आक्रोशको एउटा तरंग मात्र

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 माओवादीहरु त वास्तवमैं आतंककारी नै हुन् । अमेरिकाले आतंकको सूचीबाट हटाएपनि उनीहरुको विगत र शान्तिसम्झौता पछिका उद्दण्ड शैली हेर्दा लाग्दैन उनीहरु शान्तीपूर्ण राजनीतिमा विश्वास गर्छन । अझै पनि पत्याउन गाह्रो हुन्छ, कि एक्काइसौं शताब्दीमा पनि उनीहरुले हतियारबाट सत्ता कब्जा गरे । उनीहरुका कारण १४ हजार निर्दोष नेपालीले ज्यान गुमाउनुपर्यो, या उनीहरुको पछि लाग्दा होस अथवा उनीहरुलाई प्रतिवाद गर्दा होस । आधारभूत रुपमा जुन प्रवृत्तीको विरुद्धमा उनीहरुले संघर्ष गरेको भ्रम जनतामा छरेका थिए, त्यही प्रवृत्ती उनीहरुको समात्ने लौरो भएको छ, अथवा भनौं सहयात्री भएको छ । शाही शासनका मुख्य सचिव लोकमानको गणतान्त्रिक नेपालमा अख्तियार प्रमुखको रुपान्तरण वा मेटामोर्फोसिस् त एउटा सानो उदाहरण मात्र हो । नेपाली कांगे्रस, नेकपा एमाले लगाएतका तत्कालीन सात दलले राजालाई तह लगाउन माओवादीसँग गरेको गठबन्धन र शान्ति सम्झौता अहिले भारी पर्दैछ । सम्पूर्ण रुपमा देश अनियन्त्रित छ, अशान्त छ, अभिषप्त छ, विभाजित छ र देश अघोषित रुपमा भारत शासित छ । चर्का भाषण गरेर जनताको रगत उमाल्ने तागत राख्ने युवा नेताहरु पार्टीको पुच्छर समातेर सत्ताको वैतरणी तर्ने सोचमा छन् । विभाजित नेपाली मनलाई के यीनले गाँस्ने प्रयत्न गर्लान् र ? टाढा टाढा सम्म अनिश्चितता मात्र देखिन्छ, तैपनि समाधानको झिनो आससम्म छ...

Max Rossa · May 8, 2013 11:48 AM · 10,045 views

3 Replies

१ दशक अगाडी हराएका ३ जना केटि हरु भेटीए , १४-१५ बर्स सम्म बन्दि बस्दा एक दिन कुनै तेस्तो दिन आउँन १५ बर्स किन लाग्यो यो सबैको कोतुहल को बिसय हो | मेरो जिज्ञासा एक जना साइकोलोजिस्टको भनाइ सुने पछिअन्त्य भयो | तेही कुरा हाम्रो नेपालि समाजमा माओबादिले गरेको रहेछ भन्ने निष्कर्समा पुगे | डर धम्की त्रास , आसा दिलासा थुपारी दिए पछि मानसिक रुपमा दास बनि सकेको हुन्छ अनि कसैले त यो होइनस भनि सोधे पनि आफ्नो चिनारिनै बिर्सिदिन्छन रे अनि हामीले बिर्सी सक्यौ | नेता खरब पति बने , अनि नेपालकै एक धनि मानि बन्दा हामि : राजाले खान्थ्यो अब जनताले खायो बन्ने कुरा दिमाग मा राखी दिएको छ अनि गल्ति गरे भन्ने कसैलाई परेको छैन  | तेसतई अर्को केटि १० सौ बर्स एक सहर वाट निस्फिक्री हिडे पनि मलाइ बन्दि बनाएको छ भनि खुल्ला रुपमा गर्न नसेको कुरा - ठ्याक्कै हामि नेपालि माथि माओबादि देखि अरु राजनीति संस्था ले दास बनाएको अनि यो दासता वाट मुक्ति पाउन कुनै कोसिस हुन्छ भने कहिले होला ? यी बिचरालाई १५ वर्ष लाग्यो मुक्ति पाउन ?  

Magorkhe1 · May 8, 2013 4:49 PM

Maxrossa u said u can't belive how Maoists were successful in 21st century with guns n violence. Yes they were successful coz Nepalese live in medeival times. 21st century life living happens only in USA. Even in this era u 've seen Saddam gone, Gadhafi gone. Nepal is a slum country with sewage flowing just like in medieval times in Europe. If I go Nepal n start my own cult, my own political party, trust me Nepali naive bheda bakhri will be joining me.

