यो मेरो नेपाली भाषा र देवनागिरी लिपी मा पहिलो प्रयास हो, सकेसम्मा सुद्ध लेख्ने कोशीश गर्या छु, भुलचुक माफ पाउं, यस् भन्दा अघी अङ्रेजी म शिवजी बारे एउटा हास्यकथा लेखेको थिएं, कसै को मन दुखाउने औचित्य थिएन, र मैले त्यो कुरा कथा लेख्नु अगाडि नै भन्या थिएं, तर कती ले चित्त तैपनी दुखाए, अब यस् कथा मा के भन्ने हुन् थाहा छैन। अमेरिका रिटर्न्ड सुपुत्र "रमेश को छोरो अहिले डाल्लस् बाट आएको छ" भारतबाट ईन्जिनियरिङ स्कुल को तीन महिने बिदामा काठमाडौं आएको बेला बुवा ले एकदिन बिहान भनिबक्स्यो। "तं पनि जाने भन्दैछस् अर्को बर्ष, तेरो फुपु हरु लाई एफ वन विसा बारे त्यस्तो जानकारी छैन, बरु त्यो गाको एक बर्ष मात्रै भो, एसो सोध् न" मेरी फुपुहरु म जन्मिनु अघी अमेरिका पुग्या थिए, जेठि फुपु यु एन मा काम गर्दा बैनी हरु लाई बोलाएकी थिइन् बहिनी हरु बस्या बसै गरे, मेरा पिताजी भने देशप्रेमि र स्वाभिमानी अनी ज्यादै अहँकारी, खैरे को चाकडी गर्न पर्छ भनेर बिदेश जानै मानेनन, फेरी फुपुहरु सेन्ट मेरिज र पद्म कन्या बाहेक कतै पढेनन, उनिहरु लाई कलेज को कुरा सोध्नु बेकार थियो . उनिहरु का छोरा छोरी हरु उतै जन्मे, उतै हुर्के, नेपाली बोल्न त परै जाओस बुझ्दा पनि बुझ्दैन थिए, फेरी म्युजिक, साइकोलोजी, हिस्ट्री मेजर हरु लाई ईन्जिनियरइङ भने पछी पसीना छुथ्ठ्यो. "तर बुवा उ अन्डर्ग्र्याजुएट हो, मास्टर्स डिग्री बारे के सोधुं, फेरी मेरा साथीहरु पनि छन, उनिहरु सँग कुरा भैरहन्छ" मलाई रमेश अंकल को छोरो पहिले देखी मन पर्दैनथ्यो "तैपनी एसो सोधी हेर न" बुवा ले ढिपी गरीबक्स्यो। लौ त भनेर एकदिन बिहानै झम्सिखेल पुगें, रमेश अंकल बहिर बारी मा कुर्सीमा बसेर चिया पिउंदै थिए। रमेश अंकल र मेरो पिताजी बीच गहन मित्रता थियो, एउटै अफिस मा काम गर्नु को साथ साथ हरेक हफ्ता बसेर पप्लु खेल्ने, राजनिती को गफ गर्ने, बियर पिउने आदी कृयाकलाप वहाँहरु बिच हुने गर्थ्यो. "कहिले आयौ? त्यहां त निकै गर्मी होला होइन?" दर्शन फर्काएर रमेश अंकल टाडै बाट चिच्याये। उन्को आवाज भारी थियो, एकदम भारी, बोल्दा खेरी टाटा ट्रक स्टार्ट भा जस्तो लाग्थ्यो, म र मेरो भाई उनको जहिले पनि नकल गर्थ्यौं। कहिले काहीं जाँड खाएर बुलन्द स्वर मा 'ये लाल रङ' गाउंदा मेरो भाई सानो छंदा तर्सेर रुने गर्थ्यो। बोली भारी हुनु को साथ साथ अंकल एकदमै बेसुरा पनि थिए, र त्यो गीत बाहेक अरु कुनै गीत उन्लाई आउँदैन थियो। "आएको एक हप्ता भयो, हजुर र आन्टी लाई आरामै?" मैले भलाकुसारी