'झुक्याएर बिरेन्द्रको काट्टो खुवाएछन्’

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भुवन शर्मा/नयाँ पत्रिका काठमाडौं, २५ चैत राजा वीरेन्द्रको काट्टो खाने ब्राह्मण स्व. दुर्गाप्रसाद सापकोटाको परिवार त्यो घटना सम्भिmन चाहँदैनन् । घटनाको ११ वर्षपछि दुर्गाप्रसादकी ब्राह्मणी ईश्वरी सापकोटाले आफ्नो कान नसुन्ने श्रीमान्लाई झुक्याएर काट्टो खुवाइएको दाबी गरेकी छिन् । 'उहाँले कान सुन्नुहुन्नथ्यो । झुक्याएर काट्टो खुवाएछन् । पछि थाहा भयो,' ६८ वषर्ीया ईश्वरीले नयाँ पत्रिकासित भनिन्, 'मेरो परिवारलाई यसले कहिल्यै नमेटिने दाग लाग्यो । जे हुनु भइहाल्यो तर अब यो घाउ कोट्याउन चाहन्न ।' दरबारमा १९ जेठ ०५८ मा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको थियो । पुरानो प्रचलनअनुसार दुर्गाप्रसादलाई स्वर्गीय राजाको काट्टो खुवाएर चार भञ्ज्याङ कटाइएको थियो । ज्ञानेन्द्रको परिवारले पशुपति मन्दिरनजिकै बस्ने दुर्गाप्रसादलाई काट्टो खुवाएको थियो । तर, त्यतिवेला नै उनको मानवअधिकार हनन भएको विषयमा तीव्र विवाद भयो । थानकोटको डाँडो कटाइएका दुर्गाप्रसाद केही दिनमै सुटुक्क घर फर्केका थिए । आठ वर्षअघि २२ कात्तिकमा -स्वर्गीय रानी ऐश्वर्याको जन्मदिन) दुर्गाप्रसादको निधन भएको थियो । काभ्रेको पाँचखाल स्थायी घर भएका दुर्गाप्रसादको परिवार अहिले तिलगंगा आँखा अस्पतालनजिकै बस्ने गर्छ । श्रीमान्लाई काट्टो खुवाउँदा आफ्नो परिवार समाजमा अपहेलित र अपमानित हुनुपरेको ईश्वरीको दुखेसो छ । वीरेन्द्रको काट्टो खाएयता दुर्गाप्रसादले एकपटक पनि ज्ञानेन्द्रको परिवारलाई भेट्न पाएनन् । उनको निधन भएपछि उनका परिवारले पनि ज्ञानेन्द्रसँग भेट्न पाएका छैनन् । त्यतिवेला अपमान सहेको आफ्नो परिवारलाई बेवास्ता गरेकोमा ईश्वरीको ज्ञानेन्द्र परिवारप्रति ठूलो गुनासो छ । काट्टो खाएपछि तत्कालीन राजपरिवारले दुर्गालाईर् १९ हजार रुपैयाँ दिएको थियो । त्यसबाहेक वीरेन्द्रका केही लुगाहरू दुर्गाको परिवारलाई दान गरियो । तर, दुर्गा र उनको परिवारको विषयमा ज्ञानेन्द्रको परिवारले कुनै सोधखोज गरेन । यतिसम्म कि दुर्गाको निधन हुँदा पनि ज्ञानेन्द्रको परिवारले चासो राखेन । श्रीमान्को निधन भएपछि काजकिरिया गर्न झन्डै डेढ लाख खर्च हुँदा पनि ज्ञानेन्द्रको परिवारले केही चासो नराखेको ईश्वरीले बताइन् । ईश्वरी र उनको परिवारका सदस्यहरू दुर्गाले वीरेन्द्रको काट्टो खाएको घटना बिर्सन चाहन्छन् । तर, वीरेन्द्रको केही चिनो भने उनीहरूले आप\mनो घरमा जतनले राखेका छन् । घरको भित्तामा वीरेन्द्रको फोटो टाँगिएको छ । वीरेन्द्रले लगाएको कोट, घडीलगायतका केही सामानहरू पनि उनीहरूका घरमा सुरक्षित छन् । वीरेन्द्रको वंशनाश हुने वेला प्रधानमन्त्री रहेका गिरिजाप्रसाद कोइरालासँग पनि दुःखी छिन् ईश्वरी । कोइरालाले पनि आफू र आप\mनो परिवारलाई वास्ता नगरेको उनको गुनासो छ । दरबारको रेकर्डमा भएको जानकारीअनुसार राजा वीरेन्द्रको निधन भएको ११औँ दिनमा राजाकै भेषभूषा र श्रीपेचसमेत लगाई हात्तीमा चढाएर सुसारे र सहयोगीसहित दुर्गाप्रसाद सापकोटालाई बिदा गरिएको थियो । दरबारको रेकर्डअनुसार उनलाई सिँगारपटार र लुगाफाटोबाहेक ४० हजार १२ रुपैयाँ दस्तुर