डिसी दूताबासमा बसन्त काब्य सन्ध्या कार्यक्रम

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

विजय थापा    वाशिंगटन डिसी ,अप्रिल २७ तारिख ,नेपाली दूताबासको प्रांगणमा ईतिहासमा सम्भवत प्रथम पटक नेपाली दूताबासको पहलमा अमेरिकाका बिभिन्न राज्यहरुमा यत्र तत्र छरिएर बसोबास गरि रहेका र विदेशबाट नै कलम चलाई रहेका साहित्यकार तथा कविहरुलाई दूताबासमा एकत्रित गराईएको सबै भन्दा बृहत बसन्त काब्य सन्ध्या कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ l   उक्त काब्य सन्ध्या कार्यक्रममा भर्जिनिया ,म्यारिल्याण्ड ,बोस्टन ,न्युयोर्क ,डिसी महानगर क्षेत्रबाट आएका कवि तथा कवियत्रीहरुको सहभागिता रहेको थियो भने अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा शंकर प्रसाद शर्माले सबै साहित्यकार तथा कबि ,कवियत्रीहरुलाइ स्वागत गर्नु भएको थियो l उक्त कार्यक्रमको संचालन कबि गोविन्द गिरि प्रेरणाले गरेका थिए भने कबि प्रकाश नेपालले कविता वचन गर्नु अगाडी भानु भक्त आचार्य ,लेखनाथ पौड्याल र लक्ष्मी प्रसाद देवकोटाको शालिक अमेरिकामा बनाइने र पहल भै रहेको जानकारी गराएका थिए l कविता बाचन गर्नु हुने कबि तथा कबियत्रीहरुमा क्रमस ,मंजु निरौला (भर्जिनिया )महेश्वर पन्त (बोस्टन )प्रेम संग्रौला (भर्जिनिया ),होमनाथ सुबेदी (भर्जिनिया ),जुनिता सुब्बा (भर्जिनिया ) मणि वांगदेल( न्यु योर्क ),डा हरि राज भट्टराई (न्यु योर्क ),रबिन्द्र श्रेष्ठ ,हरि घिमिरे ,राम खरेल (भर्जिनिया )दीपा राई (बोस्टन ),बसन्त श्रेष्ठ (भर्जिनिया ),राम चन्द्र भट्टराई (भर्जिनिया ),गीता खत्री (न्युयोर्क ),डि बि तामांग (भर्जिनिया ) ,गोबर्धन पुजा (बोस्टन ),गोपाल रेग्मी (भर्जिनिया ), मनुला हारु (न्यु योर्क ),पुरुषोत्तम ढकाल (भर्जिनिया ),राम प्रसाद खनाल (भर्जिनिया ) मिठु थापा (न्युयोर्क ),रजनी श्रेष्ठ (भर्जिनिया ),प्रकाश नेपाल (भर्जिनिया ) ,बिनोद रोक्का (न्युयोर्क ),सित पाण्डे (म्यारिल्याण्ड ) ,पर्ल रेग्मी (म्यारिल्याण्ड ), शरद निरौला (म्यारिल्याण्ड ), सुदिप भद्र खनाल ( भर्जिनिया ) ,हेमन्त श्रेष्ठ (भर्जिनिया ) तथा गोविन्द गिरि ' प्रेरणा 'थिए l कविता वाचन समापन संगै महामहिम राजदूत डा शंकर प्रसाद शर्माले उपस्थित सबैलाई धन्यबाद दिनु भएको थियो र वहाहरुको सम्मानमा रात्री भोजनको आयोजना राखिएको थियो l

mahoday · Apr 28, 2013 11:44 AM · 3,176 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all