गरें, "अनी बुवा ले अनिल पनि आएको छ भनिबक्सिंदै थियो" " अं आछ, सुतिराछ, उठ्ने नाम लिंदैन" अंकल एकछिन खिन्न भा जस्तो गरे "रात भरी ग्यास स्टेसनमा काम गरेर दिन भरी सुत्ने बानी, एती चांडै कां जाओस" अंकल गलल्ल हांसे, म पनि हासें. "तिम्रो बुवा र म लण्डन मा पढ्दा न हामीलाई तिमी हरु जस्तो राम्रो अङ्रेजी बोल्न आउंथ्यो न स्टाइपेन्ड बाहेक अरु कुनै आर्थिक सहायता थियो। श्री पांच को सरकार ले पढ्न पठाथ्यो जेन तेन् पढ्यौं र फर्कियौं, अहिले यो बेवकुफ अनिल गाडी र जुत्ता बाहेक अरु कुनै कुरै गर्दैन, त्यस्को त अङ्रेजी पनि अली कम्जोर भा जस्तो लाग्यो मलाई त, अस्ती एउटा राम्रो चिट्ठी लेख भन्या अङ्रेजी मा, त्यस्को काका को छोरा को नेबिल बैंक मा आप्लिकेसन को लागि, लेख्नै सकेन।" “होइन, कती अहिले सम्म त्यही कुरा गरिस्या, त्यस्लाई कागजमा लेख्ने बानी नभएर हो, उता सबै कुरा कम्प्युटर मा लेख्नुपर्छ" सीला आन्टी मलाई चिया थमाएर, कुर्सी मा बस्दै भनिन्। उनी र मेरी आमा को ठ्याक्कै मिल्ती थिएन. "वाहियात कुरा" अंकल झोंक्किए "भित्र त्यस्ले पठाएको ल्यापटप हांसेर बसिरा छ, चिट्ठी लेख्न पनि ईन्टरनेट चाहिन्छ रे, फेरी डाइअल - अप ले हुँदैन रे, मलाई त्यस्ले उल्लु सम्झ्या छ? दुनियाँ का छोरा छोरी हार्वर्ड, येल् मा पढ्छन, यो कुन युनिभर्सिटी मा हो मलाई अहिले सम्म थाहाछैन। अझ गौरी ले भनेकी अहिले कम्युनिटी कलेज मा ट्रान्स्फर गर्या छ रे, अनी गौरी र ज्वाँईसाब सित दुई हजार डलर पनि लिया छ रे, दिदी भिनाजु सँग पैसा माग्न कस्तो लाज नलाग्या होला त्यस्लाई" आन्टी चुप्चाप बसिन, कहिले काही अंकल लाई आँखा तर्थिन तर अंकल भने बर्सौ देखी को छोरो माथि को भडास् अहिले निकाल्दै थिए। "शाक्य शाहू को छोरोले हरेक महिना एक हजार डलर पठाउंछ रे, जहिले पनि सिगरेट किन्न जांदा त्यही कुरा गर्छ, म त आज्काल अफिस जांदा पनि गाडी अर्कै बाटो लान्छु, त्यस्को पसल बाटो मा नपरोस भनेर. मलाई अनिल ले पैसा पठाउनु पर्दैन, तर त्यो गए देखी मैले त्यस्लाई चार हजार डलर पठाइसकें, त्यो पनि एक बर्ष नहुँदै, फेरी दिदी भिनाजु सँग पनि पैसा माग्यो रे, अमेरिकन गर्ल्फ्रेन्ड छ कि क्या हो त्यस्को" "होइन होला" आन्टी एक्छिन आत्तिन. आन्टी का बाबु दरबारिया थिए, उनी राणाजी कि छोरी, अंकल परे कार्की, जहिले पनि अंकल लाई मान्छे नभा बेला धम्क्याउंथिन, यो कुरा सबै लाई थाहा थियो, मेरी आमा ले भन्या अनुसार अनिल को बिहे कुन्नी कुन चाँही जर्साब को छोरी सित गर्ने चक्कर मा थिइन्। त्यसै भएर