एउटा गुमेको देशको कथा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

&nbsp; एउटा गुमेको देशको कथा &nbsp; (1 Vote) &nbsp; 1 2 3 4 5 &nbsp; &nbsp; &nbsp; बीएस दास ० &nbsp; &nbsp; &nbsp; काठमाडौ, वैशाख २८ -&nbsp;नेपालसँग सिमाना जोडिएको हिमाली अधिराज्यसिक्किम&nbsp;सन् १९७५ मा भारतको बाइसौं राज्य बन्न पुगेको थियो । आन्तरिक राजनीतिक द्वन्द्व चर्केर परनिर्भरता बढ्दै गएपछि त्यहाँको संसद्ले नै भारतमा गाभिने प्रस्ताव पारित गरेपछि त्यो देशको स्वतन्त्र इतिहास समाप्त भयो । त्यसको निम्ति वातावरण बनाउने काम उसबेला भर्खरै स्थापित भारतीय गुप्तचर निकाय 'र' ले गरेको थियो भने त्यो प्रक्रियाको औपचारिक नेतृत्व दिल्लीबाट पठाइएका कुटनीतिज्ञ बीएस दासले गरेका थिए । नेपालका लागि पूर्वराजदूत केभी राजनले सम्पादन गरेको हालै प्रकाशित पुस्तक 'दी एम्बासडर्स क्लबः दी इन्डियन डिप्लोम्याट एट लार्ज' मा दासले आफ्नो&nbsp;सिक्किम&nbsp;अनुभव लेखेका छन् । प्रस्तुत छ, त्यसको अनुवादित अंश : ७ अप्रिल १९७३ को मध्याह्न । म लन्च खाँदै थिएँ । विदेश सचिव केवल सिंहको फोन आयो । उनले मलाई तुरुन्त आउन भने । म हतारहतार फरेन अफिस पुगें । उनले बडो हार्दिकतापूर्वक मेरो स्वागत गरेर भने, 'तपाईंलाई तुरुन्तै&nbsp;सिक्किम&nbsp;सरकारको जिम्मेवारीमा पठाइँदै छ ।&nbsp;सिक्किम&nbsp;प्रशासन 'कोल्याप्स' भएको छ र चोग्याल (&nbsp;सिक्किम&nbsp;का राजा) ले हाम्रो सहयोग खोजेका छन् । त्यहाँका जनता प्रजातान्त्रिक प्रणालीको माग गर्दै सडकमा उत्रेका छन् । तपाईं जतिसक्दो चाँडो पुगेर जिम्मेवारी सम्हाल्नुपर्नेछ । त्यहाँको स्थिति फेरि सामान्य बनाउनुपर्नेछ र जनताको मागलाई ध्यानमा राखेर राजनीतिक समाधान खोज्नुपर्नेछ । यो अलि कठिन 'असाइनमेन्ट' हो । तपाईं त्यो अवस्था सम्हाल्न सक्नुहुन्छ र तपाईंको कूटनीतिक क्षमतामाथि हामीलाई विश्वास छ ।' &nbsp; चिनियाँ प्रतिक्रियाबारे उनले मलाई सचेत हुन पनि भने । भारतीय सेना सतर्क अवस्थामा थियो । उनले सफलताका लागि मलाई शुभकामना दिए । विदेश मन्त्रालयमा एक दिनको बि्रफिङपछि ९ अपि्रलमा म ग्यान्टोक पुगें । मेरो नियुक्तिलाई रेडियो र अखबारहरूले प्रमुख समाचार बनाइसकेका थिए । समाचारमा उनीहरूले '&nbsp;सिक्किम&nbsp;लाई भारतले लिएको' उल्लेख गरेका थिए । &nbsp; सिलिगुडीबाट एयर फोर्सको हेलिकप्टर चढेर म ग्यान्टोक पुगें । हेलिप्याडको दुवैतर्फ चोग्यालविरोधी प्रदर्शनकारी थिए, जसको नेतृत्व काजी लेन्डुप दोर्जीले गरेका थिए । भारतको राजनीतिक कार्यालयका सुधीर देभारे,सिक्किम&nbsp;का मुख्यसचिव, प्रहरी कमिस्नर र भारतीय सेनाका प्रतिनिधि सबैले मेरो स्वागत गरे । समारोह नै गरी मलाई ड्यासमा बसाइयो । पहिले देवानहरू बस्ने घरमा मेरो बसोबासको प्रबन्ध गरिएको थियो । त्यहाँसम्म म हिँडेरै गएँ । त्यो लामो र थकाइ लाग्ने हिँडाइ थियो । तर, त्यो अनेकन रहस्यहरूले भरिएको रोमाञ्चकारी अनुभव पनि थियो । मेरो लामो करियरमा यसरी स्वागत पाएको यो नै पहिलो अवसर थियो । अर्को