Gorikopoi · May 8, 2013 6:41 PM

फेरी अर्को गन्थन है मगोर्खे र गोरीका पोइका तर्क सान्दर्भिक छन्, ति सत्य कुरा हुन् नैं । विषयहरु बग्रेल्ती छन्, सोचेर मन उदास हुन्छ । नेपालका राजनीतिक दलका समस्तप्राय नेताको प्रमुख ध्येय कसरी सत्ताको चास्नी चाखिरहने, कसरी पैसो कमाइरहने, त्यति मैं सीमित रह्यो ।होइन भने खोइ त आर्थिक विकास अनि खोइ त पूर्वाधार ? विकासको कुरा गर्नुहुन्छ भने, त्यो त एउटा संयोग वा आकस्मिकता माने हुन्छ । उपलब्धी र लगानीलाई एउटा तराजुमा राखेर जोख्दा उपलब्धी शुन्य प्राय छ ।  आंकडा ठ्याक्कै विर्सें, अर्थमन्त्रालयको वेवसाइटमा खोतलेर हेरे हुन्छ, हाम्रो बजेटको ८० प्रतिशत हिस्सा त विदेसी रिन र अनुदानमा आधारित छ । ठूलाठालु नेता, ब्यापारी, कर्मचारीवर्गलाई मतलव छैन, छोराछोरी जसरी नी अम्रिका युरोप ठेल्ने अनी भ्रष्टाचारको पैसाले पेल्ने । अनि के हुन्थ्यो देश विकास ?  नेपालको पल्टिक्स मा सजिलै सकुनी पासा पल्टाउन खप्पिस दक्षिण एसियाको सौतेलो ठुल्दाइ भारतले त नेपाललाई रेप मात्र गरेको छैन, नेपालको मलद्धारबाट हात छिराएर मुखबाट निकालिसक्यो । बोल्ने कोही होइन । कोही बोल्न थाल्यो भने आइएसआइको ट्याग लगाएर हुन्छ कि रअ लाई परिचालन गरेर ठेगान लाउँछ । देशै दिल्लीले चलाएको छ । भारत नेपालको राजनीतिमा हावी हुने एउटा यस्तो अवान्छित भूत हो, भुत माने तर्साउने भुत, जसले जुठ्यानलाई पनि प्रसाद र प्रसादलाई जुठ्यान बनाइदिन सक्छ । उदाहरणहरु अनगिन्ति छन् ।  उनीहरु नेपालमा एउटा नियन्त्रित अराजकता चाहन्छन् । यस्तो अराजकता जसमा उनीहरुले प्ले गर्न पाइरहन्छन्, अनी आफ्ना नीहित स्वार्थभोग गर्न पनि पाइरहन्छन् । आफ्नै देशलाई हानी हुनेगरी नेपाल बिग्रिन पनि दिंदैनन्, समृद्ध बनिहाल्न नि दिदैनन् ।    कुनैपनि क्षेत्रले आत्मविश्वास र व्यवसायीकता हासिल नगरेको अवश्थामा पत्रकारिता पनि त्यसबाट अछुतो सायद रहँदैन । भारतीय दूतावासले विक्ने पत्रकारलाई पैसा र उपहारमा लुटुपुटु बनाउँछ, पैसा नलिने र उपहार अस्विकार गर्ने प्रोफेशनल पत्रकारहरुलाई घरिघरी कहिले कुन कार्यक्रममा त कहिले कुन कार्यक्रममा भारतका विभिन्न शहरहरु घुमाइदिन्छ । वर्षको कम्तीमा ९ वटा टोली त भारत गएकै हुन्छन् । यसरी भारतले नेपालको सञ्चार माध्यमलाई प्रोइन्डियन बनाइरहेका छन् । जुन कुनैपनि स्वायत्त देशकोसम्बन्धमा छिमेकी देशबाट हुने घातक पहल हो ।  अब त गर्लान् नि, अब त केही होला नि भन्दा भन्दै ४६ सालमा जन्म्याँ बच्चो २५ वर्ष पुग्न लागिसक्यो भएन त केही । त्यति मात्र हो र बिक्रम सम्बत २००७ साल प्रजातन्त्र आएको वर्ष । त्यो बेला जन्मेका बालकहरु अहिले नातीनातिनाका धनी भइसकेका होलान्, माथि जाने बेला हुनलागिसक्यो, के पाए त उनीहरुले ? सक्ने विदेस पलाएन भएहोलान् नसक्ने आफ्नो भाग्यलाइ धिक्कार्दै लोडसेडिंगमा टुकी बालेर बस्दै होलान्, उठ्न सके माथि ? गर्नसके गर्व नेपाली हुनुमा ? अहिले नेपाल र विश्वभरी छरिएर रहेका नेपाली मनमा नैरश्यता, पीडा बाहेक केही छैन ।   

Max Rossa · May 9, 2013 11:52 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all