खैरिनी को कुरा सुन्दा आन्टी आतिनु स्वाभविकै थियो। "त्यस्ले पाखुरा मा ट्याटू पनि बनाछ", यती भनेर अंकल चुप लागे। मैले अर्को एक घण्टा वहाँहरुको कुकुर सित खेलेर बिताएं, अनिल तैपनी उठेन, आखिर मा अत्ती भएर म घर तिर हिंडे, चुरोट खान नपाएर तल तल भैसक्या थियो, त्यस्माथि अंकल बुढा एक पछी अर्को तान्या तानै गरिराथिए. बेलुकी पख भुजा खांदा बुवाले सोधिबक्स्यो "अनी अनिललाई भेटिस् त?" "म दस बजे सम्म बसें तर उ उठेन, अनी म फर्किएं" मैले खांदै भने। "फेरी एक्चोटि जा, त्यस्लाई बेलर र युनिभर्सिटी अफ अस्टिन बारे सोध्, अलिकती सलाह माग् कहाँ पढुं भनेर, मान्छे मिलनसार छ, मदत गर्छ। म मुसुक्क हासें। XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX
behoove_me · May 3, 2013 11:18 AM · 28,991 views
आफ्नै कथा लेख्नु भयो कि के हो ? ..फेरि ...आफ्नो मात्र होइन धेरै नेपाली युबाहरुको कथा हो भन्नु होला ...हुनत मलाई पनि तेस्तै लग्यो :) कथा राम्रो छ | अनि नि एउटा कुरा..बुवालाई बक्सियोस भनिसके पछि त आफ्नै फुपु लाइ चै तिमि नभनेको भए हुन्थ्यो होला कि |
nepalilaure · May 3, 2013 11:48 AM
लाउरेदाई, यो कथा मात्र हो, तर अब मैले मेरै कथा भनेर भन्दा, अझ बढी realistic देखिन्छ भने मेरै सहि. मैले " ........" भित्र राखेर बोल्दा खेरि त्यसो भन्या हुँ, मेरा पिताजी भने देशप्रेमि र स्वाभिमानी अनी ज्यादै अहँकारी, खैरे को चाकडी गर्न पर्छ भनेर बिदेश जानै "मानेनन," Last edited: 03-May-13 12:03 PM
behoove_me · May 3, 2013 12:00 PM
बिहोवे-जी हजुरको प्रस्तुति त संधैजसो पढेकै हो अंग्रेजीमा आज पहिलो पटक नेपाली-लीपीमा नि पढियो...मज्जा आयो...... बोलीचालीको साधा भाषामा लेखेको राम्रो लग्यो तर अलि बढी बढी भएन र ? "...अस्ती एउटा राम्रो चिट्ठी लेख भन्या अङ्रेजी मा..." यस्तो नि होला र....हुन त कथा हो....जे पनि होला... झम्सिखेल ले चै धेरै साना बखतका याद गुन्जाइ दियो ...त्यो पुरानो अरुण थापाको जन्मथलो झम्सिखेल त नया दोश्रो ठमेल भनिदो रहेछ .... अर्को पटक अलिक लामो लेखम न हुन्न ? हुन त हजुर लेखक म किन धरै बोल्नु है..... -थाहा-छैन (थाने )
ThahaChaena · May 3, 2013 2:17 PM
बिहूब, अंग्रेजी र नेपाली भाषा दुवै मा शुद्ध लेख्न सक्नु नै ठुलो कुरा हो, अझ तिम्रो प्रस्तुति र शान्दर्भिक कथा बस्तु झनै राम्रो. पुरानो अंग्रेजी कथा हरु पनि नेपाली मा उल्था गरेर किताब प्रकाशन गरे देश विदेश क सबैले किन्थे जस्तो लाग्छ मलाइ चाही. Great read!
annehathaway · May 3, 2013 2:26 PM
aba nepali shuddha bhaneko yestai ho saathi tara katha chhai bado ramro lagyo. simple, realistic ani maan chhuney...ajai jasos.
biwash prawashi · May 3, 2013 2:28 PM
Behoove_me Tapai le kitab lekhne nai ho bhane kahile prakasan garnuncha inform garnuhola ma hajur ko pahilo grahak banne chu. Sarai ramilo mahasus huncha hajur ko lekh paadha kheri. Kahile na sakiyos jasto. Awesome awesome awesome.
kirin · May 3, 2013 3:24 PM
Your stories are always a treat!
rethink · May 3, 2013 3:30 PM
It's an worthy read as always from u..nice one
Smaran · May 3, 2013 4:32 PM
घण्टा जस्तो "भनिबक्स्यो" भन्नु पर्ने ! This is an expired language.
dhoti_prasad · May 3, 2013 5:31 PM
Behooveले नेपाली भाषामा गरेको यो पहिलो प्रयासको बिषय र प्रस्तुती पनि अंग्रेजीमा लेखिएका कथाहरु जत्तिकै सशक्त छ । जहाँसम्म नेपाली भाषाको कुरा छ त्यो निश्चय पनि लेख्दै गए पछी खारिदै जानेछ । @ घण्टाप्रसाद त्यो घण्टा जस्तो भन्ने पनि तिमी जस्तो घण्टाप्रसादले बाहेक अरुले प्रयोग गर्दैन ।
Geology Tiger · May 4, 2013 1:42 AM
Normal 0 false false false EN-US X-NONE X-NONE MicrosoftInternetExplorer4 dhoti_prasad, Do you even realize the writer is rhetorically writing or rather reminiscing about events that transpired in and around his life? Can you for a moment realize the usage of vernacular language a sense of upbringing (perhaps) that had become a societal norm? If you don't (which is obvious here) you are committing the same crime you are accusing of. Either way, your belligerence doesn’t affect the loyalty of readers who pragmatically judge the objectiveness of wrting and enjoy a piece wihtout putting an unnecessary cynical lenses - you are the sole opposition without any logical opposition and come out to be a sophomoric critic that is foolishly hypercritical. Behoove, You have show classed your affinity and your proficiency in both Nepali and English literature. Keep them coming! /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin;}
alternate · May 4, 2013 3:08 AM
Kudos to you for tyring to write in Nepali too after presenting so many good ones in English. Having said that, i felt like you were not able to translate your usual swagger and punch lines into Nepali. Thats my honest opinion else, you are one of favorite writer in Sajha.
rahashya · May 4, 2013 9:20 AM
दोस्रो भाग कहिले पस्कने हो ? कुनै बेला हाम्रा मित्र नेपाल आएको बेला यो मेरो गाडीको साचो भनि देखाएको कुरा सम्झन्छु |
MaGorkhe1 · May 6, 2013 9:25 AM