दिन मैले चोग्यालसँग भेट्न समय मागें । उनका सचिवले मलाई जानकारी गराए कि उनले आफ्ना ज्योतिषसँग परामर्श गरेपछि शुभअवसर पारेर भेट्नेछन् । भारतीय प्रधानमन्त्रीले&nbsp;सिक्किम&nbsp;सरकार चलाउन मलाई प्रतिनिधिका रूपमा खटाएको भए पनि चोग्याल त्यहाँका शासक थिए र संविधानतः म उनका लागि नियुक्त भएको व्यक्ति थिएँ । उनले अर्को दिन मलाई भेटे, जुन दिन उनका ज्योतिषले शुभदिन ठहर्&zwj;याएका थिए । हाम्रो भेटघाट अप्ठ्यारो र रूखो खालको थियो । कूटनीतिक स्कार्फ आदानप्रदानको सामान्य औपचारिकतापछि चोग्यालले भने, 'मिस्टर दास, कृपया नोट गर्नुहोस्-&nbsp;सिक्किम&nbsp;गोवा होइन, जहाँ तपाईं प्रशासक बन्न आउनुभएको छ । हामी स्वतन्त्र छौं, तपाईंको सेवा मेरो सरकारलाई सहयोग गर्न लिइएको हो । यसमा कुनै असमझदारी नहोस् ।' त्यसपछि उनले दिल्लीले आफूलाई कसरी खराब व्यवहार गर्&zwj;यो र कसरी आफूप्रति अन्याय गरियो भनी गाली गर्न सुरु गरे । काजी लेन्डुप दोर्जीका मानिस कसरी&nbsp;सिक्किम&nbsp;को परिचय ध्वस्त गर्न गुन्डागर्दीमा उत्रिए भनी उनले असन्तुष्टि व्यक्त गरे । उनले मलाई दिल्लीलाई यो बताउन भने कि, 'दिल्लीको असली मित्र सडकमा आतंक र हिंसा मच्चाउँदै हिँड्ने गुन्डाहरू होइनन्, ममात्र हुँ ।' भारतीय सेनाका मानार्थ मेजर जनरल भए पनि यही सेनाले अनादर गर्दा उनी हैरान भएका थिए । भारतीय सेनाले सबै प्रहरी चौकीहरू नियन्त्रणमा लिएको थियो । 'म यो अपमानका लागि भारतीय सेनालाई कहिल्यै माफ गर्न सक्दिनँ,' उनले भने । अन्ततः उनले यो पनि भने, उनी 'प्रशासक' को मेरो पद स्विकार्न सक्दैनन् । मैले कूटनीतिक भाषामा भनें- सायद 'प्रमुख कार्यकारी' भनेर यसको नाम फेर्न सकिएला । चतुर व्यक्ति भए पनि उनले यसमा सूक्ष्म अन्तर बुझेनन् । 'प्रमुख कार्यकारी'ले स्वतः सरकार प्रमुखको पद जनाउँछ, जसले सबै कार्यकारी शक्ति आफूसँग राखेको हुन्छ । यो कुरा विचार नगरेरै उनी यसमा राजी भए । र, मैले यसमा विदेश सचिवको सहमति पाएँ । यसरी प्रशासकको नियुक्ति लिएर गएको म&nbsp;सिक्किम&nbsp;को प्रमुख कार्यकारी भएँ, यसअघि चोग्यालले शासकका रूपमा प्रयोग गरेका सबै शक्तिका साथ सरकारको नेतृत्व गर्न पुगें । न्यायिक शक्तिचाहिँ अझै उनीसँगै थियो, आखिरमा&nbsp;सिक्किम&nbsp;को उच्च न्यायालयपछि अपिल सुन्ने उनी नै थिए । चोग्याललाई भेटेर निस्केपछि म सिधै शंकर बाजपेयीलाई भेट्न इन्डिया हाउस गएँ । बेलायती शासकहरूले २० औं शताब्दीको सुरुतिर बनाएको यो भवन बेलायती शक्तिको प्रतीकजस्तो थियो, जहाँ भुटान र&nbsp;सिक्किम&nbsp;हेर्ने गरी सर क्लाउडे ह्वाइट सन् १९०४ मा पहिलो राजनीतिक अफिसरका रूपमा बसेका थिए । त्यहाँ पिउन बस्दा हामीले स्वतन्त्रता प्राप्तिपछिको सरकारले गरेका गल्तीहरू सच्याउन सक्छौं भन्ने थोरै अनुभव गर्&zwj;यौं । मैले केवल सिंहबाट प्राप्त गरेको निर्देशन के थियो भन्नेबारे शंकर जान्न चाहन्थे । मैले सानो डायरीमा केही प्रमुख बुँदाहरू टिपेको थिएँ । यी कुनै पनि बुँदाहरूले अन्तिम उद्देश्यको संकेत दिएका थिएनन् । इन्दिरा