How much did your education cost you?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 His Education cost is $ 100,000 +.... funny thing is he included his plane ticket cost and EVERYTHING! GUFF TA DAAROOO DIYEKO HO जाबो कपाल काट्ने कुरा सिक्न १ करोड खर्च गर्नुभयो भन्दा कसरी पत्याउने ? एउटा नेपाली ठिटोले दिल्लीदेखि थाइल्यान्ड र वेलायतसम्म गएर यो काम सिक्न, त्यो पनि डलरमा, त्यति त लागिहाल्छ नि। थाहै नपाई त्यति पैसा खर्च भएछ। सिक्नका लागि त्यति लागेन, तर प्लेन भाडा, होटल र अन्य खर्च गर्दा त्यति खर्च भएको हो। तपाईं आफैं पनि हिसाब गर्न सक्नुहुन्छ। www.kantipuronline.com/nep/2070/1/14/full-story/367020.html   धेरैजसो अभिभावक आफ्ना सन्तानलाई डाक्टर, इन्जिनियर बनाउन चाहन्छन्। उनीहरूको विचारमा समाजमा प्रतिष्ठा कमाइसकेको पेसा अपनाउँदा नाम र दाम दुवै कमाउन सजिलो हुन्छ। यस्ता कुरा नीलडेभिड कटवाल मान्दैनन्। उनी सामान्यभन्दा सामान्य काम विशिष्ट तरिकाले गर्दा त्यो डाक्टर, इन्जिनियरभन्दा माथिल्लो दर्जामा पुग्ने बताउँछन्। सात वर्षयता नेपाल र भारतमा आधुनिक शैलीका सैलुन खोलेर नाम र दाम दुवै कमाइरहेका नीलडेभिडले २ सय जनालाई रोजगारी दिइरहेका छन्। डेभिडलाई नेपालमा सैलुन व्यवसायलाई आधुनिकरण गरेर यसतर्फ युवालाई आकषिर्त गरेकोमा सम्मान पनि गरिएको छ। झापा लक्ष्मीपुरका नीलेन्द्र कटुवालले नयाँ शैलीको नयाँ पेसा मात्र अपनाएनन्, आफ्नो पुरानो नाम पनि परिवर्तन गरेर नील डेभिड बनाएका छन्।  नाम, का म र व्यक्तिगत व्यवहारमा पनि फरक शैली रुचाउने नीलसँग साप्ताहिकका अश्विनी कोइराला र विदुर खतिवडाले रमाइलो कुराकानी गरेका थिए। नेपालमा सैलुन व्यवसाय परम्परागत रूपमा चलिरहेको थियो, तपाईंले यसलाई आधुनिकीकरण गर्नुभयो। यो पेसामा त्यस्तो के देख्नुभयो ? म जुनसुकै पेसालाई पनि विशिष्ट बनाउन सकिन्छ भन्ने सोच राख्थें। बाल्यकालदेखि नै फरक देखिन र गर्न विभिन्न शैली अपनाउँथे। यसो गर्दा अरूले आफूलाई महत्व दिएजस्तो लाग्थ्यो। यही फरक गर्ने चाहनामै हेयर स्टाइलिस्ट भएको हुँ। फरक काम अरू पेसामा पनि गर्न सकिन्थ्यो, किन यही पेसा नै अपनाउनुभयो ? एकपल्ट म सिंगापुर पुगेको थिएँ। त्यहाँको ठूलो सपिङमल घुम्दै जाँदा अचानक एउटा सैलुनमा पुगें। त्यो सैलुन लाग्दैनथ्यो, स्टार होटलजस्तो सुविधासम्पन्न  सेन्टर थियो। त्यहाँ कपाल काट्न तीन दिनअघि एपोइन्टमेन्ट लिनुपर्ने रहेछ। केटाले केटीको कपाल काटेको हेर्दा नै आनन्द लाग्ने, त्यति छरितो र स्तरीय। त्यति मात्र होइन, विदेशमा हेयर स्टाइलिस्टको इज्जत डाक्टर इन्जिनियरभन्दा बढी हुन्छ भन्ने पनि मलाई थाहा भयो। मलाई लाग्यो, नेपालमा हजारौं सैलुन छन्, तर त्यति इज्जतको पेसा मानिँदैन। म यसलाई अझ माथि पुर्‍याउँछु भन्ने हिसाबले यसलाई पेसा बनाएको हुँ । परम्परागत नाईहरू के भन्छन् भने यो पेसा सिक्न धेरै गाह्रो हुन्छ। सानैदेखि कैंची चलाएन भने युवा उमेरमा सिक्न गाह्रो हुन्छ। तपाईंले कसरी सिक्नुभयो ? संसारमा कुनै पनि पेसा असम्भव र गाह्रो छैन। यति हो, त्यसमा मन लगाउनुपर्छ। जुन दिन मैले म हेयर स्टाइलिस्ट बन्छु भन्ने निर्णय गरें, त्यही दिनदेखि त्यसमा लागिपरें। दिल्लीको हबिब हेयर एकेडेमीमा ६ महिने कोर्स गर्दा म राम्रो कटर भैसकेको थिएँ। ६ महिनामै सिक्नुभयो ? तीन महिनामै सिकें। मानिसको डमीमा कपाल काट्न सिक्नुपथ्र्यो। पहिलो तीन महिना त साह्रै गाह्रो भयो, त्यसपछि त म टिचरकै प्यारो विद्यार्थी भएँ। मैले त्यो बेला कटिङ र त्यसलाई हाइलाइट कसरी गर्ने भन्ने कुरा सिकें। १० वर्ष पढेर बल्ल-बल्ल एसएलसी पास गर्दा पनि केही काम पाइँदैन। तपाईंले जम्मा ६ महिना सिकेर यत्रो प्रगति गर्नुभएको हो  ? साधारण सैलुन चलाउन त यतिले पनि पुग्छ, तर म नेपालको टप हेयर स्टाइलिस्ट बन्न चाहन्थें। यो पेसालाई एउटा उचाइमा पुर्‍याउन चाहन्थें। नाम र दाम कमाउन चाहन्थें। त्यसैले पहिले दिल्ली अनि थाइल्यान्डस्थित इन्स्टिच्यूटमा एडभान्स कोर्स गरें त्यसपछि वेलायतस्थित विश्वप्रसिद्ध हेयर इन्स्टिच्यूट टोनी एन्ड गाइजमा गएर थप कोर्स गरें। त्यहाँ मैले केश काट्नु पेसा मात्र होइन, यो एउटा उच्च स्तरको कला पनि हो भन्ने कुरा थाहा पाएँ। ओस्कार अवार्ड विजेता मेकअप आर्टिस्ट तथा हेयर स्टाइलिस्ट क्रिस्टिना ब्लिजसँग पनि कोर्स गरे। यो पेसामा लाग्छु भनेर संघर्ष गर्दा करिब १ करोड रुपैयाँ खर्च भयो। जाबो कपाल काट्ने कुरा सिक्न १ करोड खर्च गर्नुभयो भन्दा कसरी पत्याउने ? एउटा नेपाली ठिटोले दिल्लीदेखि थाइल्यान्ड र वेलायतसम्म गएर यो काम सिक्न, त्यो पनि डलरमा, त्यति त लागिहाल्छ नि। थाहै नपाई त्यति पैसा खर्च भएछ। सिक्नका लागि त्यति लागेन, तर प्लेन भाडा, होटल र अन्य खर्च गर्दा त्यति खर्च भएको हो। तपाईं आफैं पनि हिसाब गर्न सक्नुहुन्छ। सात वर्षदेखि सैलुन चलाइरहनुभएको छ, त्यो खर्च उठ्यो ? करिब-करिब उठ्यो। नेपाल र भारतमा गरी १२ वटा सैलुन छन्। २ सय जनालाई रोजगारी दिएको  छु। अहिले वाषिर्क रुपमा राम्रै आम्दानी छ। राम्रो सेवा दिएपछि ग्राहक आउँछन्। फरक शैलीमा काम गर्नुपर्छ, राम्रो हुन्छ भन्ने मेरो जुन विश्वास थियो, त्यो पुरा भएको छ। तपाईंको सैलुनमा कपाल काटेको रेट कति हो ? कपाल काटेको नभनौं, स्टाइल बनाएको भन्दा राम्रो होला। किनभने हामी कुन पेसा, व्यवसाय एवं क्षेत्रको मानिस हो, उसलाई त्यही शैलीको कपाल बनाइदिन्छौ। न्यूनतम ३ सय ५० देखि १ हजार ५ सय रुपैयाँ हाम्रो शुल्क हो। तपाईं झापाको किसानको छोरा, आज यो अवस्थामा पुग्दा कसलाई सम्झनुहुन्छ ? मेरो धर्म बुबा डेभिड भाइनाललाई सम्झन्छु। मेरो बुवा गाउँका प्रधानपञ्च र किसान  हुनुहुन्थ्यो। म विदेशमा गएर फेसन डिजाइनिङ पढ्न चाहन्थें। त्यसका लागि विभिन्न देशमा भिसाको निवेदन दिएँ। सातपल्ट अस्वीकृत भयो। बुवाको भनाइअनुसार मैले करिब १५ लाख खर्च गरें। म धेरै खर्च गर्ने युवक भएकाले पनि मैले बुवाको खल्ती रित्तो बनाउन कुनै कसर बाँकी राखिन। सात पटकसम्म भिसा नलाग्नु र भएको पैसा सबै खर्च भएका कारणले पीडित भएका बेला मैले मेरो धर्म बुवा डेभिड भाइनाललाई भेटें। उहाँले मेरो विदेश जाने सपना पूरा मात्र गर्नुभएन, हेयर स्टाइलिस्ट बनाउने क्रममा १ करोड रुपैयाँ खर्च पनि गरिदिनुभयो। एउटा विदेशी नागरिकले तपाईंजस्तो युवकमाथि त्यत्रो खर्च किन गर्नुभयो होला ? १५ वर्षअघिको कुरा हो। भिसा नलागेपछि म निराश भएर ठमेलको गल्ली नापिरहेको थिएँ। काठमाडौंमा बुवाले पठाएको पैसा खर्च गर्ने बाहेक मेरो अर्को काम थिएन। एक दिन एउटा पाको बि्रटिस नागरिक ठमेलको एउटा चौकमा उदास बसिरहेको देखें। मलाई कौतूहल लाग्यो। छेउमा गएर म केही सेवा गर्न सक्छु कि भनेर सोधें। उनले आफ्नो पासपोर्ट र अन्य बहुमूल्य कुरा चोरी भएको बताए। मैले उनलाई नयाँ पासपोर्ट बनाउन सहयोग गरें। मैले उनीसँग तीन दिन बिताएँ। उनले मेरो भिसा बारम्बार रिजेक्ट भएको कथा सुने, यसरी हामी तीन दिनमै अभिन्न मित्र बन्यौं। हिँड्ने बेला उनले मलाई हजार रुपैयाँ नोट भएको पैसाको एउटा बन्डल दिन खोजे। मैले भने, 'नेपालीहरू पाहुनालाई देउता मान्छन्। उनीहरू सहयोग गरेबापत पैसा लिँदैनन्।' मेरो कुराले उनी प्रभावित भएछन्। बेलायत पुगेर उनले एउटा पत्र लेखें। त्यसमा उनले मलाई धर्मपुत्र बन्न प्रस्ताव पठाएका थिए। किनभने उनी मलाई पढाउन चाहन्थे। छोराले बुबाको सहयोग लिनुपर्छ भन्ने अभिप्रायले मैले त्यसलाई स्वीकार गरें। त्यसपछि मैले चाहेको विषय पढ्न मेरो धर्मबुवाले आफूले सकेजति सहयोग गर्नुभयो।  