सर्वप्रथम नयाँ बर्ष २०७० को हार्दिक मंगलमय शुभकामना' दाजुभाई तथा दिदीबहिनीहरु, मेरो नाम रबिन्द्र केसी हो र म काठमाडौँ घट्टे कुलो निवासी त्रिचालिश बर्षीय दुई छोरीको पिता हुँ। श्रीमती र दुई छोरी हाल यहि टेक्सासमा मेरो साथ छन्। म नेपाल सरकार ,स्वास्थ्य मन्त्रालयको उप-सचिब पदमा वहाल हुँ। अध्ययन बिदामा आफ्नो निजि खर्चमा व्याबहारिक जनसांख्यिकी (Applied Demography)विज्ञानमा बिद्या वारिधि (पी एच डी) गर्ने उदेश्यले अमेरिकाको टेक्सासमा आई अध्ययन गर्दै पढाईको अन्तिम अर्ध बार्षिक परीक्षा(सेमेस्टर)मा हुँदा हुँदै स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको कारण म अस्पतालमा उपचार गराई रहेको छु। अमेरिकामा उपचार गर्न धेरै आर्थिक खर्च जुटाउनु पर्ने र म बिद्यार्थी भएको नाताले मलाई सारै कठिन भएकोले र आफ्नो तागतले नभ्याउने हुनाले म यहि अस्पताल शैयाबाट सम्पूर्ण दाजु भाई तथा दिदीबहिनीहरुलाई आफुले सकिने आर्थिक सहयोग गर्न र जुटाई दिन हुन् म हार्दिक अनुरोध गर्दछु। म सन एन्टोनियो बिश्वबिद्यालय टेक्सासमा व्याबहारिक जनसांख्यिकी विज्ञानमा(Applied Demography) बिद्या वारिधि (पी एच डी )गरि रहेको छु। यहि मार्च २५ तारिखमा टेक्सासको University Health System 4502 Medical Drive San Antonio, TX भर्नामा भएको छु। मलाई कलेजो तथा छालामा क्यान्सर (अबुर्द) LIVER MASSES - BX (+) SQUAMOUS CELL CARCINOMA रोग देखिएको छ। पहिलो आफु एक बिद्यार्थी, दोश्रो आफु मुलुक बाहिर भएको कारण धर्मसंकट र ज्यादै चिन्तित छु। सहयोगको लागि बिन्ति गर्दै आर्थिक सहयोग गर्न चाहनुहुने सम्पूर्ण महानुभावहरुले निम्न ठेगाना, बैंकको खातामा पठाउन सक्नु हुनेछ। Recent address: 11600 Huebner Road San Antonio TX 78230 Account details are as follows. Rabindra KC University Health System 4502 Medical Drive San Antonio, TX7B229 www.nayasansar.blogspot.com ( for online donation please click the link and donate via paypal)} Thank You! Rabindra KC (posted by Richa Sharma) Last edited: 24-Apr-13 02:35 PM
Richa Sharma · Apr 24, 2013 1:11 AM · 6,095 views
Hope he feels better!
chaurey · Apr 24, 2013 8:48 AM
I did .. and I request not post the name of donors.....
MN_Nepali · Apr 24, 2013 2:25 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion