ग्लोबल नेपाल फेस्ट २०१३ भव्यताको साथ सम्पन्न

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                                                        ग्लोबल नेपाल फेस्ट २०१३ भव्यताको साथ सम्पन्न  विजय थापा  भाजिनिया ,अमेरिका            वाशिंगटन डिसी ,अप्रिल २२ ,गत साल झै ग्लोबल नेपाल मिडियाको आयोजनामा नेपाली नया बर्ष -२०७० (अप्रिल १४ ) को शुभ साईतमा ग्लोबल नेपाल फेस्ट -२०१२ लाई झझल्को दिलाउने र अझ परिस्कृत गराउने उदेश्य अनुरुप ग्लोबल नेपाल फेस्ट २०१३ को आयोजना उल्लेखनीय रुपमा सफलता हासिल गर्न सफल भएको छ l   ग्लोबल नेपाल मेडियाको मूल उदेश्य नेपालका कुनै पनि चिजलाई प्रबर्धन गर्नु हो l यो संस्थाले सयुक्त राज्य अमेरिका भित्र मात्र प्रबर्धन गर्ने नभै बिश्व भरि नै पुर्याउने लक्ष्य रहेको छ भने नेपालका संगीत ,कला ,पर्यटक ,संस्कृति ,कलाकार ,हस्तकला ,चित्रकला ,भेषभूषा ,नेपाली ब्यबसाय ,गैर मुनाफा संस्था तथा अन्य चिजलाई व्यापक रुपमा प्रबर्धन गर्ने र फैलाउने रहेको छ l   सो उदेश्यलाई कार्यन्वयन गर्न र मुर्त रुप दिन गत साल पनि ग्लोबल नेपाल फेस्ट २०१२ यहि वाशिंगटन डिसीमा अभूतपूर्व सफलताको साथ सम्पन्न गर्दै बिदेशीहरुलाई नेपालको चिनारी गराउन सफल भएको थियो l ग्लोबल नेपाल मिडियाद्वारा आयोजना गरिएको ग्लोबल नेपाल फेस्ट २०१३ मा नेपालको लागि पदयात्रा कार्यक्रमलाई समर्थन गर्दै सहभागिता जनाउनुको साथै आर्थिक सहयोग जुटाउन हर कोसिस गरि अन्तत्वगत्वा नेपालको लागि पदयात्रा अपार सफलताको साथ सम्पन्न हुन् पुगेको छ  l   नेपालको पैदल यात्रा कार्यक्रमको शुभारम्भ वाशिंगटन डिसीको चर्चित जेफर्सन स्मारकबाट सहभागीहरुले पद यात्रा गर्दै  ग्लोबल नेपाल फेस्ट २०१३ संचालन भएको प्रांगणमा भेला भै कार्यक्रम बिसर्जन गरिएको थियो  l ग्लोबल नेपाल फेस्ट (उत्सब )ले  गैर मुनाफा संस्थाहरुलाई मात्र सहयोगमा सिमित नराखी उदेश्य अनुरुप स्थानीय ब्यबसाहीहरुको व्यवसायमा ठुलो सहयोग गरेको छ l उनीहरुले आफ्ना व्यवसाय प्रबर्धन गर्न प्रदर्शनकक्ष राखी नेपालमा उत्पादन र निर्माण भएका अद्वितीय सामाग्रीहरु सजाएर बिदेशीहरुलाई नेपालको पहिचान गराउन सफल भएका छन् l   सो कार्यक्रममा डिसीका नगर प्रमुख भिन्सेन्ट सी ग्रे ले यो उत्सबलाई समर्थन गर्दै अनुमोदन गरेका थिए भने अमेरिकाका लागि नेपाली  महामहिम राजदुत डा शंकर प्रसाद शर्माको उपस्थिति रहेको थियो lचित्रकलाको पर्दर्शन ख्याती प्राप्त चित्रकारहरु ,सुरेन्द्र लावती ,राजेन्द्र केसी ,अजय देसार ,विक्रान्त मान श्रेष्ठ तथा पंक्षी चित्रकलामा हिरालाल डंगोलले देखाएको प्रतिभाको प्रशंसा बटुल्न सकेको थियो lबाल बालिकाहरुले आफु भित्र रहेको प्रतिभा देखाएका थिए भने नेपालको संस्कृति झल्काउने कुमार तथा मंजु श्री नृत्यले सबैलाई मग्न मुग्ध बनाएको थियो र अन्य सहभागीहरुले पनि आफ्ना कला र प्रतिभा पर्दर्शन गरेका थिए भने नेपालका मित्र (अमेरिकन ) बिदेशी पाहुनाहरुले पनि साथ दिएका थिए lग्लोबल नेपाल फेस्ट (उत्सब )-२०१३ को चिट्ठाको नतिजा पुरस्कृत हुनेलाई नेपाल जाने र आउने हवाई टिकटको व्यवस्था गरेको थियो l साँझपख सुरेन्द्र मान सिंह (कर्मा ब्याण्ड  ) ,फिरोज स्याङ्गदेन  (ए डी १९७४) निश्चल श्रेष्ठ र मोक्ष संगीत मण्डलीले भरपूर मनोरंजन प्रदान गराएको थियो l   ग्लोबल नेपाल मिडियाका प्रमुख सुरेश सापकोटाले जानकारी गराउदै झन्डै एक हजार पाच सय सहभागीहरुले कार्यक्रम हेर्न आएका र यो कार्यक्रमलाई निरन्तरता दिदै अर्को बर्षको लागि अहिलेदेखि नै ठाउँको खोजि र योजना गर्न थालिएको बताएका छन् l यस उत्सबबाट आएको केहि रकम गत बर्ष गैर मुनाफा संस्थालाई दिएको जस्तै यो बर्ष पनि केहि सहयोग गर्ने बताएका छन् l यो कार्यक्रमलाई सहयोग र सफल बनाई दिनु हुने सम्पूर्णलाई कृतज्ञता ज्ञापन गर्दै अर्को साल अझ राम्रो कार्यक्रम गर्ने प्रतिबद्दता जाहेर गरेका छन l यो बर्ष नेपाल ग्लोबल मिडियाले नेपालको युवा भन्ने गैर मुनाफा संस्थालाई प्रबर्धन गरे जस्तै अर्को बर्ष पनि कोहि आएमा सहयोग गर्न सक्ने छ भन्ने जानकारी दिएका छन l  

mahoday · Apr 22, 2013 9:13 PM · 3,242 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all