थानेज्यु, पहिलो प्रयासलाई सराही दिएको मा धेरै धेरै धन्यवाद। देवनागिरिमा टाइप गर्न धेरै अफ्ट्यारो पर्ने हुनाले कथा छोटो राखें। फेरी सरल पनि राखें किनकी मेरो नेपाली साहित्य यहांको, ठुल्दाइको, फुच्छेकेटोको, सिरियल, बाघदाइ जस्तो उत्कृष्ट छैन, चलनचल्ती को भाषा बोल्छु र मेरो लेखाइ यती मा मात्रा सिमित हुन्छ भन्ने कुरा पनि बुझ्याछु। यस् कथा मा केही कुरा काल्पनिक भएता पनि, कती कुरा हरु सत्य छन। सुन्दा आश्चर्य लाग्छ, तर अङ्रेजी मा आप्लिकसन लेख्न नसक्या कुरा चाँहीं सत्य हो, मेरो आफ्नै पर्ने मानिसहरु गूगल नभै लेख्न सक्दैनन। अयान्, यो कथाको अलिकती श्रेय तिमीलाई जान्छ, तिम्रो पछील्लो कथामा तिमीले जसरी कुशलता का साथ नेपाली लेख्या थियौ त्यस्बाट प्रेरित भएर नै मैले को कथा लेखेको हुं। अङ्रेजी र नेपाली दुवै भाषा मा त्यस्तो दक्ष्य हुनु मैले साझा मा धेरै देखेको छैन। किताब प्रकाशन गर्ने कुरा कती सम्म सम्भव छ भन्ने तिमी र मलाई दुवै लाई थाहा छ, तर प्रोत्साहन को लागि धन्यवाद. बिवश प्रवाशी, सकेसम्म सुद्ध लेख्न खोज्या हुं, तर बोल्नेचाल्ने शब्द हरु सिमित भा हुनाले एती सम्म लेखें, पढिदिएको मा धन्यवाद. किरिन, धेरै धेरै धन्यवाद, यहाँ जस्तै साथी हरु को प्रोत्साहन पाएर अझै धेरै लेख्न मन लाग्छ. Rethink, Thanks from the bottom of my heart, when someone as eloquent as you who has also excellent analytical skills posts on my thread, I feel gratified. Smaran, Appreciate that, this is my first effort, and looking at how many people have encouraged, I shall continue writing in nepali whenever time allows. धोती प्रशाद ज्यु, बाबु आमा ले छोरा छोरी लाई जस्तो संस्कार र आचरण दिन्छन, छोरा छोरीहरु त्यही हिसाब ले आदर फर्काउंछन हैन त? म सँग तर्क गर्ने हो भने कृपया त्यस्तो छुद्र वचन नबोल्नुहोस्, यहाँ लाई शिस्टता र सालीनता को ज्ञान छैन भने कोइ अरु सँग सिक्नुस्। बाघ्दाइ, यहाँजस्ता काबिल नेपाली साहित्यकार बाट प्रोत्साहन पाउंदा हर्ष को सीमा रहेन, देवनागिरि मा लेख्न अत्यन्तै जटिल हुंदो रहेछ भन्ने कुरा बल्ल बुझें, तर पनि आगामी दिनहरु मा अझै लेख्ने प्रयत्न गर्छु Altu, This was a less than ordinary story with a hackneyed subject matter, any seventh grader could have done a better job, however, after having years typing in English, my penchant for Nepalese literature still hasn’t depleted, this was just an effort reestablish my nepali-writing acumen if any. Rahasya, Thank you from the bottom of my heart, this story was not more than hogwash until you guys read it. And you are right, I have missed all those one liners and twists in this story because quite frankly, I didn’t know how to craft them skillfully in Nepali, makes me ashamed a little bit that I was not able to do enough justice to my own language. मगोर्खेज्यु, समय को अभाव र मेरो नेपाली साहित्य को सिमित दखल ले गर्दा यती पनि कठिनाइका साथ लेखें, तर बाघ्दाइ ले भन्या जस्ताइ अली बढी अभ्यास पछी राम्रो लेख्न सक्छु कि? दोर्सो भाग त छैन, तर भविश्य म अरु पनि लेख्ने प्रयत्न गरुंला।
behoove_me · May 6, 2013 12:25 PM
Where is the original story? Can you repost please...
hawking666 · Dec 17, 2015 10:13 AM
मैले पढ्न भ्याएको रहेछु , अनी एक लाइ न पनि कोर्न भ्याएछु, दोहोर्याएर पढ्नलाई लिन्क टासी दिनु हुन्थ्यो कि ? Last edited: 18-Dec-15 11:40 AM
magorkhe1 · Dec 18, 2015 7:28 AM
मलाई पनि पढ्न मन लाग्यो यो कथा ||| कृपया पुन प्रकासित गरि दिनु हुन्छ कि महोदय ?
dream_big · Dec 18, 2015 12:05 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion