नेपालीले ए एन ए सम्मेलनमा 'गिनिज वर्ल्ड रेकर्ड्स 'तोड्ने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

विजय थापा  भर्जिनिया ,अमेरिका , अमेरिका ,अप्रिल २१ ,नेपाल बुटवल ,रुपन्देही घर भै हाल क्यान्ज़स शहरमा(kansas city)कार्यरत बिपरित हिज्जे (MOST WORDS SPELT BACKWARDS IN ONE MINUTE  )गर्न सक्ने एक प्रतिभाशालि युवा कृष्ण पाण्डेले यहि आउदो जुलाई ४ देखि ६ सम्म हुने ३१ औ ए एन ए न्युयोर्क सम्मेलनमा 'गिनिज वर्ल्ड रेकर्ड्स ' तोड्ने भएका छन् l बिश्वलाई नेपालको नाम पहिचान गराउदै बुद्ध र सगरमाथा नेपालका सम्पदा र धरोहर हुन् भन्दै सो किर्तिमान कायम गर्न र नेपालको झन्डा फ़र्फ़राउन यो भन्दा अगाडी गरेको किर्तिमानलाई तोड्ने भएका छन् l 'गिनिज वर्ल्ड रेकर्ड्स 'ले उनको निबेदन स्वीकृत गरि सकेको छ l उनले गत साल ३०औ ए एन ए टेक्सास सम्मेलनमा प्रतिभा प्रतियोगितामा आफ्नो प्रतिभा देखाई सकेका छन् l करिब  ६ बर्ष अगाडी अमेरिका अध्ययन गर्न छिरेका पाण्डे सिकागोमा अध्ययन समाप्त गरि हाल क्यान्ज़स शहर(Kansas city )मा कार्यरत छन्  lअमेरिकन व्यस्त जीवनसंग संघर्ष गर्दै आफु भित्र निहित प्राकृतिक प्रतिभालाई प्रस्फुटन गर्दै बिभिन्न संचार माध्यम र अन्य कार्यक्रम द्वारा प्रदर्शन गरि प्रमाण गरि सकेका छन् l ए एन ए सम्मेलनमा अत्यधिक नेपाली समुदायको सहभागीता हुने भएकोले 'गिनिज वर्ल्ड रेकर्ड्स ' को प्रदर्शन उक्त सम्मेलन बीच प्रदर्शन गरिदा सम्पूर्ण बिश्वले आफु,संस्था,नेपाल र नेपालीको नाम पहिचान हुने कारण यो सम्मेलनलाई लक्ष्य गरिएको छ l एक मिनेटमा अत्यधिक बिपरित हिज्जे भन्नेमा  'गिनिज वर्ल्ड रेकर्ड्स ' तोड्ने अनवरत प्रयास गरि रहेका पाण्डे 'गिनिज वर्ल्ड रेकर्ड्स 'का दिशा निर्देश(guidelines)मा दत्त चित्त छन् र यो कार्यक्रम भन्दा अगाडी उनि बिभिन्न ठाउमा प्रदर्शन गर्ने अभियानमा छन् l Guinness World record in the category of “Most Words Spelt Backwards in one Minute.” This does mean the fastest reverse speller in the world. 'गिनिज वर्ल्ड रेकर्ड्स 'मा नाम राख्ने र बिपरित हिज्जे भन्ने प्रतिभा सम्बन्धमा थुप्रै अन्तरवार्ता दिई सकेका छन् l आफुसंग उक्त प्रतिभा भएको जब उनीले आफ्नी बहिनिलाई बिज्ञानका शब्द भंडारहरु(Terminology )को लागि सिकाउने क्रममा सो अक्षर बारम्बार आफुले प्रयोगगर्दा अगाडीबाट हिज्जे (Spell )गर्दा कण्ठ भएको र पछाडीबाट पनि हिज्जे(spell) गर्दा आफुलाई सरल भएकोले आफु भित्र यस्तो क्षमता पनि रहेछ भनि प्रयोग गर्दा गर्दै 'गिनिज वर्ल्ड रेकर्ड्स 'मा अथक प्रयास पश्च्यात साहस गरेका छन् l १ मिनेट भित्र अत्यधिक बिपरित हिज्जे (MOST WORDS SPELT BACKWARDS IN ONE MINUTE  )भनि 'गिनिज वर्ल्ड रेकर्ड्स 'कायम गर्न तैयार रहेका छन् l १ मिनेट भित्र ५० वटा शब्दहरुको किर्तिमान भएकोले त्यसलाई भत्काउनु पर्छ भन्दै ३१ औ ए एन ए न्यु योर्क सम्मेलन सबैभन्दा उत्तम चौतारी (stage )भएको र सो किर्तिमान तोड्न मंचमा गौतम बुद्धको मुर्ति र सगरमाथाको ठुलो तस्बिर राखेर 'गिनिज वर्ल्ड रेकर्ड्स 'तोड्ने भएका छन् l उदाहरण :Chicago >ogacihC; America> aciremA र अरु यस्ता शब्दहरु हुने छन् l सौजन्यकर्ता तथा प्रायोजनहरुको आवस्यकता पर्ने हुनाले आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गर्न सकिने अवस्था छ भने सहयोग गर्न आब्हान गर्दै नेपाल र नेपालीको नाम बिश्व भर चिनाउने र ३१ औ ए एन ए न्यु योर्क सम्मेलन स्थलबाट नै नेपालको झन्डा फरफराउने भएका छन् l   http://youtu.be/UHSOf9XJh4M

mahoday · Apr 21, 2013 5:48 PM · 3,527 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all