गान्धीको विशेषता के थियो भने, साधारणतया उनी स्वयं कुनै राजनीतिक प्रतिबद्धतामा बाँधिन चाहन्नथिन् । उनको दृष्टिकोणसँग मिल्ने के निष्कर्ष निकाल्ने भन्ने काम उनी आफ्ना निकट सल्लाहकारलाई छाड्थिन् । (इन्दिराको) एउटा निर्देशनमा शंकर र म मुस्कुरायौं, '&nbsp;सिक्किम&nbsp;ेली जनताको आकांक्षाको हामीले समर्थन गर्नैपर्छ र चोग्याललाई उनीहरूको शोषण गर्न दिनु हुँदैन ।' वास्तवमा भविष्यमा गरिने सबै योजना बनाउने मुख्य निर्देशन यही थियो र श्रीमती गान्धीको सोचाइसँग मिल्ने उत्तर पनि यसैले दिन्थ्यो । 'विलय' भन्ने शब्द कहीं कतै उल्लेख गरिएको थिएन । पर्दापछाडि बसेर हामीलाई नियन्त्रण गर्ने केवल सिंहले पनि यो शब्द कहिल्यै उच्चारण गरेनन् । तर शंकर र मलाई नभनिएका यी कुराहरू थाहा थियो । यसले हामीलाई एकताका लागि सक्षम बनायो र हामीले त्यही प्राप्त गर्&zwj;यौं, जुन हामीले प्राप्त गर्नु थियो । चीन र पाकिस्तानको द्वैषपूर्ण हमला दिल्लीमाथि भयो । अमेरिकालगायत पश्चिमा देशहरूले पनि गम्भीर आलोचना गरे, जसले हामीमाथि ठूलो दबाब उत्पन्न गर्&zwj;यो । रुसी महासंघले संयम अपनाउन आग्रह गरेको थियो, बाँकी सबैले भारत साम्राज्यवादी भएको भन्दै प्रहार गरेका थिए ।&nbsp;सिक्किम&nbsp;सँग जोडिएको भुटान&nbsp;सिक्किम&nbsp;लाई मन पराउँदैनथ्यो । यो सब हुँदा ऊ चुपचाप थियो तर पनि उसलाई लागेको थियो कि भुटानलाई अलग पारिएको छ । ७५ प्रतिशत&nbsp;सिक्किम&nbsp;ेली नेपाली मूलका थिए तर नेपालचाहिं भारतको सबभन्दा ठूलो आलोचक थियो । तिब्बत हुँदै आएका चिनियाँहरू नाथुला सीमाको दायाँतर्फ तैनाथ थिए । नाथुला कुनै बेला भित्री तिब्बतमा बेलायती राजनीतिक र आर्थिक प्रभुत्व जमाउने मुख्य नाका थियो । ऐतिहासिक प्रमाणका आधारमा&nbsp;सिक्किम&nbsp;ले तिब्बतमा परेका दुई भूभागमाथि दाबी गरेको थियो । त्यो चीनले ओगटेको थियो । पूरै&nbsp;सिक्किम&nbsp;नै चिनियाँ साम्राज्यको एउटा भाग हो भन्ने चीनको दाबी थियो ।&nbsp;सिक्किम&nbsp;सरकारको पतनपछि भारतको राजनीतिक उपस्थिति बढेकोप्रति चीनले चासो राखेको थियो । आफूप्रति अन्तर्राष्ट्रिय प्रतिक्रिया त्यति साह्रो आलोचनात्मक होला भनेर भारतले पहिले सोचेको थिएन । मुख्य मुद्दाहरू चाँडो सुल्भिmयोस् भन्ने भारत चाहन्थ्यो । जस्तो कि, एक व्यक्ति एक मतका आधारमा ताजा निर्वाचन । विपक्षीको यस्तो मागप्रति चोग्याल अति असहिष्णु थिए । ७५ प्रतिशत नेपाली मतदाता भएको ठाउँमा चुनाव भयो भने आफ्नो नेतृत्वको भुटिया शासनको अन्त्य हुन्छ र आफूले सबै शक्ति गुमाउँछु भन्ने उनलाई थाहा थियो । सिक्किम&nbsp;को अवस्था सामान्य बनाउन, कुनै खास घटनाबिनै यसको प्रशासन चलाउन, अदालतमाथि नियन्त्रण गरिराखेका चोग्याल समर्थकबाट कर्मचारीतन्त्रलाई छुट्कारा दिलाउन दिल्लीले मलाई निर्देशन दिएको थियो । चोग्यालकी अमेरिकी श्रीमती होप कुकको अमेरिकासँग निकट सम्बन्ध थियो, जसले एक सम्प्रभु र स्वतन्त्र देशकी रानीको दाबीलाई समर्थन गर्दै आएको थियो । प्रशासनलाई पुनः सामान्य अवस्थामा ल्याउन