यो साल पनि , पोहर साल जस्तै फोहर नाल सफा गर्दै, मोहर सुका नाफा भन्दै अर्को साल फेरी आउछु भन्दै गयो . हरेक साल, यसरी नै मालामाल हुने, फालाफाल हुने सपना बेच्दै रत्न पार्कको हल्लाउदै सुघाउँदै ओखती बेच्नेको चटके जस्तै नयाँ साल फेरी आउंदै छ , नयाँ माल फेरी आउंदै छ . आउँदो साल, यो सालको तालमा न आओस , यस्तै चाल र हालमा न आओस , केही त नयाँ, चन्द्रमा दाँया अलिकति आशा, उमङ्ग अलिकति जोश र तरंग जीर्ण पुर्जामा अलिकति उर्जा बोकेर, घोकेर धोकेरै भए नि आओस , नेपाली जनमा नेपाली मनमा हराएको मुस्कान राष्ट्रियताको मुहान फुलोस फलोस यसरी नयाँ साल आओस आओस .
rahulvai · Apr 12, 2013 10:04 AM · 11,807 views
बहुत सुन्दर ठुल्दाइ ... ल मेरो तर्फबाट नयाँ सालको यो कविता नयाँ बर्ष, तिमी सधैं झै यो पटक पनि त्यही पुरानै शब्द 'नयाँ' टस्साँउदै आयौ। तर के तिमीले नयाँ अनुभूति, नयाँ उत्साह र नयाँ आशा पनि आफूसँगै बोकी ल्यायौ? थाहा छैन मलाई तिम्रो आगमन पछि म नयाँ के के पाउँछु, म त सधैं उस्तै नै छु, र शायद मेरो वरिपरि पनि उस्तै नै पाउनेछु । थाहा छैन मलाई तिम्रो आगमनमा म यो उत्सव किन मनाइरहेछु, शुभकामना त सबैबाट अँगालो भरि भरि पाइरहेछु, के यो उत्सव केवल क्यालेन्डरमा हुने अंक परिवर्तनको हो? वा यो उत्सव केवल जमघट र रमाइलो गर्ने बहानाबाजी हो? नयाँ बर्ष, भैगो तिमी फगत एउटा बहाना बनेर नआउ, क्यालेन्डरहरुमा फेरिने अंक मात्र बनी पनि नआउ, म त उस्तै नै रहनेछु, तर तिमी मभित्र बदलिएको बिचार भई आउ, म भित्रको अहम् र स्वार्थलाई सिध्याउदै आउ, देशको अस्तव्यस्त राजनितीको निकास भइ आउ, दुर्गाम गाउँ र बस्तीहरुमा बिकास भइ आउ, लोडसेडिङको अन्धकारमा डुबेको शहरमा उज्यालो बनी आउ भोक, रोग र शोकले चाउरिएका अनुहारहरुको मुस्कान बनी आउ अनि आपसी एकता, सहयोग र सद्भावको लाली बनी मेरो मन-मष्तिस्कमा छाउ हामी सबैको मन-मष्तिस्कमा छाउ हो नयाँ बर्ष, सबैतिर तिमी सन्देस यही छर्दै जाउ, तर बिन्ती मेरो, केवल क्यालेन्डरहरुमा फेरिने अंक भई नआउ
Geology Tiger · Apr 12, 2013 10:12 AM
आयो आयो नयाँ साल अंक मात्र नयाँ भो,पुरानो नै छ ताल राजनीति देखी बिकास सम्म नारा एउटै भो, कसैलाई छैन केइ बाल गएको बर्ष संबिधान दिन्छु भन्थे आउने साल मा चुनाव को थिती पो तोके के के न हो मै हुँ भन्थे सरकार बनाउने बेला अर्कै लाई पो बोके सन्यास लिने नाम निसानै छैन बर्ष जस्तेइ नेता प्राएले ७० छोए बुढा भएसी झगडा गर्छन् भनेको यि हाम्रा नेता हरु ले देखाये सिखाये कुरा नगरुम नेता र राजनीति को भन्दा भन्दै यो बर्ष गयो नयाँ उमङ र खुशी को साथ् नयाँ साल २०७० नि आयो सबैलाई फलोस फुलोस सबैको राम्रो होस् गरीब लाई धन दुखी को मन मा खुशी भरोस नेपाल र नेपाली को उन्नती प्रगती होस् नयाँ बर्ष २०७० ले नौलो आयम ल्याओस
Daanav · Apr 12, 2013 3:59 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion