रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको नयाँ एक्ज्युकेटिभस र बोर्ड अफ डाइरेक्टरर्सको निर्वाचन सम्पन्न

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

३१ मार्च २०१३, कोलोराडो/रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको २०१३ - २०१५ कार्याअवधिको लागि नयाँ एक्ज्युकेटिभस तथा बोर्ड अफ डाइरेक्टरर्सको निर्वाचन गर्ने प्रकृया सम्पन्न भएको छ । निर्वाचनको लागि डा. विजय थापा, डा. प्रकाश कैनी तथा प्रकाश बस्नेतको संलग्नतामा गठित तीन सदस्यीय कार्यदलले २७ फेब्रुअरी २०१३ सम्म तोकेको उम्मेद्वारी दर्ता गर्ने र ६ मार्च २०१३ सम्म तोकेको उम्मेद्वारी फिर्ता लिने तथा उजूरी दिने मिति पश्चात् सबै पदहरुमा एक एक जनाको मात्र उम्मेद्बारी परेको हुँदा कार्यदलले निर्वाचनको लागि तोकेको ३१ मार्च २०१३ का दिन सबै उम्मेद्वारहरुलाई निर्विरोध निर्वाचित घोषणा गरिएको छ । यसरी निर्वाचित हुनेहरुमा एक्ज्युकेटिभसको प्रेसिडेन्टमा शरद आचार्य, भाईस प्रेसिडेन्टमा आइत गुरुङ, सेक्रेटरीमा उमेश श्रेष्ठ, ट्रेजररमा मणिराज बस्नेत, कल्चरल सेक्रेटरीमा निर्मला श्रेष्ठ, पब्लिक रिलेसन अफिसरमा मनोजकाजी तुलाधर तथा टेकनिकल अफिसरमा अभिशेस उदास छन् । यसै गरी बोर्ड अफ डिरेक्टरर्समा अर्पणा श्रेष्ठ, राजु सिटौला, दिनेशकुमार कार्की, टिकाराज पौडेल तथा सूर्यमणि अधिकारी छन् । नवनिर्वाचित एक्ज्युकेटिभस तथा बोर्ड अफ डाइरेक्टरर्सको सदस्यहरूले १७ अप्रिल २०१३ बाट आफ्नो पदभार ग्रहण गर्नेछन । फोटो सभार: बिआरटी नेपालडट्कम्

RMFN · Apr 3, 2013 12:12 PM · 9,945 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all