I have posted news below thinking it would be interesting to all Sajha visitors: ------------------------------------------------- अटवा, अप्रिल १८ । क्यानडा सरकारले आगामी मई महिनादेखि पुनः संचालन गर्न लागेको दक्ष कामदार कोटाको लागि २४ वटा व्यवशायहरु छानेको छ भने एक बर्षमा ५,००० वटा मात्र नयाँ आवेदन लिने भएको छ । त्यसैगरी हरेक व्यवशायमा केबल ३०० वटा मात्र आवेदन लिनेसमेत जनाइएको छ । आज क्यानेडिएन अध्यागमन बिभागले जारी गरेको प्रेस विज्ञप्तीअनुसार दक्ष कामदारका लागि नयाँ आवेदन आगामी मई ४ तारिख देखि लिने भएको छ । नयाँ प्रणाली अन्तर्गत अनिवार्यरुपले क्यानेडिएन Credentials Evaluation Organization बाट शैक्षिक प्रमाणपत्रहरुलाई Equivalency गराउनु पर्ने र अंग्रेजी भाषाको ज्ञानमा भने IELTS (General Training) को हरेक विधामा कम्तीमा पनि ६ स्कोर (6 score) ल्याउनुपर्ने जरुरी छ । यद्यपी पास मार्क भने ६७ नै रहेका जनाइएको छ । For list of occupations: http://www.titanherald.com/np/... Last edited: 21-Apr-13 01:17 AM
titanherald · Apr 21, 2013 1:15 AM · 16,466 views
Pahila kati hunthyo ra Quota?
shyam_kumar · Apr 21, 2013 3:43 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion