किरकेट

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

२०४७ जनआन्दोलन  ताका हाम्रो टोलको गल्लिमा क्रिकेट एती फेमोस  थियो कि छर छिमेकको झ्याल फुटाल्ने मात्र होइन, मण्डले र ढिडेहरु लाई बल र रोडा हान्न समेत हाम्रा खेलाडी पछि परेनन् | बल चाही रोडा माथि रबर कस्यो, तेस माथि ३-४ वटा मोजा ले घुमाउदै बेर्यो. एस्तो मजाले मच्चिन्थ्यो , के भनम!   पछि कलेज बाट खेल्न जादाको पनि आफ्नै कहानी छ ! टि यु टोलिमा अन्तर्घात र नाताबाद र कृपाबादले गर्दा खेलाडी ४ जना बाकी सप्पै किनुवा खेलाडी , पछि कुरो बुझ्दै जादा त भी सी कप खेल्ने सबै टोलिमा किनुवा खेलाडी मात्रै !   उहिले चौरी जत्ती नि थिए, गौचरण , घट्टेकुलो , रत्न पार्क, टुडिखेल, किर्तिपुर जता नि पुगिन्थ्यो खेल्न भने सी .... जानु नि परो नि राजा .... ताल परेर खेलाडी बन्या भए  आज बर्मुडामा खेल्न पयिन्थ्यो कि?   तेस्तो बातावरणबाट हुर्केको नेपाली क्रिकेट टोलि आज वोर्ल्ड कप भ्याउन सक्ने भै सक्यो , केटोहरु र केटिहरुले गर्या छन् ! जय  होश !   ३-४ जना राम्रा खेलाडीहरु अमेरिकामै बिलाएका छन् , बेर्मुडा बाट नि भाईहरु नबिलाउन .... भन्ने कुरा हामि लाइ लागि राख्या ख  !   जित त हाम्रै हुञ्छ, दुखः एउतै छ, सेमी फिनल पुग्यो कि हाम्रो टोलि लाई के  हुन्छ के  ? फुर्केर चौपट !    लौ भाई हो, नफ़ुर्के ! जिते ! राम धुलाई दिए ! मरो लामो नाक अझै लामो पारे है :)    नेपालको जितको निम्ति घोक्रो फुटाएर बेर्मुडामा झण्डा फहराउदै दौडिने सपना बोक्ने उही दुखि दाजु राम प्रसाद न्यौपाने, गुप्तबासबाट :)

ramprasadneupane · Apr 24, 2013 7:00 PM · 3,631 views

2 Replies

 तपाइको लेख हरु पढ्न नपाएको धेरै भएको थियो. छोटो भए पनि यो पढेर रमाइलो लाग्यो/ धन्यबाद/

adhikari_bandhu · Apr 24, 2013 7:18 PM

धन्यबाद

ramprasadneupane · Apr 25, 2013 3:00 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all