' नेपालको लागि ३१ औ ए एन ए सम्मेलन '-मूल नारा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                                                    ' नेपालको लागि ३१ औ ए एन ए सम्मेलन '-मूल नारा  विजय थापा  भर्जिनिया ,अमेरिका    अमेरिका ,अप्रिल २० ,२०१३ , यहि जुलाई ४ देखि ६ तारिख सम्म हुने ए एन ए न्यु योर्क सम्मेलनको मूल नारा '३१ औ ए एन ए सम्मेलन नेपालको लागि 'राखिएको छ  l सम्मेलन आयोजक समितिले बृहत मस्तिस्क मन्थन गर्दै अन्तत्वगत्वा ३१ बर्ष पहिले न्यु योर्कमा जन्मिएको नेपालीहरुको साझा संस्था तथा छाता संगठन दि एसोसीएसन् अफ नेपलिज इन अमेरिका (नेपाली अमेरिका संघ )ले यो नारा राख्नु पछाडी केहि उदेश्य र अर्थ लिएर हिडेको छ l अमेरिकामा ,सर्व प्रथम नेपालीहरुको जन घनत्व वृद्धि संगै नेपाली समुदायको हितको लागि म्यारिल्याण्डमा नेपाल शैक्षिक तथा सामुदायिक केन्द्र तथा पशुपति बुद्ध मन्दिरको स्थापनाको परियोजना सुरुवात गरेको थियो l ए एन ए मात्री भुमि प्रति केहि गर्ने उदेश्य सहित हाल ए एन ए नेपाल ग्रामिण विकास परियोजना सुनसरी जिल्लाको धरानबाट आफ्नो गति बिधिमा तदरुपताको साथ कदम बढाई रहेको छ lए एन ए नेपाल र नेपालीको विकासको लागि प्रतिबद्ध रहेकोले '३१ औ ए एन ए सम्मेलन नेपालको लागि ' भन्ने नाराले प्रस्ट्याउने छ र अर्थ्याउने छ l प्रमुख संयोजक समिर महर्जनले पत्रकार भेटघाटमा सम्मेलनबाट केहि मुनाफा रहन गयो भने नेपालको दुर्गम स्थानमा पाठशाला निर्माण पनि गर्ने सोच रहेको जानकारी दिनु भएकोले यो नारा अझ सान्दर्भिक हुन् पुगेको छ l   ३१ औ ए एन ए न्यु योर्क सम्मेलनको अधिकारिक संजाल (वेब ) www.anany2013.org निर्माण गरि संचालनमा ल्याई सकेको छ l ए एन ए संस्थाको संजालwww.anaonline.org रहेको छ l सम्मेलनलाई व्यापक प्रचार र प्रसार गर्ने उदेश्य अनुसार सम्मेलन संचार संयोजक सुर्य थापाले ब्रम्हाण्ड भरि संचालनमा रहेका नेपाली संचार माध्यमलाई संचार सहकर्मी ( मेडिया पार्टनर )को लागि आब्हान गरे अनुसार ए एन ए सम्मेलनको ईतिहास मै हाल सम्म सर्बाधिक ३५ वटा भन्दा बढ्ता संचार माध्यमहरु संचार सहकर्मीहरुको रुपमा क्रमस जापान ,रोमानिया ,कतार ,स्पेन ,बेल्जियम ,नेपाल ,अमेरिका ,इजरायल ,अरब ,क्यानाडा ,बेलायत ,खाडी मुलुक ,कोरिया ,स्विटज़रल्याण्ड  ,दुबई ,स्कटल्याण्ड आदि देशहरुबाट सहभागी भएका छन् l   जुलाई ४- ६ तीन दिन सम्म चल्ने ३१ औ ए एन ए सम्मेलन होटल हिल्टन वेस्ट चेस्टर (Hotel west chester )मा हुने भएको छ l       

mahoday · Apr 21, 2013 10:00 AM · 2,985 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all