रेमिट्यान्सको राँको

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 जनक नेपाल र राजेन्द्र नाथ/नेपालगन्जरेमिट्यान्सको राँको - १० फागुन ०६९ को मध्यरात बाँके, सोनपुरमा तरकारी व्यापारी चाँदबाबु खाँको घाँटी रेटेर हत्या भयो। एक सातापछि रहस्य खुल्यो कि उनको हत्या दुई विवाहित महिलाको योजनामा गरिएको थियो। पति वैदेशिक रोजगारीमा रहेका बेलाको अवैध यौन सम्बन्ध खुल्ने डरले उनीहरूले योजना बनाएर ती भारतीय युवकको हत्या गरेका थिए।  - केही दिन परिवारसँग बिताउने लालसामा भारतीय फौजी रेशमबहादुर थापा १ चैत ०६९ मा दार्जीलिङबाट कोहलपुरस्थित डेरामा पुग्दा पत्नी माया र छोराहरू भेटेनन्। सोधपुछ गर्दा उनकी पत्नीले स्थानीय दुर्गबहादुर बस्नेतसँग विवाह गरी सँगै बस्न थालेको थाहा पाए। वैदेशिक रोजगार अब 'रेमिट्यान्स' भित्र्याउने भरपर्दो उपाय मात्र रहेन। रेमिट्यान्सबाट दंग नेपाली समाजमा वैदेशिक रोजगारका नकारात्मक प्रभावसमेत देखिएका प्रतिनिधि घटना हुन् यी। पारविारकि सम्बन्ध तहसनहस भइरहेका छन्। यौन विकृतिसँगै अवैध सम्बन्ध लुकाउन हुने अपराध मौलाएको छ। विदेशबाट घर फर्किंदा पत्नी र धनसम्पत्ति दुवै नहुने घटना बढेका छन्।  बाँके, सोनपुरका काफिया खाँ, ३५ र केशरजहाँ खाँ, २२, ले अवैध यौन सम्बन्ध खुल्ने डरले भारत, बहराइचस्थित मोतीपुरका चाँदबाबु खाँ, २९, को हत्या गरेका थिए। दुवैका पति वैदेशिक रोजगारमा छन्। चाँदबाबु नेपालगन्जमा बसेर तरकारी व्यापार गर्थे। काफियासँग उनको एक वर्षदेखि यौन सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।  त्यस्तै, भारत, बहराइच कोतवालीका गुड्डु खाँसँग केशरजहाँको अवैध यौन सम्बन्ध रहेको चाँदबाबुलाई थाहा थियो। यौन मात्र होइन, चाँदबाबुले उनीहरू दुवैका पतिले विदेशबाट पठाएको पैसामा समेत आँखा गाडे। उनले काफिया र केशरजहाँसँग ५० हजार मागेर 'ब्ल्याकमेलिङ्' सुरु गरे। बाँके प्रहरी उपरीक्षक भूपालकुमार भण्डारी भन्छन्, "पैसा नदिए अवैध सम्बन्धबारे श्रीमान्लाई भनिदिने धम्की दिएपछि हत्या योजना बनाएको पाइयो।"  १० फागुनको राती ९ बजेतिर चाँदबाबुलाई काफियाले पैसा लिन सोनपुर-३ स्थित बटवा गाउँको खेतमा बोलाएकी थिइन्। साढे ९ बजे त्यहाँ पुगेका चाँदबाबुलाई काफिया, केशरजहाँ, गुड्डु र उनका घरबेटी औसन खाँ, साकिर खाँ र अलमान खाँ मिलेर हत्या गरेको अभियुक्तले स्वीकारेको प्रहरीले बताएको छ। साकिर र अलमानले नातेदार केशरजहाँलाई ब्ल्याकमेलिङ् गरेको रसिमा हत्यामा संलग्न भएको बयान प्रहरीलाई दिएका छन्।  भारतमा चोरी अभियोगमा प्रहरीले खोजी गर्न थालेपछि उनीहरू डेढ वर्षदेखि नेपालगन्जमा बस्दै आएका थिए। चाँदबाबु र गुड्डु साथी हुन्। गुड्डुकै मोबाइलबाट नम्बर लिएर चाँदबाबुले केशरजहाँलाई फोन गरेर पैसा मागेका थिए।  "अभियुक्तहरूले घेरा हालेर हातखुट्टा समाती हँसियाले घाँटी छिनाएर टाउको सात सय मिटर पर खेतमा गाडेका रहेछन्," उपरीक्षक भण्डारी भन्छन्। हत्यालगत्तै सक्रिय भएको जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय धनौलीको संयुक्त अनुसन्धान टोलीले सबै अभियुक्तलाई पक्राउ गरेको छ। हत्याका लागि गुड्डु र अलमानले उढरापुर मेलाबाट २ सय ७० रुपियाँमा हँसिया किनेर ल्याएको प्रहरीले पत्ता लगाएको छ। हत्यामा प्रयोग भएको हँसिया नजिकै पोखरीमा बरामद भयो। त्यस्तै, रगत लतपतिएको काफियाको कुर्ता-सुरुवाल फेला परेपछि भारत गएका गुड्डुलाई प्रहरीले स्थानीयको सहयोगमा झिकाएको थियो।  सुर्खेत, दहचौर-४ घर भई हाल रझेना-७ बस्दै आएका ३२ वषर्ीय रेशमले जवानीका धेरै वर्ष भारतीय फौजमा बिताए। सेवानिवृत्त भएपछि दार्जीलिङमा सानोतिनो व्यापार थालेका उनको जीवनमा पत्नीले छाडेको घटनाले बज्रपात भएको छ।  रेशमको कोहलपुरस्थित भाडाको कोठा रित्तो थियो। उनी पुराना याद सम्भिmएर भक्कानिए। दार्जीलिङमा कपडा व्यवसाय गरेर जोडेका सरसामान त्यहाँ थिएनन्। सुनाउँछन्, "विश्वासै गर्न सकिनँ, ससुरालीमा बुझ्दा बस्नेतसँग दोस्रो विवाह गरी उनकै घरमा बस्ने गरेको थाहा पाएँ। तपाइर्ंले अर्को विवाह गर्नूस् भनी माइती पक्षले भनेपछि श्रीमतीले अर्को विवाह गरेको कुरा यकिन भयो।"  जीवनभर अरूको देशमा पसिना बगाएका उनले 'हक कायम गरी फिर्ता गरी पाऊँ' भन्दै पूर्वपत्नी माया, ३१, विरुद्ध जिल्ला अदालतमा मुद्दा हालेका छन्। माया हाल दोस्रो पतिका साथ बाँकेको राधापुर गाविसको सैनिकवीरपुर गाउँमा बस्छिन्।  १ माघ ०५९ मा जातीय परम्परा तथा रीतिरिवाज अनुसार उनीहरूको विवाह भएको थियो। लगत्तै दुई छोराको जन्म भयो । १२ वर्षअघि भारतीय गोर्खा रेजिमेन्टमा भर्ना भएका रेशमले चार वर्षअघि अवकाश पाएका थिए। जागिरबाट कमाएको रकम र घरघडेरीसमेत पत्नीकै नाममा गरेका रेशमले ती सम्पत्ति फिर्ताको मागदाबी गरेका हुन्। रेजिमेन्टमा कार्यरत हुँदा २ लाख ५० हजार, अवकाश प्राप्त गरेपछि ३ लाख ७५ हजार र व्यापार-व्यवसायबाट कमाएको १ लाख ५० हजार गरी ७ लाख ७५ हजार रुपियाँ श्रीमतीलाई पठाएको उनको भनाइ छ। उनले पत्नीका नाममा रझेनामा घडेरी खरदि गरेका थिए। विवाहका बेला प्राप्त दाइजो र गरगहनाबाहेक पटक-पटक लाखौँ रुपियाँका गरगहना खरदि गरेको उनी बताउँछन्। उनीहरूले जोडेको सम्पत्तिबाट घर निर्माण गर्ने र सन्तानलाई राम्रो शिक्षा दिने उद्देश्यले कोहलपुर-३ एनटीबी रोडमा कोठा भाडामा लिएका थिए। अर्को विवाह गरे पनि जिम्मामा रहेको धनमाल फिर्ता माग्दा नदिएपछि अदालतको शरण पर्न बाध्य भएको रेशम सुनाउँछन्। भन्छन्, "खुसीका साथ जीवन बिताउने सपना थियो। मैले आफ्नो दायित्व निभाएँ, उनले धोका दिइन्।" सहरबजारका होटलमा प्रहरीले छापा मार्दा पक्राउ पर्ने यौन व्यवसायीमध्ये आधाजसो वैदेशिक रोगजारमा जानेका पत्नी भेटिने गरेको बाँकेका प्रहरी उपरीक्षक भण्डारी बताउँछन्। उनका अनुसार चितवनमा एकपटक ३२ जोडी रंगेहात पक्राउ परे। तीमध्ये १७ महिलाका पति वैदेशिक रोजगारीमा रहेको पाइयो। तिनमा केही त काखे बच्चासहित थिए। भन्छन्, "सासू-ससुरा बोलाएर जिम्मा लगाउन पनि गाह्रो छ। घरबार नबिग्रोस् भनेर माफी मगाएर छाड्नुपर्ने स्थिति छ।"  गाउँका महिलाले पनि सहरबजारमा आएर यौन साथीसँग दिन बिताउने गरेको पाइएको छ। पतिसँग 'भिडियो च्याट' गर्ने, पैसा झिक्ने वा खबर ल्याउने मान्छेलाई भेट्ने बहानामा बजार आएर होटलमा यौन सम्बन्ध राख्ने प्रवृत्ति बढेको उनी सुनाउँछन्। वैदेशिक रोजगारीबाट रेमिट्यान्स भित्रिए पनि सामाजिक क्षतिको ग्राफ उक्लँदो अवस्थामा छ। बाँके जिल्ला अदालतमा बितेको एक वर्षमा दर्ता भएका ८ सय १८ मुद्दामध्ये ३२ प्रतिशत अर्थात् २ सय ६१ वटा सम्बन्धविच्छेदका थिए। तीमध्ये ६७ जनाले अंशसहित सम्बन्धविच्छेदको माग गरेका छन्। यस्ता निवेदन दिनेमध्ये झन्डै ६० प्रतिशतका पति वैदेशिक रोजगारीमा छन्। जिल्ला अदालतका श्रेस्तेदार कृष्ण पौडेल भन्छन्, "सम्बन्धविच्छेदका मुद्दामध्ये ठूलो हिस्सा वैदेशिक रोजगारीसँग जोडिएका छन्। आपसी शंका मात्र होइन, दोस्रो बिहे गर्नकै लागि सम्बन्धविच्छेद गर्ने धेरै छन्। अंशसहित सम्बन्धविच्छेद गर्न चाहनेको संख्या कम हुनुको कारण त्यही हो।"  भत्किएका सम्बन्धहरू - आफन्तसँग ऋण खोजेर ६ भदौ ०६७ मा साउदी अरब गएका थिए, बाँके, मनिकापुर-८ राझाका विष्णुप्रसाद कँडेल। दुई वर्ष कठिन मजदुरी गरेर फर्किए। तर, अहिले उनीसँग न आफूले पठाएको पैसा छ, न त पत्नीसँग राम्रो सम्बन्ध नै। सबै सम्पत्ति आफ्ना नाममा गराएर उनकी पत्नी छुट्टै बस्न थालेकी छन्। विवाह भएको १८ वर्ष पुगिसकेका उनको आठ वर्षको छोरा छ। साउदीमा बसेर कठिन मिहिनेत मजदुरी गरी कमाएको सम्पूर्ण रकम पटक-पटक गरी ३ लाख ६९ हजार प्रभु फाइनान्समार्फत श्रीमतीका नाममा पठाएको उनी बताउँछन्।  - कँडेल साउदी अरबबाट फर्किएपछि उनीहरूका बीचमा खटपट सुरु भएको थियो। सम्बन्धविच्छेद नगरेसम्म घरबाट बाहिर निस्कनसमेत नदिने भन्दै डर, धाक, धम्की देखाउँदै ६ दिनसम्म दिनरात आफ्नो कोठामा बन्धक बनाएको आरोप विष्णुले लगाएका छन्। पत्नीले मानसिक बिरामी भएको समेत आरोप लगाएको उनले प्रतिउत्तर-पत्रमा उल्लेख गरेका छन्। - कञ्चनपुरको परास-३ का मंगल विक पत्नी र छोराछोरीको भविष्यका लागि विदेशी भूमिमा पसिना बगाउँदै थिए। तर, घर पठाएको पैसा लिएर उनकी पत्नी विमलाले बर्दिया, देउडाकला-९ का लालबहादुर विकसँग दोस्रो बिहे गरनि्।  - सल्यान, पिपलनेटा-८ का तिलक केसी विदेशमा थिए। उनकी पत्नी सीता दाङ, पञ्चकुले-५ का टीकाराम विकसँग भागिन्। लुकीछिपी भारत जाने क्रममा बाँकेस्थित जमुनाह प्रहरी चौकीले रोकेर अभिभावकलाई बुझायो। त्यस्तै, रुकुमका चन्द्रबहादुर मल्ल विदेशमै छन्। तर, पत्नी चन्द्रकलाले घेत्मा-२ का भीमबहादुर चन्दसँग दोस्रो बिहे गरसिकिन्।  - बाँके, खजुराखुर्द-४ की केटकी पनि पतिले विदेशबाट कमाएर पठाएको पैसा हिनामिना गरेर आफ्नै भिनाजु कैलाश गडरियासँग भागिन्। विदेशबाट फर्केका रामदासले कलिला छोराछोरीको भविष्य ख्याल गर्न आग्रह गरे। "प्रहरी महिला सेलमा बोलाएर गल्ती माफी दिन्छु। खुसी-खुसी स्वीकार्छु भनेर आग्रह गर्दा पनि मानिनन्," उनी दुखेसो पोख्छन्।  - बर्दिया, बेलवा-३ की सुनीता भण्डारीको दैलेखका इन्द्र अधिकारीसँग शारीरकि सम्बन्ध भयो। पति विदेशमा छन्, यता पत्नी गर्भवती भइन्। र, सुखद् भविष्य बोकेर विदेश पुगेका युवा भत्किएको घर सम्हाल्न फर्किनुपर्‍यो।  - रुकुम खोलागाउँस्थित प्रहरी चौकीका प्रहरी जवान जगतजंग बस्नेतले त्यहीँकी रत्नकला चन्दलाई भगाएनन् मात्र, उनका पतिले विदेशबाट पठाएको धनसम्पत्तिसमेत हिनामिना गरिदिए। त्यस्तै, रोल्पा, गजुरी-७ की पवित्री विकले पनि विदेश पुगेका पति बलबहादुरलाई धोका दिएर गाउँकै शेरसिंह विकसँग दोस्रो बिहे गरनि्। http://www.ekantipur.com/nepal...  

_____ · May 12, 2013 9:30 AM · 2,057 views

1 Reply

This posts proves that Nepali bitches r more slutty mor hoe than anyother woman from other countries. Nepali society should legalize pornography. I could have made billions from porn industry had they have let me open porn industry in Nepal. I knew one of my neighbour lady. Her hubby was in Japan n she was sexing with my frens brothers n yound studs. Those studs were chilling n enjoying her money too that her hubby made working small jobs in Japan. The guy came from japan n found out that there was no money saved n relatives talking abt his slutty wife. He kicked the bitch out of his house. He got so broke that he even sold his 1 storey house n now lives in dera. So many cases i know where one wife actually died from hearattack after too much abuse from his husband who came back from foreign country n was not happy how his wife spent all his money when he was out of Nepal. Damn i would have fu**ed that neighbour lady who was sleeping with studs but i was in 9 th grade so

Gorikopoi · May 13, 2013 6:52 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all