नेपाल ,चैत्र १४ , उत्तर अमेरिकाको जेष्ठ सस्था अमेरिका नेपाल सोसाईटी वाशिंगटन डिसीका पूर्व अध्यक्ष श्री खेम भट्टचन एक दशक पछि मात्री भुमिको भ्रमणमा रहेको समयमा उनीलाई भ्याई नभ्याई स्वागत र अभिनन्दनमा पुग्न व्यस्त छन् l काठमाडौँ थकाली महिला संघ केन्द्रिय कार्यालयको आयोजनामा यही चैत्र ७ गतेका दिन बालाजु-काठमाडौंमा एक स्वागत समारोह आयोजना गरिएको थियो l उक्त कार्यक्रममा भट्टचन प्रमुख-अतिथीको आसन गराईएको थियो l उक्त कार्यक्रममा सन २०११ को संयुक्त राष्ट्रसंघको महासभा न्यूयोर्क पुगेर नेपालका जनजाती महिलाहरूको यथार्थ प्रतिबेदन (Shadow Report ) बुझाएका थकाली महिला संघका संस्थापक अध्यक्ष यसोकांति भट्टचनले समाजसेवी भट्टचनको परिचय गराउनु भएको थियो l थकाली महिला संघका केन्द्रिय अध्यक्ष श्रीमती भुगोल शेरचनले भट्टचनलाई पाल्पाली ढाका टोपी र हातले बुनिएको नेपाली ढाकाको टाई उपहार दिदै खादा पहिराएर स्वागत गर्नु भएको थियो l समारोहमा आफ्नो मन्तब्य व्यक्त गर्दै भट्टचनले अमेरिकामा नेपाली राजदुत डा शंकर प्रसाद शर्माले गर्नु भएको नेपाललाई फाईदा पुग्ने असल कामहरूको जानकारी गराउदै नेपाल सरकारले पनी गर्न नसकेका उक्त प्रसंशनीय कार्यहरू सम्पन्न गर्न नेपाली संगठनको अध्यक्षको नाताले आफुले महामहिम राजदूतलाई सहयोग गर्ने मौका पाएको उल्लेख गर्नु भयो l मन्तब्य ब्यक्त गर्दै अमेरिकाको संसद भवन (क्यापिटल् हिल् ),अमेरिकी बिदेश मन्त्रालय (स्टेट् डिपार्ट्मेन्ट् ) का वरिस्ठ कुटनीतिक र अमेरिकी अमेरिकी रास्ट्रपती बाराक ओबामाका सुरक्षा सल्लाहकारहरूसँग भेटघाट भएको जानकारी गराएका थिए lउक्त कार्यक्रम थकाली महिला संघकी सचिब कुसुम भट्टचनले कार्यक्रम सन्चालन गर्नुभएको थियो.l उक्त कार्यक्रम अध्यक्ष भुगोल शेरचनको अध्यक्षतामा सम्पन्न भएको थियो l यसैगरी,थकाली समाज पोखरा क्षेत्रीय कार्यलय नदिपुर पोखरामा पनि भट्टचनलाई भब्य स्वागत थकाली समाजका अध्यक्ष श्री तारा प्रसाद भट्टचनले खादा ओडाएर गर्नु भएको थियो lयसै गरी श्री भट्टचनको गृह जिल्ला म्याग्दीको सदर मुकाम बेनी बजारमा थकाली समाज बेनी क्षेत्रीय समितीले पनि एक भब्य समारोह आयोजना गरेको थियो lअधक्ष्य श्री जगत नारायण गौचनले खादा ओडाउनु भएको थियो भने थकाली समाजका केन्द्रिय सदस्य श्री गोपाल भट्टचनले अबिर लगाई स्वागत गरेका थिए l सचिब श्री सुन्दर मान शेरचनले कार्यक्रम सन्चालन गर्नु भएको थियो l
mahoday · Mar 28, 2013 8:57 PM · 3,243 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion