मध्यरातमा यस्तो बिचल्ली !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

27th Apr, 2013 बुटवल- हतियारधारी युवा समूहले डोजर प्रयोग गरी मध्यरातमा बुटवल–७ नेपालगञ्जरोडमा नौ घर भत्काएको छ। राति साढे दुई बजे तीन वटा डोजर प्रयोग गरी ती घर भत्काएका हुन्। झण्डै पचास युवाले सडक नियन्त्रणमा लिदै घर–घरमा पसेर पेस्तोल देखाउदै सुतिरहेका व्यक्तिहरुलाई ज्यान बचाउने भए बाहिर निस्कन भन्दै धम्क्याएर डोजर चलाएको स्थानीय बासिन्दाको भनाइ छ। मध्यरातमा फिल्मी शैलीमा चलाएको डोजरले एउटा बनाउँदै गरेको दुई तले पक्की घर र अरु कच्ची टिनले छाएका घर भत्किएका छन्। घटनाबारे जानकारी पाएलगत्तै आएको प्रहरीले घर भत्काउ“दै गरेका तीन डोजर मध्ये दुईलाई चालकसहित नियन्त्रणमा लिएको छ। एउटा डोजर भागेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी राजकुमार बैदवारले बताए। मध्यरातमा मस्त सुतिरहेकालाई ढोका हान्दै सडक कार्यालयले डोजर चलाएर घरहरु भत्काउन लागेकाले बाच्ने भए बाहिर निस्केर भाग्न चेतावनी दिएपछि निद्राबाट ब्युझिएको स्थानीय विकासमान जोशीले बताए। उनका अनुसार, बाहिर निस्कदा मुखमा मास्क लगाएर हातमा पेस्तोल समाएका युवाको लस्कर थियो। ‘भत्काउदै गर्दा हामीहरु हातमा खुकुरी लिएर निस्कदा उनीहरु भागाभाग गरे,' उनले भने। घटनाको आधाघण्टामै पुगेको प्रहरीले भाग्दै गरेका दुई डोजरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। हतियारधारी युवाको घेरामा मध्यरातमा सर्वसाधारणको घरमा डोजर चलाउनुको कारण नेपालगञ्ज रोडको मूल्यवान जग्गाको स्वामित्वको विषयलाई लिएर भएको हो। जानकारका अनुसार, २०३२ सालमा राजमार्ग बनाउँदा जग्गा धनी बीरबहादुर थापाले क्षतिपूर्ति लिए। तर सडकले छाडेको साढे चार धुर जग्गाको क्षतिपूर्ति पाएपनि मालपोतमा उनको स्वामित्व कायमै रहयो। खाली ठाउँभएकाले विभिन्न ठाउबाट आएका व्यक्तिहरु टहरा बनाएर बस्न थाले। समय बित्दै जादा जग्गाको भाउ उर्लियो। यो जग्गामा बीरबहादुरका छोरा थानेश्वर थापाले आँखा गाडे। लालपूर्जामा साढे चार धुर भएपनि अन्य खाली जग्गासमेत गरी दुई कठ्ठाको हाराहारीमा जग्गा भएको स्थानीयको भनाइ छ। यो जग्गा हात पार्न थानेश्वरले अनेक जुक्ति निकाले। कहिले प्रहरी कार्यालयमा उजुरी दिए त कहिले एमाओवादी नेताको दैलो चहारे। अन्ततः कुनै उपाय नलागेपछि भाडामा युवाहरु लिएर डोजर चलाएको स्थानीयको बुझाई छ। तीन महिना अघि काठमाडौंका डन दिपक मनाङेको समूह घर खाली गराउने जिम्मा लिएर बुटवल आएपनि प्रहरीले बेलैमा सूचना पाएर नियन्त्रणमा लिएको थियो। यसपाली प्रहरीले सूचना पाउन नसक्दा सर्वसाधारणको घरमा डोजर चलेको हो।  