दिइएको थियो । हात्ती चलाएबापत माउते र सहयोगीलाई पनि उत्ति नै दान दिइएको रेकर्डमा छ । काट्टोको २१ हजार कसले खायो ? दरबारको रेकर्डअनुसार काट्टो खाएबापत दुर्गाप्रसाद सापकोटालाई ४० हजार १२ रुपैयाँ दिइएको थियो, जसमा ः चढाइएको हात्ती फिर्ता गरेबापत २० हजार २ रुपैयाँ घोडाबापत २ हजार २ रुपैयाँ जमिन दानबापत ५ हजार २ रुपैयाँ घरदानबापत १० हजार २ रुपैयाँ दासदासीबापत १ हजार २ रुपैयाँ र सेफमा राख्न २ हजार २ रुपैयाँ तर, सापकोटाको परिवारले १९ हजार मात्र पाएको दाबी गरेको छ, प्रश्न उठेको छ- काट्टोको २१ हजार कसले खाएछ ?   नीराजनलाई किट्क्याट र चुरोट राजा वीरेन्द्रको वर्ष दिनको काममा दानका लागि तत्कालीन राजा ज्ञानेन्द्रले केही सामान दिएका थिए । मृतकले सबैभन्दा धेरै मन पराउने र प्रयोग गर्ने सामान दानका रूपमा दिने प्रचलनअनुसार ज्ञानेन्द्रले यी सामान दिएका थिए । दरबारको लेखा स्रेस्तामा उल्लेख भएअनुसार वीरेन्द्रका कोट, इष्टकोट, थ्री-पिस सुट, ज्याकेट, बि्रफकेस, जुत्तादेखि भित्री पोसाकसम्म दिइएको थियो । वीरेन्द्रको पावरवाला चस्मा पनि दुर्गाप्रसादले पाएका थिए । त्यस्तै, पूर्वरानी कोमलले वीरेन्द्रका नाममा युनिभर्सल घडी र टाइमा लगाउने पिन वृद्ध ब्राह्मणलाई दिएकी थिइन् । ऐश्वर्यले मन पराउने सामान भन्दै उनले भ्यानिटी केस पनि दान गरेकी थिइन् । निराजनका लागि किटक्याट चक्लेट र शिखर चुरोट दान गरेको देखिन्छ । दीपेन्द्रको वाषकिर् श्राद्धमा उनैले लगाउने गरेको 'डी' अक्षर लेखिएको १ तोला ९ आना १ दाम सुनको सिक्री, तीन तोला सुनको ब्रासलेट, मार्लबोरो लाइट चुरोट पनि दान गरिएको थियो । आठ वर्षअघि दुर्गाप्रसादको निधन भइसकेको छ, उनका परिवारले भने दरबारबाट कुनै सहयोग नपाएको गुनासो गरेको छ ।   खुसी बनाएर खुवाइएको हो डा. माधव भट्टराई अध्यक्ष, पञ्चांग निणर्ायक समिति हिन्दूधर्ममा स्वर्गारोहण भएको एघारौँ दिनमा काट्टो खुवाउने परम्परा छ । काट्टो भनेको एघारौँ दिनमा बाहुनलाई खुवाउने खाना हो । यसमा अरू केही मिसाइएको हँुदैन । मिसाइएको भनेर जसरी हल्ला गर्ने गरिएको छ, त्यो निराधार हो । एघाराँै दिनमा भोजन गर्ने बाहुनलाई कर्ताले मीठो परिकारका भोजन खुवाएर सन्तुष्ट पार्नुपर्छ भन्ने धार्मिक मान्यता छ । त्यस दिनको दान पनि कडा दान हो । यो दानलाई पचाउन गाह्रो हुन्छ भन्ने धार्मिक मान्यता छ । त्यसैले यसलाई काट्टो भनिएको हो । काट्टो खुवाउने बाहुनलाई डाँडा कटाउने भन्ने पनि होइन । एघारौँ दिनमा भोजन ग्रहण गरेको बाहुनले अरू कर्मकाण्ड गर्नु त्यति उपयुक्त मानिँदैन । त्यसैले त्यस बाहुनलाई डाँडा कटाउनुपर्छ भन्ने गरिएको हो, डाँडै कटाउने भन्ने होइन । नेपालका केही क्षेत्र खासगरी तराईको केही ठाउँमा काट्टो खाने बाहुन छुट्टै हुने गरेका छन् । उनीहरूले काट्टो मात्र खान्छन् । अरू दिनको कर्मकाण्ड अरू बाहुनले गर्छन् । स्वर्गवासी वीरेन्द्रको निधनमा भएको एघाराँै दिनमा काट्टो खाने बाहुनलाई बकाइदा साथ खुसी बनाएर खुवाइएको हो । झुक्याएर खुवाइएको होइन । उनलाई बोलाएर तपाईंले काट्टो खानुहुन्छ कि हुन्न, यति दक्षिणा तपाइर्ंलाई दिन्छौँ भनेर भनिएको थियो । उनले पनि त्यसमा सहमति जनाएका थिए । उनलाई डाँडा कटाइएको पनि होइन ।

ashishme · Apr 8, 2013 9:13 AM · 21,012 views

6 Replies

  ऊ बेलामा के के न पाईन्छ भनेर खाई हाले आइले केही नपायेर आरोप लगाउछन नि ।

facebook · Apr 8, 2013 9:48 AM

कि तिम्रा बाजेले त्रिभुवन को पालादेखि खाइ राखेको अहिले अरुले पाए भनि गुनासो गरेको ? ज्ञानेन्द्रको बेलामा तिम्रै परवारलाई पहिलो प्राथमिकता पाउने छौ ?

MaGorkhe1 · Apr 8, 2013 10:38 AM

Let me get this straight. So, cannibalism is ok but you cannot eat cow meat? Some twisted culture this.

ashishme · Apr 9, 2013 8:33 AM

तेरो बाजेले काट्टो खाने गरेको अहिले अर्कोले खायो भनि साझा मा कुर्लेको होस् ? ठिक छ हामि सबै साझा बासि हरु : ज्ञानेन्द्र वा पारस को पालामा तिम्रै परिवारलाई पहिलो प्राथमिकता दिनु भनि हामि साझा मा लेखि दिउला? के के खान्छौ खाउ : गाइ खान्छौ कि  बाच्छी खान्छौ,  खाउ : त्यो काट्टो खाने बेला सम्म तिमि बानि परि सक्छौ अनि त्यो काट्टो खान घिन लाग्ने छैन | अनि फेरी झुक्याएर ख्वायो कसैले भन्दैन अनि लिखितम नै गरेर ख्वाउने चलन चलाउला ! I agree with facebook, Do you beleive a fox not being cunning ? Here is the reason:  तर, दुर्गा र उनको परिवारको विषयमा ज्ञानेन्द्रको परिवारले कुनै सोधखोज गरेन । यतिसम्म कि दुर्गाको निधन हुँदा पनि ज्ञानेन्द्रको परिवारले चासो राखेन । श्रीमान्को निधन भएपछि काजकिरिया गर्न झन्डै डेढ लाख खर्च हुँदा पनि ज्ञानेन्द्रको परिवारले केही चासो नराखेको ईश्वरीले बताइन् । Do you think anybody cares about others, it was a paid in front? The maoest ever care about those 20,000 peoples' family , killed for no reason?   Last edited: 09-Apr-13 09:42 AM

MaGorkhe1 · Apr 9, 2013 9:14 AM

यो सब झूठ हो की दुर्गा प्रसाद लाई झुक्क्यएर काट्टो खुवाएको रे . यो बुढाको बुहारी र नातीहरू हाम्रो छिमेकी थिए जुन बेला यी सब घटना भएको थियो। मलाई अहिले पनि याद छ येसको बुहारी र दुबै नातीहरु कति खुसीले उफ़्रदै थिए त्यो दिन जून दिन उनिहरुको ससुरा र हजुरबुबालाई काट्टो खुवाईदै थियो। दुर्गा प्रसाद को बूढी को त झन जमीन मा खुट्टा थिएन। मलाई काट्टो भनेको के हो भन्ने थाहा थिएन त्यो बेला . त्यो भनेको के हो भन्ने कुरा पनी मलाई उनीहरूले नै सिकाएको। उनिहरु खुसी मात्र होइन, पागल जस्तै हुन लागेको थिए त्यो दिन. "अब त हामी करोडपति हुन लाग्यौ, अब हामीलाई सरकारले छुट्टै घर दिन्छ, लाखौ रुपैया दिन्छ, राजा रानी को सुन चादी हामीलाई दिन्छ, अब एस्तो सानो घर मा बसिदैना, अब त आफ्नै घरमा जाने हामीहरु" भन्दै सबैलाई फुर्ती लागौदै हिडेर बसिराहेका थिए यिनिहरू।

pepsi · Apr 9, 2013 1:09 PM

Pepsi - Durga Parshad lai ta Murga parsaad manai deya cha Gyanay Dai lol :) yeslai bhancha "chouta khana gako budi jhol ma dubee maree" ;)

BostonKtm · Apr 10, 2013 10:35 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all