sumina ghimire le feri kanda garyo

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Sumina Ghimire threatened reporter. Tyo bhanda pani yeslai bolna chai sikaunai parne bhayechaa :) http://www.nepalidb.com/origin...

puspak1 · Apr 3, 2013 1:27 PM · 15,474 views

4 Replies

कस्ती चढेकी ठिटी रैचिन यी सुमिना भन्ने , अनि के लेखेचन पत्रकार महोदय ले ? कतै यी पत्रकार अस्तिनै पोहोर साल एउटी हिरोनिको कट्टुको फोटो खिच्न निहुरिएर मंचमा जाँदा झापड खाने चै पर्नु भयो कि , अर्कै हुनु हुन्छ |

nepalilaure · Apr 3, 2013 1:53 PM

Barula ko gola Lai chalau baru patrakar mitra Lai chalaunu bhanda

1988 · Apr 3, 2013 6:48 PM

Uneducated, khate, bar dancer haru Actress bhaye pachi yestai ho !!!!

Yeap · Apr 4, 2013 6:47 AM

नेपाली फिलिम नहेरेको धेरै भयो, तर ठिकै छ नेपाली हिरोनीहरुले बेला बेलामा येस्तै काम गरेर मनोरंजन दिदै आएका छन् | यो चै यिनले दिएको धम्कि : "टाउको झोलामा, खुट्टा खोलामा" गर्दिने रे ! http://e.onlinekhabar.com/2013... यो समाचार/लेख को लागि यी नानीले तेस्तो धम्कि दिएकी रैचिन : सोझीबाट हट हुँदा पनि चलिनन् सुमिना एक चलचित्रमा नायक अर्जुन कार्कीले शरीर भरी किला रोपे पछि उनको चर्चा एकाएक चुलिएको थियो । उनले त्यसपछि लगालग १८ वटा सिनेम खेले । तर एकपछि अर्को सिनेमाले पानी नमागेपछि उनी जसरी उचाईमा पुगेका थिए त्यसरी नै झरे । नायिका सुमिना घिमिरेको करिअर पनि अहिले त्यस्तै मोडमा पुगेको विश्लेषण गर्न थालिएको छ । चलचित्र क्षेत्रमा आशालाग्दी नायिकाको रुपमा हेरिएकी सुमिना अहिले असफल सावित हुँदै गएकी छिन् । सुमिनाले अभिनय गरेका कुनै पनि सिनेमाले व्यवसायिक रुपमा सफलता हात पार्न नसकेपछि उनको करिअर पनि ओरालो लाग्न थालेको हो । चलचित्रमा अभिनय गरेर भन्दा पनि विभिन्न चलचित्रकर्मीसँग नाम जोडिएर उनले चर्चा बटुलेकी छिन् । सुमिनाको आजसम्म ‘दुलही’, ‘छविलाल कञ्जुस छैन’, ‘किन मायामा’, ‘हेल्लो प्रकृती’, ‘तिम्रो लागी’, ‘रङ’ लगायतका सिनेमा प्रदर्शनमा आएका छन् । तर यि सबै सिनेमाले निर्माताको लगानी बचाउन सकेनन् । सुमिनाले सबैभन्दा धेरै आशा गरेको चलचित्र ‘नाइन ओ क्लक’ को व्यापार पनि शुन्य जस्तै छ । दुलहीमा सोझी युवतीको भुमिकामा अभिनय गरेकी सुमिनाले अहिले आफ्ना भुमिकालाई परिवर्त गर्दै चलचित्रमा हट दृश्य समेत दिन थालेकी छिन् । तर उनले जस्ता भुमिका गरेपनि दर्शकले रुचाएका छैनन् । यसैले उनी अहिले सफल सिनेमाको खोजीमा छटपटिएको देखिन्छ । कुनै पनि कलाकारले अभिनय गरेका आधादर्जन भन्दा बढि सिनेमा मध्ये एउटाले पनि व्यापार नगर्नु असफलताको संकेत हो । सुमिनाको टाउको हेरेर दर्शक हलसम्म गएका छैनन् । यसैले पनि सुमिनालाई सिने नगरीमा चल्न नसकेकी नायिकाको रुपमा विश्लेषण गर्न थालिएको छ ।

nepalilaure · Apr 4, 2013 11:49 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all