विदेशी नागरिकले सहयोग गर्दैमा आफ्नो जन्मदेखिको नाम परिवर्तन गर्नुपर्छ त ? उहाँ मेरो धर्मबुवा मात्र होइन, जीवन परिवर्तन गर्ने ईश्वर नै हो भन्ने लाग्छ। उहाँको सहयोग मैले कहिलै बिर्सन नसकूँ भनेर निलेन्द्रबाट नील अनि बुवाको डेभिड मिलाएर नील डेभिड बनाएको हुँ। यसो गर्दा म पनि सधैं अर्काका लागि काम लागूँ भन्ने सम्झना हुन्छ। केही गर्न उत्साह जाग्छ। वर्षको लाखौं कमाउन थालेपछि धर्मबुवाको जस्तो समाजसेवाको इच्छा किन नगर्नुभएको ? मेरो गाउँमा अंग्रेजी विद्यालय छैन। मेरो  धर्मबुबाले एउटा नील डेभिड जन्माउनुभयो, म सयौं जन्माउन चाहन्छु। यसका लागि बुवाकै नाममा गाउँमा एउटा निशुल्क अंग्रेजी विद्यालय खोल्ने निर्णय गरेको छु। सबै प्रक्रिया पूरा भएको छ। भारतका सैलुनबाट कमाएको पैसालाई मैले उक्त विद्यालयमा खर्च गर्ने योजना बनाएको छु। पछि विद्यालयमा कुनै पनि समस्या नआओस् भन्ने हिसाबले मेरो बुवा, धर्मबुवा एवं धर्मबुवाका बेलायती साथीहरूले  सहयोग गर्ने वचन दिनुभएको छ। यो नेपालको नमुना विद्यालय हुनेछ, जसले नील डेभिडको नाम चम्काउनेछ। अहिले फेरि फेसन डिजाइनिङ पढ्न थाल्नुभएको रहेछ, यसले तपाईंका सैलुनलाई असर गर्दैन? थप सहयोग गर्छ। फेसन डिजाइन पढ्ने मेरो सानैदेखिको इच्छा थियो। त्यसका लागि मैले धेरै दुःख पनि पाएँ। धर्मबुवाले दिल्लीमा मलाई यही विषयमा भर्ना गरिदिनुभएको थियो। डेढ वर्ष पढिसकेपछि मैले अचानक सिंगापुरको सैलुन देखें र यतातिर लागें। यसले मेरो बुवा पनि दुःखी हुनुभएको थियो। उहाँ आफ्नो कुनै पनि इच्छा मार्नुहुँदैन भन्ने कुरामा विश्वास गर्नुहुन्छ। अर्कातिर फेसन डिजाइनिङ पढेपछि म मानिसलाई फेसनको सबै प्याकेज उपलब्ध गराउन सक्छु। सबै सैलुनलाई मैले आफ्नो व्यवस्थापनमा राम्रैसँग चलाएको छु। विश्वासपात्र सहकर्मीहरू बनाएको  छु। मैले फेसन डिजाइनिङ कोर्स सकेपछि नेपाली फेसनले हेयरस्टाइलसहितको नयाँ फेसन ब्रान्ड पाउनेछ। यसले नेपाललाई मात्र होइन, विदेशीहरूलाई पनि गुणस्तरीय सेवा प्रदान गर्नेछर मेरो आपmनै ब्राण्डको फेसन वेयर स्थापित हुनेछ । यति धेरै सिर्जनशील व्यक्तिको पारिवारिक जीवन किन सुखी हुन सकेन ? तपाईंको विवाह किन असफल भयो ? विवाह एक प्रकारको सम्झौता हो। विवाह गर्नेहरू जबसम्म एक-अर्कासँग सम्झौता गर्न सक्छन्, सँगै बस्छन्। सम्झौता गर्न नसकेपछि छुट्टिछन्। म जीवनलाई फरक शैलीमा हिँडाउन रुचाउँछु। त्यसैले हामी छुट्यौं। अब विवाह नगर्ने ? विवाहले मानिसलाई बाँध्छ, म स्वतन्त्र भएर देश र समाजलाई केही दिन चाहन्छु। दुई दिनको जिन्दगीमा मानिसले नसोचून् कि कोही नील डेभिड भन्ने मानिस थियो, केही गरेन, त्यत्तिकै गयो। म चाहन्छु जसरी म मेरो धर्म बुवाका कारण चर्चित भएँ, त्यसैगरी मेरा कारणले सयौं युवा चर्चित बनून्। यसका लागि एक्लो र क्रियाशील जीवन आवश्यक छ Last edited: 27-Apr-13 05:50 PM

biwash prawashi · Apr 27, 2013 5:48 PM · 2,231 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all