र सबै कार्यालयहरूलाई चुस्त बनाउन मलाई खासै समय लागेन । प्रहरीहरू ड्युटीमा फर्के । चोग्याल निर्वाचन गराउन राजी भए पनि एक व्यक्ति एक मतको कुरामा भने मैले उनलाई मनाउन सकिनँ । भारतीय प्रतिनिधिका रूपमा राजनीतिक अधिकारी र उनको प्रमुख कार्यकारीका हिसाबले हामीले बदलिएको यो समयमा सम्झौतामा आउन उनलाई सुझायौं । अन्ततः ८ मे १९७३ मा चोग्याल र काजी लेन्डुप दोर्जीबीच सम्झौता भयो । चोग्यालको वंश जारी राख्ने र अन्य सबै जातिलाई न्याय दिने भारतले सुनिश्चितता दियो । मैले काम थालेको एक महिनामा भएको यो सम्झौताले चोग्यालको भाग्य निर्धारण गर्&zwj;यो । वरिष्ठ आईएएस अधिकारी आरएन सेन गुप्तालाई निर्वाचन आयुक्त बनाइयो । उनी र मेरा तीनजना डेपुटीहरू केएम लाल, डी मानवलन र जेएन सन्याल बसेर मतदाता सूची संशोधन गरे र निर्वाचनको मिति घोषणा भयो । कर्मचारीतन्त्रको शीर्षतहका अधिकांश चोग्यालका बफादार मानिस हुन् भन्ने थाहा पाएर पनि मैले तिनलाई नचलाउने निर्णय गरें । दरबारका मुख्य सबै खेलाडीलाई हटाउन दिल्लीको ठूलो दबाब थियो । मैले यो मुद्दालाई खासै ठूलो रूपमा लिइनँ र केवललाई आश्वस्त बनाए कि ती सबैलाई म सफलतापूर्वक सम्हाल्न सक्छु ।&nbsp;सिक्किम&nbsp;ेलीको मनोविज्ञान बुझेकोले मैले त्यसो भन्न सकेको थिएँ । मैले चोग्यालका सुरक्षा प्रमुख कर्मा तोप्देनलाई समेत जोगाइदिएँ र उनलाई कोलकाताको&nbsp;सिक्किम&nbsp;टे्रडिङ कर्पोरेसनमा पठाइदिएँ । पछि उनी मंगोलियाका लागि भारतीय राजदूतसम्म भए । ८ मेको सम्झौता लागू भएपछि र धेरै कुराहरू व्यवस्थित गर्न थालेपछि अन्तर्राष्ट्रिय आलोचना मत्थर भएर गयो । रानी भएर बस्ने महत्त्वाकांक्षा पालेकी होप कुकले पनि महसुस गरिन् कि उनी चोग्यालकी श्रीमतीभन्दा बढी केही थिइनन् । उनले&nbsp;सिक्किम&nbsp;छोड्ने निर्णय गरिन् । चोग्यालले यस्तो कठिन समयमा उनको साथ आवश्यक भएको भन्दै उनलाई मनाउन खोजे, तर उनले मानिनन् । १४ अगस्त १९७३ मा उनी गइन् । उनका अन्तिम शब्दहरू थिए, 'मिस्टर दास, कृपया मेरो श्रीमान्को हेरविचार गरिदिनुहोस् । निर्वाह गर्न मसँग अब कुनै भूमिका छैन ।' होप कुक धेरैका लागि एउटा पहेली थिइन् । केही उनलाई सीआईए एजेन्ट भन्थे । सत्य के थियो कसैलाई थाहा थिएन । तर चोग्यालको भारतविरोधी छवि निर्माण गर्नमा उनी प्रमुख थिइन् । उनले स्कुलका पाठ्यपुस्तक परिवर्तन गरी कथा र कार्टुनका माध्यमबाट भारतविरोधी रूप देखाइन् । केही ब्युरोक्र्याट्स र युवाहरूलाई संगठित गरिन् । तिनले विदेशबाट आउनेहरूलाई सम्पर्क गर्थे र&nbsp;सिक्किम&nbsp;स्वतन्त्र देश हो र भारतले यसको परिचय समाप्त पारिरहेको छ भनेर प्रचार गर्थे । उनी विदेशीहरूसँग भारतको मजाक उडाउँथिन् । उनी भारतविरोधी तत्त्वहरूको सम्पर्कमा थिइन् भनेर आशंका गरिएको थियो । नरम मिजासकी शाही दुलही र रिसका बेला जसलाई पनि जे पनि भन्न सक्ने उनको दुइटा रूप थिए । चोग्यालको धेरै पिउने बानीले उनलाई क्रुद्ध बनाउँथ्यो र ती दुईको झगडा परिवार र नजिकका साथीभाइका लागि नौलो थिएन । तर भारतले&nbsp;सिक्किम&nbsp;माथि हस्तक्षेप गरेर लिएपछि उनले लडाइँ हारेको अनुभव गरिन् र बुद्धिमत्तापूर्वक&nbsp;सिक्किम&nbsp;छाडिन् । एक व्यक्ति एक मतको सिद्धान्तमा आधारित भएर ताजा निर्वाचनको तयारी सुरु भयो । यही कुरालाई ध्यानमा राखेर मतदाता नामावली फाइनल भयो । चुनावअघि चोग्याल दक्षिण&nbsp;<a href="http://www.ekantipur.com/nep/r....

_____ · May 11, 2013 12:25 PM · 1,560 views

1 Reply

RAW has installed Lendup dorje in every party, and they have succeeded to create a biggest political party, a puppet of India - the maoists. Maoists want to destabilize and weaken each and every institution in Nepal. Lendups/RAW agents inside Nepal: - Whole maoists party - Krishna Prasad Sitaula/ Amresh Kumar Singh - NC - KP Oli/Ishwor Pokhrel/MAKUNE/ Jhalanath - UML - Gachhedar/ Rajendra Mahato/ Mahanta Thakur - Madhesi party This is what maoists and their allies in other parties have succeede in doing: Removal of king: I am not a fan of king; but in retrospect, it seems to be in their grand design Army: attempt to replace Katuwal with Khadka, merging with maoist cadres Madhesh-terai riots hindu-muslim riots ethnic state riots Maoists never want the constitution to be formulated. When they had a chance, they brough 'Katuwal Scandal'. Second time, when it came very near to constitution-making, they brought the demand of ethnic states, which was never their agenda. Now, when the new election is getting closer, they suddenly need to make the most controversial and corrupted person - Lok man Singh Karki as the head of CIAA.&nbsp; &nbsp; This is what Rabindra Mishra wrote in his facebook: पहिले राजनीतिक संस्थाहरु कमजोर भए/पारियो। त्यसपछि, प्रहरी र प्रशासनलाई कमजोर पारियो। त्यसपछि, राजसंस्थालाई नष्ट पारियो। राष्ट्रपतिको संस्था अलि बलियो थियो, त्यसलाई पनि पंगु बनाइयो। अनि न्यायलयमा धावा बोलियो। अब सेना एउटा बांकि छ। जानकारहरु भन्छन्, त्यसमा पनि आफ्नै शक्ति छैन। राजनीतिज्ञ, प्रशासक, विद्वान, विश्लेषक जो जति भेटिन्छन्, सबै भन्छन्, नेपालको राष्ट्रीयता यति कमजोर कहिले भएको थिएन। त्यसो हो भने सबैले सार्वजनिकरूपमैं आत्ममूल्यांकन गर्नु पर्ने हो। तर त्यसो चाहिं कहिं कसैले गरेको देखिंदैन। सबैजना त्यसो गर्न डराउंछन्। गल्ति भयो भन्न डराउन पर्दैन। त्यसमा झन धेरै सम्मान हुन्छ। गल्ति आखिर जिवनको एउटा अकाट्य अंश न हो। धेरैको नियत देश बनोस् भन्ने नै छ तर कहिलेकाहिं नर्कको बाटो असल नियतले नै खनिन्छ भन्ने कुरा समयमैं बोध गर्नु उपयुक्त हुन्छ। पछि पछुताएर काम छैन। आज कान्तिपुरमा सिक्किमबारे 'एउटा गुमेको देशको कथा' पढ्नु हामी सबैका लागि हीतकर हुनेछ।

metta · May 11, 2013 6:19 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all