू सबैले प्रायः गरिरहेकै हुन्छन् । समस्या उनीहरूको पहँुच र पावरको हो । उनीहरू नै शक्तिशाली भएकोले गरिब र लेबरको काम गर्ने सोझा सिधा मान्छेले न्याय पाउँदैनन् । यसको निकासका निमित्त सरकारले नै जिम्मेवारीपूर्वक उनीलाई नियन्त्रण्ामा राख्नुपर्ने हुन्छ । अन्यथा इजरायलमा जस्तै अरबी देशले पनि आफ्नो कामदार आपूर्तिसम्बन्धी नीति परिवर्तन गर्न नसक्लान् भन्न सकिन्न । हुन त यसको दोषी रोजगारीका निम्ति जाने कामदार पनि कहीँ न कहीँ अवश्य होलान् तर कामदारलाई दोषी देखाएर सरकार चुप लाग्छ । त्यस्तो सरकारले जनताको चिन्ताभन्दा आफ्नो कुर्ची मोह बढी भएको भनेर जनतासामु प्रस्ट गरिरहेको हुन्छ । अर्थतन्त्रको आधारको रूपमा लिइएको वैदेशिक रोजगारलाई दलालको जिम्मा लगाउने अनि कामदारलाई नै गलत ठहर्दै त्यसको परिण्ााम पक्कै पनि दलालको मनोबल उच्च हुने अनि अन्ततः वैदेशिक रोजगारीमा दलालकै हाबी बढ्न गई वैदेशिक रोजगारी तहसनहस हुनसक्ने खतरा मैले देखिरहेको छु । म्यानपावर कम्पनीलाई भनेर साउदीबाट निःशुल्कमा पाइने भिजा र टिकटसमेतको पैसा असुलेका दलालले फेरि नेपालबाट आउने कामदारबाट पनि सक्ने पैसा असुलिरहेको आफ्नै आँखाले देखेको छु । नेपाल सरकारले नै तोकेको अधिकतम रकम भन्दा दोब्बर रकम उठाइरहेका हुन्छन्, यसरी दिन प्रतिदिन दलाल हावी हुँदै जाने र नेपालीले विदेशमा कामदारको रूपमा काम गर्ने कम्पनीमा दुःख पाउँदै जाने स्थिति रहने हो भने एक दिन वैदेशिक रोजगारी -अर्थतन्त्रको खम्बा) समाप्त हुने निश्चितप्रायः छ । मैले आफैं पनि साउदी बसाइको ४ वर्षको अनुभवले के कुरा बुझेको छु भने धेरैजसो कम्पनी नाफाको निम्ति कामदार आयात गर्ने गरेका हुन्छन् भने त्यो देशको सरकार आफ्ना नागरिकलाई रोजगारीमा लगाउन चाहन्छन् वा त्यस्तो नीति लागू गर्दै जाने पक्षमा हुन्छन् । ब्यालेन्स मिलाउन खोज्ने सरकार र कम्पनीकै बीचमा उभिएका आप्रवासी कामदारलाई विभिन्न बहानामा सरकारले निकालिरहेको हुन्छ । त्यसको मारमा सबैभन्दा धेरै नेपाली नागरिक परेको मेरो भोगाइ हो । त्यसको कारण्ा हाम्रो देशको राजनीतिक खिचातानी र त्यसकै आडमा मौलाएको दलाली प्रवृत्ति साउदी अरबमा रहेका कामदारमध्ये झन्डै आधाजस्तै देखिने गरी कामदार भगौडा कामदारको रूपमा काम गरिरहेका छन् । जसको कारण्ा एउटा मात्रै भन्नुहुन्छ भने त्यो हो, दलाली । नेपालबाट आउने अनि रोजगारदाता कम्पनीले भनेबमोजिमको तलबलगायत सेवा सुविधा नदिने हुन्छ्र । कोही अवैधानिक रूपमा काम गरेर राम्रै आम्दानी गरिरहेका हुन्छन् भने कोही न्यायको खोजीका निम्ति भौतारिन्छन् । तर, न्याय पाउँदैनन् किनभने हाम्रो सरकारको उपस्थिति यहाँ निकै कमजोर छ । मलाई यहाँ अर्को एउटा कुरा जोड्न मन लागेको छ । अरबिक म्यानेजर रहेको मेरो कम्पनीबाट म नेपाली दूतावास रियाद पुगेर कम्पनी फर्केपछि मलाई अफिसमा बोलायो र सोध्यो, 'इन्ता अलियोम ह्वेन ?' मैले जवाफमा केही भन्न सकिन । किनकि डर सबैलाई हुन्छ । म दूतावासमा आफ्नो समस्या राख्न गएको थिएँ । उसले त्यही विषयमा केरकार गर्दै थियो । उसले फेरि सोध्यो, 'इन्ता अलियोम रो सफारा ?' मैले जवाफमा 'आइवा रो' । उसले मलाई फेरि भन्यो, 'तिम्रो दूतावासलाई एउटा पेप्सीमा हाम्राे पक्षमा बोल्ने बनाउन सक्छौं ।' मैले नेपाली समाचारमा श्रम सहचारी नियुक्त हुने र सहचारीमार्फत सामान्य समस्या सुल्झाउनेछ भन्ने बुझेको थिएँ । त्यसैले मलाई मेरो देश र हाम्रो सरकारप्रति गर्व थियो । र, मलाई रिस उठ्यो मैले जवाफमा भने उनीहरूसँग के सम्झौता गरेको छु । पालना गर्नतिर लाग हैन भने हामी लेबर कोर्टसम्म गएर कम्पनी नै बर्बाद पारिदिन्छौं । उसले त सिधै भन्यो मलाई कि तिमी जहाँ जान मन छ जान सक्छौ । चाहे कोर्ट जाउ चाहे दूतावास कहीँ गएर केही गर्न सक्दैनौ । मतलब ? तिम्रो दूतावास हाम्रो मुठीभित्र छ । हुन पनि त्यस्तै भयो १ वर्ष भयो । न एक सुक्का पैसा छ न नेपाल फर्किन पाइएको । अब त्यसबीचमा के के गरे वा कहाँ कहाँ मेरो व्यथा सुनाएँ । एक सयपटक त दूतावासमै पुगे । दूतावासको सहयोगमै लेबरकोटमा समस्या सुल्झाइदिन निवेदन गरें । २ महिना लामो कसरत गर्दा पनि नेपाल फर्किने मात्रै वातावरण्ा पनि तयार गर्न सकेन लेबरकोटले पनि नेपाल सरकारले चलाउने कार्यक्रम जनतासँग प्रधानमन्त्री रेडियो नेपालबाट प्रसारण्ा हुन्छ । त्यहाँ दूतावासलाई भनेर हामीलाई नेपाल फर्काइदिन पहल गरिदिनुस् भनेर इमेल गरें । जुन प्रसारण्ा पनि भएको थियो । प्रमले आफूले सहयोग गर्ने आश्वासन पनि दिनुभएको थियो । एनआरएन साउदीलाई पनि लामो इमेल गरेर उद्धार गरिदिन अनुरोध गरे । कहीँ कतैबाट ठोस उपलब्धि हुन सकेन । अन्ततः खाने चारो खोज्दै हिँडेको छु । भनाइको अर्थ म पनि अवैधानिक कामदार बन्ने तरखरमा छु । अब बुझ्न सकिन्छ किन साउदीमा यति धेरै कामदार बिचल्लीमा परेका छन् किन कम्पनी छोडेर भगौडा कामदार भएर बसे ? म सँचारसँग यति नजिक छु कि आफूले चाहेको बेला जुनसुकै ठाउँमा उजुरी गर्न सक्छु । तर पनि १ वर्ष लामो अवधिमा त न्याय र उद्धार हुन सकेन भने हजारौं सोझा नेपालीको हालत के होला ? भोक भोकै भए पनि कम्पनी छोडेर भाग्न उनीहरूलाई रहर त पक्कै थिएन होला ? वैधानिक कामदार ठगेको आफ्नै आँखाले देखेकालाई अवैधानिक भएपछि झन् धेरै ठगी हुन्छ भन्ने सोच्दैनन् होला त ? मलाई मेरो उद्धारको निम्ति भनेर मैले यहाँ लेखेको होइन किनभने म थाकिसकेको छु्र । उद्धार भनेको सही समयमा गरिनुपर्छ । बाढी आएर पानी सुकिसकेपछि हेलिकोप्टर घुमाएर केही फाइदा हुँदैन कि उनीहरू मरिसक्छन् नमर्नेहरू सुरक्षति भइसक्छन् । मैले पनि बाढीको पीडा थाहा पाइसकेको छु । अब उद्धार गर्ने समय होइन भन्ने मलाई लाग्छ ।
_____ · May 12, 2013 9:39 AM · 2,136 views
The first thing u should do is to tell Nepali government to create jobs in our own country. Chauta khana gayeki budi jhol ma dubera mari bhane jasto. Why Nepalese don't stay in their own country n try to do something. Everybody treats Nepali like a piece of shit. We r known as Bahadur in India, Bahadur in Arab n Bahadur in USA in this case people working in gas station. Laxmi Prasad Devkota le bhanejai kina hami saga ra sisnu khayera basdainau? Bidesh bidesh bhanera kehi hunewals chaina. Jati paisa kamayeni pugdaina. Mari lanu k cha ra. Aafnai desh ma halo jotau sathi bhai ho. Padera experience bhayeka haru Nepal farkau. Chor daka ghus khane haru lai nango parera sadak ma jiudai jalaideu. Personal benefit naheri k garda sabai janta lai heet huncha testo karys garau. Baru Christianity le Nepal ko life chsnge garcha bhane Christianity ma pariwartan hunu. Don't forget Jesus died for your sin. God will look after u n support u.
Gorikopoi · May 12, 2013 7:01 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion