‘ठुलो भन्दा सानै राम्रो !’-दिपाश्री

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एकताक ठुलो पर्दाकै नायिकामध्ये चलेको नाम हो, दीपाश्री निरौला । त्यही नाम अहिले सानो पर्दामा लोकपि्रय छ । खासमा उनि अभिनित नेटिभीको ‘तितो सत्य’को चोटोलो प्रस्तुतीले थुप्रै दर्शक लोभ्याएको छ । यसपालीको सफ-गफमा उनै दिपाश्री निरौलालाई रोजेका छौ । दश वर्ष लामो अभिनय यात्रामा नेपाली सिने उद्योगको विकास र तपाईको अनुभूति अलिकति हामीसँग पनि बाँडौं न । ठुलो पर्दाबाट किन सानो पर्दातिर ? १५ वटा जतिमा अभिनय गरेपछी ठुलो पर्दामा धोको पुग्यो । आफ्नो शैली सानै पर्दामा ट्वाक्क सुहाउने लाग्यो । सानो पर्दामै रमाउने मन भयो । अहिले यसैमा छु । हसाउँने नारी पात्र त कमै छन् । कमैमा एक हुनुपर्दा कस्तो लाग्छ ? खुशी लाग्छ । अझ पहिले भन्दा हास्य कलाकारलाई हेर्ने आँखा सुधारिएको छ । झनै खुशी छु । ‘तितो सत्य’ले त निकै चर्चा बटुल्यो नि । हैन, के जादु गर्नुभयो ? सुरुमा त यति सारै चर्चामा आउला जस्तो लागेको थिएन । अहिले पाएको लोकपि्रयता टिकाउनै हम्मे छ । अनि आजकल त तितो सत्य बाहेकका श्रृंखलामा गंभीर भूमिकामा पनि आउन थाल्नुभयो नि । मन फेरियो के हो ? कलाकार भएपछि के कमेडी, के गम्भीर । सबै खाले भूमिकामा आउनु पर्‍यो नि । दिपकराज गिरीसँगको जोडी त टेलिभिजनमा निकै सुहाएको छ । वास्तविक जीवनको कुरो चाँही के छ नि ? हामी एक अर्कामा उहिले देखिका मिल्ने सहकर्मी हौं । लोग्ने स्वास्नीको भुमिकामा संधै काम गर्दा एक अर्काको सम्बन्ध बारे कुनै बेग्लै अनुभूति छैन ? कला दुनियाँमा १२ वर्ष पहिले देखिको सम्बन्ध हो । ब्याक्तिगत रुपमा राम्रो सम्बन्ध छ । दिपकको श्रीमती -भाउजु)सँग पनि उत्तिकै राम्रो सम्बन्ध छ । ठुलो-सानो पर्दामा त धेरै नायक आए । बास्तविक जीवनको नायकको बारेमा नि ? अहिलेसम्म भेटिएको छैन । यो त देउताको हातमा छ जस्तो लाग्छ । अब ठुलो पर्दामा नर्फकने ? सायद फर्किन्न होला । किनकि ठुलो पर्दाभन्दा सानोपर्दामा मा सफल छु जस्तो लाग्छ ! राजनीतिमा कत्तिको रुचि छ ? राजनीति बुझ्न जरुरी छ । तर, अस्वस्थ राजनीतिमा हात हाल्नु हुदैन । अभिनय बाहेकको रुचि नि ? चलचित्र निर्देशन गर्ने हो । अहिले पनि एक टेलि-श्रृंखलाको सह-निर्देशन गर्दैछु । यसैलाई अगाडी बढाउँछु

mexciankancho · May 6, 2013 9:32 PM · 9,128 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all