स्थानीय तुलसी न्यौपानेले १२ लाख रुपैयाँमा मणिग्रामको जग्गा बेचेर १० लाख रुपैयाँमा दुई महिना अघि होटल किनेको बताइन्। ‘व्यापार जग्दै थियो, मध्यरातमा डोजर चलाएर सम्पत्ति नष्ट भयो–उनले भनिन्। घर भत्केर मर्कामा भाडामा बस्दै आएका परेका छन्। ४ लाख रुपैयाँ पेश्की घरभेटीलाई दिएर किराना पसल सुरु गरेका गिरीप्रसाद अर्यालले २० लाखको धनमाल नष्ट भएको बताए। प्रहरीले गुण्डाशैलीमा लगाइएको डोजरबाट भएको क्षति संकलन गर्ने काम भइरहेको जनाएको छ। १ करोडभन्दा बढीको धनमाल क्षति भएको स्थानीयको दाबी छ। लाखौंको सम्पत्ति नष्ट भएपछि क्षतिपूर्ति र शान्तिसुरक्षाको माग गर्दै पीडित सर्वसाधारणले शनिवार बिहान १० बजेसम्म बुटवलमा सडक अवरुद्ध गरेका थिए। प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले क्षतिपूर्ति, दोषीलाई कारबाही गर्ने र शान्ति सुरक्षाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएपछि अवरुद्ध सडक खुलेको थियो। प्रमुख जिल्ला अधिकारी पन्थीले अपराधीलाई कुनै पनि आधारमा उन्मुक्ति नदिइने बताए। ‘समाजमा गुण्डाराजविरुद्ध कारबाही नचाल्ने हो भने भयावह अवस्था आउछ,' उनले भने।  तीन महिनाअघि दिपक मनाङेको समूह सक्रिय भएपनि अहिले यो समूह हो होइन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनामा स्थानीय वाइसिएल, युथफोर्स र तरुणदलमा संगठित भएका केही युवाको संग्लग्नता भएको प्रहरी अनुसन्धानले खुलाएको छ। ‘केही दिनमा सबै खुल्छ, अहिले व्यक्तिबारे केही नभनौं,' इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी बैदवारले बताए। मध्यरातमा बस्तीमा चलेका डोजर र चालक नियन्त्रणमा लिएकोले प्रहरीले यसलाई दरिलो प्रमाण मानेको छ। ‘अनुसन्धानको लागि यो एउटा दरिलो प्रमाण हो,' डीएसपी बैदवारले भने। पक्राउ परेका डोजर चालक स्थानीय बासिन्दाको ढुंगा प्रहारबाट गम्भीर घाइते भएकाले भरतपुर मेडिकलमा उपचार भइरहेको छ। अर्का चालक कपिल न्यौपाने, सहचालक मुक्ति पराजुली र डोजर धनी पोषराज अधिकारी इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा छन्।   Source: www.nagariknews.com

jangali maanab · Apr 27, 2013 9:17 AM · 11,328 views

3 Replies

 माया लग्यॊ छिमेकिहरुको बिचल्ली देखेर, जय बुटवल /

kirin · Apr 27, 2013 10:46 AM

There is no such thing called "L

sajhamitra · Apr 27, 2013 11:35 AM

जग्गा अतिक्रमण को पक्षमा को हि पनि सहमति हुदैन होला ? किनकी भोलि खुल्ला मंचमा पनि बसोबास हुन् सक्छ | कानुनि हिसाबमा जग्गाधनी को स्वामित्व अझै देखिए पनि भारतीय सिनेमा मा जस्तो राता रात बुल्डोजर लगाउनु अनि हाम्रा युबा हरु विकिनुले हाम्रो देशका जनता देखि नेता हरु बिकृतिको पाराकास्ट्मा पुगेको नतिजा हो ?    Last edited: 29-Apr-13 05:55 PM

MaGorkhe1 · Apr 27, 2013 4:44 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all