Can somebody please enlighten me what the controversy is about Mr. Karki's appointment for Akhtiyar? I read this news everyday about how this group is protesting it and what that group is saying against him; but nothing to actually describe the actual reason why he is controversial.
Kiddo · May 6, 2013 4:32 PM · 4,744 views
The former bureaucrat has been accused by a section of the media, civil society and political parties of suppressing the second People's Movement and being involved in various graft cases. nepalnews.com
mancini · May 6, 2013 8:28 PM
http://www.ekantipur.com/nepal...
Geology Tiger · May 6, 2013 10:03 PM
यसै सन्दर्भमा युबराज घिमिरेको एउटा लेख रैछ, राम्रो कुरो गरेका छन् : "....उक्त विरोधको एउटा दुःखद पक्ष के हो भने, त्यो केही ‘पात्र’हरूविरुद्ध जाँदैछ, तर मुलुकका लागि घातक प्रवृत्तिलाई चुनौती दिने साहस गरेको छैन। केही घटना, पात्र र प्रवृत्ति अनि त्यस पछाडिका दृश्य/अदृश्य शक्ति हेरौं।..." "....विभिन्न पार्टीहरू, खासगरी कांग्रेस र एमालेसँग आबद्ध विधार्थी तथा युवा संस्थाहरूले कार्कीको नियुक्तिलाई विरोध गरेका छन्। तर, आफ्ना दलका नेताहरूको राजीनामा मागेका छैनन्। नेपाली राजनीति (सञ्चार र नागरिक समाज अपवाद छैनन्) को यही द्धैध चरित्रका कारण मुलुक (राज्य) को अधिकारिकता र उसको नैतिक हैसियत गुमेको छ। यही दोहोरो चरित्र र नेताहरूको बिकाउ प्रवृत्तिले विदेशी हस्तक्षेप निम्त्याएको छ। त्यसका लागि चार दल दोषी छन्।.." http://setopati.com/blog/619/
nepalilaure · May 7, 2013 8:59 AM
मलाई ब्यक्तिगात रुप मा लोक मन को बारेमा केहि भन्नु छैन . तर अहिले नेपाल मा एस्तो गरिदै छ मनु नेपाल मा अख्तियार को प्रमुख को रुप म अकं गर्न लोकमान बहेको आरु कोइ बेक्ती नै छैन लोक मन निर्दोष होला, मलाई थाहा छैन तर जनान्दोलन को बेला सचिब भएको व्यक्ति लाई नै अख्तियार को प्रमुख किन बनाउने, ? नेपाल मा आरु पनि त होलान नि त्यो पोस्ट मा बस्न लाएक राजा प्रिथिबी नारन ले बिराज बखती लाई प्रधान सेनापति बनाउन चाहेका थिए रे , पछि जनमानस मा बिराज बखाती भन्दा कालु पाण्डे को इमेज राम्रो भएको ले , कालु पाण्डे लाई सेनापति बनाएका थिए रे इतिहास बाट सिक्न पर्ने त हो केहि केहि Last edited: 07-May-13 09:30 AM
_____ · May 7, 2013 9:29 AM
धर्के ब्रो : हजुरले भने जस्तै बुझिदिने व्यक्ति सत्तामा पुगेका भए अनि पार्टीका नेता हरु मा व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सोचिदिने भए आज को नेपाल अर्कै स्तरमा पुगी सक्थ्यो | सुने आनुसार कार्किजीलाइ पुराना पन्चे , कांग्रेस देखि पुराना र नया कमुनिस्ट का हितैसी हुन् रे ? बाबुराम र प्रचंडे यिनका घरमा यदा कदा पुगी राख्छन रे ? यिनका नातिको बिहेमा सबैदलका नेताको जमघट पनि थियो रे ? यिनले तठस्थ भएर काम गरेको कारणले सबै पार्टीले बिस्वास र मन पराएको मानिस हुन् रे ????? सबै सुनेका कुरा त् हुन् ?
magorkhe1 · May 7, 2013 11:17 AM
यी मोराहरुले सित्तैमा मनोरंजन प्रदान गरिरहेका छन् | प्र. म. निवासमा भर्खर चार दलिय समिति र खिरारेको मिटिंग भएछ | बिजय गच्छेदारको एस्तो भनाइ रैछ, अरु नेताहरु त बोल्न सके पो : " बैठकपछि मधेसी मोर्चाका नेता विजय गच्छदारले अहिले आएर पार्टीहरुले विवाद गर्नुको कुनै अर्थ नरहेको भन्दै अब यो विवाद मन्त्रिपरिषद् अध्यक्ष र राष्ट्रपतिले मिलाउने विषय भएको बताए । 'चार दलबीच प्याकेजमा सहमति भए अनुसार यो सरकार बनेको हो,' उनले भने 'त्यही अनुसारको सहमति अनुसार सबै विषय अगाडि बढ्नुपर्छ । अहिले विवाद गरेर कुनै अर्थ छैन विवाद गर्ने भए पहिले नै समितिको बेठकमा गर्नुपथ्र्यो ।'" http://ekantipur.com/nep/2070/... ठिकै हो नि गच्छेदारको भनाइ , अहिले बिरोध गर्न भन्दा पहिले राम्रो संग विचार गर्नु पर्ने थियो | राष्ट्रिय स्तरका नेता भएर आफ्नो अडानमा बस्न सक्नु पर्छ | हैन, लोकमान लाइ नचिनेको त होइन नि यिनीहरुले , सबै आन्द्रा भुडी थाहा थियो | बलदेव शर्मालाई लात हानेर गिरिजाले च्यापेको मान्छे अनि अदुआ मा ओलीले प्रस्ताब गरेको मान्छेलाई अहिले आएर ५/७ सय मान्छेले नारा लगाए भनेर "ताप्लेजुंग तिरको हो कि दार्चुला तिरको हो एउटा कुखुरा चोर रैछ , गल्तिले गर्दा अख्तियारमा प्रस्ताब गरियो, फ्रिता गर्नु पर्यो " भनेर अब निर्णय भैसकेर रास्त्रपतिले प्रमाणित गर्न मात्र बाँकि हुदा मिटिग गर्नेहरुलाई के भन्ने ? यी कांग्रेस एमालेका कथित युवा नेता हरुले आफ्नै नेताहरु बिरुद्द नारा लगाउनु पर्ने होइन भन्या ?
nepalilaure · May 7, 2013 11:33 AM
magorkhe यो सबै पार्टीको नेताहरुको हितैषी भन्ने कुरा एकदम सहि हो , तेही भएर त सबैजना ले समर्थन गरेका हुन् नि | अनि तेस्तो हितैषी सबै भन्दा बढी प्रचण्डलाइ चाहिएको छ , नत्र अल्लि निक्पक्ष्य मान्छे CIAA मा प्रमुख भयो भने यिनीहरुलाई झ्यालखानामा कोचिदिञ्च, अदालतले फैसला नै गर्न पर्दैन नि 'हिरासतमा लिएर अनुसन्धान गर्ने' भनेर समाते भैहाल्छ | नागरिक समाज (अब त्यहाँ पनि कति मान्छे निजि स्वार्थ भएका छन् भन्ने कुरो अर्कै हो ) को चिन्ता चै एकदम जायज छ है | अहिले सर्बोच अदालत (जिल्ला र पुनराबेदन चै के हो के हो ) बाहेक अरु कुनै पनि भरोसा गर्न लाएक संस्था नभएको बेलामा अख्थियरमा एउटा साचिकै निस्पक्ष्य , ideal , देउताकै अबतार जस्तो मान्छे खोजेका छन् मान्छेले | दुइ चार जना तेस्ता मान्छे छन् तर सबै ६५ पुगी सके , नपुगे पनि पार्टीले कहाँ मान्चन र तेस्तालाई |
nepalilaure · May 7, 2013 11:50 AM
Thanks to Mancini and Geology Tiger. Although, I am not sure how much to trust Kantipur's article on him given the fact that they (Kantipur) have politicized this issue heavily and definitely have an interest at stake here. Magorkhe1's point is valid; why appoint a controversial figure in one of the most sensitive office? On the same token if the opposition is primarily due to the fact that he served during the controversial period then his dealings should be further looked into; just serving during the time shouldn't be enough to disqualify anybody.
Kiddo · May 7, 2013 1:24 PM
Every political figure is controversial in Nepal. I guess some are just unlucky to make into the group of chors who loot the country.
freedom2012 · May 7, 2013 1:30 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion