मेरो देश वृद्धाश्रम भयो युवा जति सबै कोही कतार कोही दुवै कोही अमेरिका युरोप त कोही अस्ट्रेलिया संसारको सबैभन्दा गरीब राज्य मध्ये कहिले उठेन हाम्रो अर्थतन्त्र पहिला आफू बन अनि अरु भन्दैमा हाम्रो अस्तित्व नै संकटमा छ कोही भारतलाई समर्पण गरौ भन्छन् त कोही चीनलाई जो विदेशमा छन् उनीहरु विश्वनागरिकको सोचमा अडेका छन् राजनीतिक अराजकता , गरीबी ,वेरोजगारी त छदैं थियो अब आएर जात-भातको कुरा पनि चर्किदैछ अरब-बसन्त आएझैँ छ मेरो देशमा विश्व-शान्तिको उपदेश दिदैं अमेरिका आफ्नो आर्थिक बिस्तारबादमा लागेको छ भन्छन् अनि विश्वनागरिकको पाठ पनि उसैले पढाउदैछ भन्छन् उत्तर कोरियाझैँ सबै देशको संचार मालिकहरुले सम्पूर्ण जनताको दिमाग भुट्ने बाहेक अरु केही काम गरेको जस्तो लाग्दैन मेरो देशको त कुरै नगरौ, हामी नेपाली अज्ञानी हौँ कि बुझ पचाउने हौँ बुझ्न गाह्रो छ भेडाको हूल जस्तै जसले जता लग्यो उतै जाने बानी हामी निर्दोष हैन कठपुतली हौँ कैले कांग्रेस एमाले त कैले माओबादी अनि तेसपछि हिमाली पहाडी अनि मधेसी भारतको झेलखेल कपट नहोला भन्न सकिन्न "Divide and Conquer" अंग्रेजहरुले अपनाएको सबैभन्दा प्रभावशाली तरिका अहिले तेही तरिका हामी नेपालीमा प्रयोग गरिरहेको भान हुन्छ के हुदै छ भन्न तोक्न मेरो योग्यताले भयॊदैन खाली देशको हाल देख्दा समाचारमा सुन्दा दिक्क लाग्छ विरक्तिएर विलापमा केही लेख्न मन लायो नेपालीका कति शब्द पनि बिर्सेछु खोई के भन्नु , राष्ट्रवादको पाठ पढाएको हैन यो २१ सौं शताव्दी हो जे होस् जय नेपाल
nepalkochhoro · Apr 30, 2013 6:23 AM · 9,554 views
Damn awesome kid
Gorikopoi · Apr 30, 2013 6:15 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion