बा मलाई डि भि परेछ अब , खोरिया बन्धकी राख्नु पर्छ टारी खेत बिक्री गर्नु पर्छ आमाको- नाकको फुली कानको ढुङग्री गलाको तिलहरी गोठको भैंसी आमाले पेवा पालेको खसी हल गोरु गहुतको लागि पालेको सानो बाच्छी सबै सबै बेच्दै गर्नु बा मलाई डि भि परेछ यतिले मात्रै पुग्दैन बा ओखतीमुलोको लागि साचेको पैसा झिक्दै गर्नु हजुरआमाले जम्मा गरेका पुराना सिक्का साट्दै गर्नु अनी गर्वका साथ सबैलाई भन्दै गर्नु बा मेरो छोरो डि भि मा अम्रिका जादै छ देश नफर्कने गरी बा डि भि पर्नु भनेको स्वर्ग जानु झै हो । र, त बा को जिबनभरको कमाइ प्रसाद बनाएर आमाका आशुको भेटी पोको पारेर पुग्नु छ एम्बेसी नामको मन्दिर दर्शन गर्नु छ खैरा देवताहरुलाई दाम राखेर ढोग्नु छ तिनका पाउमा र भन्नु छ हे ! बिधाता मलाई तिम्रो स्वर्ग पठाइदेउ न म अमेरिका पुगेर देश भुल्ने छैन बा मैले किनीसकेको छु भातगाउले कालो टोपी खादीको दौरा सुरुवाल सिरुपाते खुकुरी राष्ट्रिय झन्डा हो, यही लगाएर खिच्नेछु एउटा फोटो अनी दैला माथि नागको फोटो टासे झै टासिदिनेछु फेसबुकको भित्तामा अनी ,गज्जवको राष्ट्रबादी बनिरहने छु म copy write byसुवास कोइराला
mexciankancho · May 5, 2013 6:50 PM · 13,244 views
Good one!! Why such a resentment towards DV ?
Yuvaraj · May 5, 2013 6:51 PM
horrible...get a life bro .. go to mexico why come over here if u think like that
texasranger · May 6, 2013 7:08 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion