आशा दिदी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भाग-१  म पात्रमा नायकत्व कति जरुरी छ ?मेरो कलमले अघि वढ्दा वढ्दै गहिरो प्रश्न राखेको थियो। म सोच्न वाध्य भएँ, किनकि यदि जरुरी छ भने जे म लेख्दैछु त्यो कथा होइन। ममा नायकत्व छैन। कथा भन्दा थोरै अघि, एयरपोर्ट डिलेभएका फ्लाइटको कारणले गर्दा हुनुपर्छ भिडभाँड थियो।आकृतिहरु दिमागमा छाप वनाउन नपाइ देखिँदै विलाउँदै थिए।भिँडभित्रका झुण्ड,उपझुण्डहरु कोहि रमाइरहेका थिए,कोहि गम्भिर देखिन्थे।गम्भिर हुनेहरु प्लेन डिले भएकाले हुनुपर्छ। मनमनै सोचेँ, किन आएँ आज एयरपोर्टमा चाँडो। म एक घण्टा अघि आएँ,फ्लाइट एक घण्टा डिले भयो । के गर्ने होला दुइ घण्टा? समय अचम्मको हुन्छ, जति खाली भयो त्यति गह्रुंगो हुन्छ! "फ्लाइट डिले भो नि त केटी !" उसलाई केटी भन्न मलाई रमाइलो लाग्छ।शुरु शुरुमा उ अचम्म मानेर हेरेकी थिई। तर पछि उसले मलाई र मैले दिएको विशेषण दुवैलाई अंगाली! सुधालाई सुचना दिनु आवश्यक थियो । बेक्कारमा अतालिन्छे, मोवायल स्विच अफ भएको वेला पर्यो भने त झन् उसको होशले ठाउँ छोड्छ।तर आवश्यकतावोध भन्दा पनि मेरो लत भन्नुपर्छ, दुइ चार घण्टा ,दुइचार घण्टामा मोवायलका टेक्स्ट,फेसवुकका प्राइभेट म्यासेज वा कल जे वाट भएपनि मैले सुधासँग शव्द साटासाट गर्नुपर्छ। कहिलेकाहिँ जिस्किनुपर्छ , कहिलेकाहिँ ठूस्केकी उसलाई मनाउनु पर्छ। मलाई थाहा छ, उ रिसाएकी हुन्न तर पनि म उसलाई मनाइ टोपल्छु, किनकी मलाई थाहा छ मैले धेरै मेहेनत नगरी उ रमाउनेछे।  कहिलेकाहिँ म आफुलाई उसको नजरवाट हेर्न खोज्छु। मलाई थाहा छ, ममा औसत पुरुष भन्दा वढी केहि छैन।वरु कम होलान, केहि दुर्गुण होलान् । तर जव जव म आफुलाई उसको आँखावाट हेर्न खोज्छु, आफुमा स्वाभिमान देख्छु, एउटा अनौठो आकर्षण भएको व्यक्तित्व देख्छु , मन पगाल्न सक्ने पुरुषत्व देख्छु,खुशी हुन्छु अनि फेरि आफ्नो जीवनमैँ फर्किन्छु।कसैको जीवनमा आफ्नो उपस्थितिले पार्ने फरकमा रमाउनु नै माया होला शायद! "किन र ?" उसको निन्याउरो आवाज फर्कियो। मोवायलमा निराशा चुहियो सुधाको! "वेदरको प्रोव्लेम भने, तिमी सँग भेट हुन नदिने षड्यन्त्र गरे जस्तो लाग्यो !" मैले उसको निराशा हलुक्याउन खोजेँ! "म त तँपाइ आउने होला भनेर अफिस छोडिदेँ आजको !" उसले हाँस्दै भनी ! उसले गुनासो पोखेको हुनुपर्छ उसको प्रतिक्षाप्रति।उसको म तिमीलाई माया गर्छु भन्ने शव्द छनौट पनि अचम्मको छ। उ भन्दिन तर म उसले नभनेको वुझ्छु।जहाँ मौनता रमाइलो हुन्छ , त्यो पल शव्दहरु कुरुप हुन्छन् मौनताको सुन्दरताको अघि। "कि कुद्दै आउँ त ?" "अलि टाढै पर्छ होला, भो छोड्दिनु गल्नुहुन्छ!" उ खितित्त हाँसी । मलाई सन्तोक भयो। "ल वेलुका सम्ममा आइपुग्छु, खास त्यहि भन्नलाई फोन गरेको । राखे है मैले! " मैले फोन काटेँ, यताउति हेरेँ कसैले सुनेका त छैनन् नि भनेर! अनि चुरोट कक्ष तिर लागेँ। *************** ************** *************** *************  *********** "तिमीले चुरोट खान अझै छोडेको छैनौ है ?" आवाज मधुरो थियो। अनि पुरानो पहिचान बोकेको पनि ! "आशा दिदी ! वाट ए प्लिजेन्ट सरप्राइज !" मैले भने पनि मलाई थाहा छैन यो भेट सुखद थियो वा थिएन, तर सरप्राइज भने अवश्य थियो। "कता ?"  "घर हिँडेको दिदी !" "अल्लारेहरुको घर हुन्न नि आकाश , तिमीले नै भन्थ्यौ हैन र ?" आशा दिदी थोरै मुस्कुराउनुभयो। मैले वहाँको अनुहार नियालेँ। पुरानो अनुहार भन्दा पृथक केहि थिएन। करिव एक वर्ष भयो होला भेट नभएको ! परिवर्तन खासै थिएन। अझै पनि उसरी नै मुस्कुराउनु हुन्थ्यो । अझै पनि गहिरा शव्दहरुमा जिस्किनुहुन्थ्यो। परिवर्तन त ममा थियो। किन एउटै आकाशका दुइ पाटामा घामले फरक फरक असर गर्छ ? "मान्छे सँधै अल्लारे रहँदैन नि त दिदी !" म पनि वहाँको मुस्कानको साथ दिँदै मुस्कुराएँ।घर शव्द मात्र होइन।घर भौतारिनेको लागि स्थिरता हो। घर वाँध हो,परखाल हो अनि दुइ मुटु जोड्ने पुल पनि।  "विहे गर्यौ कि के हो ?" वहाँले आश्चर्य मान्नुभयो ! आश्चर्य मानेकोमा मलाई आश्चर्य भएन, छवि नै त्यस्तै वनाएको छु मैले। छाप नै त्यस्तै छोडेको छु मैले! म जे देखाउन चाहन्छु, संसारले त्यहि न देख्छ। रंगहरु त मैले छान्ने हो मेरो इन्द्रेणीको। कुन गाढा हुन्छ, कुन फिक्का हुन्छ त्यो त मेरो क्यान्भास कोराइमा फरक पर्छ। मैले टाउको हल्लाएँ। "अचम्म छ, तर खुशी लाग्यो ! " वुद्द एयरवाट पोखरा जाने विमानमा पाल्नु हुने यात्री महानुभावहरु कृपया गेट ए तर्फ प्रस्थान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ! सँधै झै सुमधुर आवाजमा एउटी युवतिको ध्वनि गुन्जियो! "ल म लागेँ, यु मेड अ गुड डिसिजन फाइनल्लि !" आशा दिदीले आफ्नो व्याग उठाउनु भयो ! "दिदी तँपाइले मलाई परिवर्तन गरिछाड्नु भयो, हुन त मैले माफि माग्न नमिल्ने हो !तर गर्न सक्नुहुन्छ भने तँपाइले मलाई माफ गर्नुहोला !" वोल्न गाह्रो भएको थियो! तर वोले पछि हलुका भयो मनवाट भार हटे जस्तो! "कमअन! इट्स ओके! मान्छे पल पल फरक हुन्छ! त्यो तिम्रो हैन पलको दोष थियो !" मेरो दुइ काँधमा हात राख्दै जवाफ आयो आशा दिदीको ! विस्तारै भिँडमा आशा दिदि हराउनु भयो। मेरो दुइ घण्टा अव खाली छैन! त्यसमा अतितले समय पाएको छ! क्रमश:  

fucheketo · Mar 27, 2013 8:44 AM · 53,384 views

32 Replies · Showing 21 - 32
Page 2 of 2

write i book. i would definitely buy it. hats off to you broda..

bairagiKancho · Apr 2, 2013 3:39 PM

 <<< दृश्यहरु सहि गलत हुँदैनन्, मात्र समाजको नजरमा पाच्य र अपाच्य हुन्छन् >>> हो नि एकदमै सहि कुरा हो    <<< लाग्यो जीवन जटिल भएर नै होला सुन्दर छ >>>  होला प्रभो मलाई पनि तेस्तै लाग्न थालेको छ :)    <<< "माया ठूलो कि आवश्यकता ?" >>> प्रभो लाइ नै थाहा होला यो कुरा त :P     कहिले कहिँ त अचम्मै हुन्छ ... येति छिटो पनि आउदो रैछ त नया भाग... संधै येस्तै जाँगरिलो भए हामीलाई कति रमाइलो हुन्थ्यो होला  

aakinchan · Apr 3, 2013 5:25 AM

 Bairagikanchho- In fact I am writing one :) will let you know once its published. Akinchan- thank you..again another part in rapid fire :) आशा दिदी(भाग-६) कहिलेकाहिँ एउटा प्रश्नले पिरोल्छ मलाई "वुद्द कसरी वुद्द वने ?" एउटा रुखको फेदमा वसेर उँघ्दा मात्रै त कसरी पो वुद्दत्व प्राप्त हुँदो हो?घर परिवार आवश्यक छ भनीन्छ, अनि मोह माया सँग दाँजिन्छ पनि ! यदि स्वतन्त्र हुनु वुद्दत्व प्राप्त गर्नु हो भने त म पनि अर्कै मानेमा स्वतन्त्र नै छु नि। सत्यवोध मलाई पनि छ। तर निष्कर्षहरु शास्वत हुँदैनन् । कथाले दृश्य फेर्छ, जसलाई साँचो मानेर मैले तँपाइलाई कथाको आधा पाटो भन्दा वढी डोर्याइसकेको छु त्यो सत्य थिएन भन्ने कुराको ग्यान मलाई त्यो दिन भयो। समाज   म एकचोटी अँध्यारो वाट उज्यालोमा निस्किँदा प्रकाश सह्य नभएर तिरमिराएको थिएँ। आशाको जवाफ सोचेभन्दा पृथक, मेरो निम्ति कष्टकर थियो।उसले जोडले मेरो गालामा थपड हानेपछि,मैले वरीपरि हेरेका थिएँ। क्यासमा वसेको केटो वाहेक अरुले त्यो देखेनन्, मेरो सौभाग्य नै भन्नुपर्छ।आखिर फेरि सत्य त्यहिँ गएर अडियो "ग्लानी त्यहाँ हुन्छ जहाँ कसैको नजरमा गिरिन्छ, हेर्ने नजर नै नहुँदो हो त ग्लानी पनि नहुँदो हो !"  उ खुरुखुरु गएर दुइ जनाको चियाको पैसा तिरेर वाहिर निस्किई। मैले त्यति खेर आफुलाई नियालेर आफ्नो धरातल खोज्ने प्रयास गरेँ। समय शुन्य थियो।  "म गलत थिएँ, तिमीलाई फरक ठाने,कोहि पुरुष फरक हुन्नन् ! तिमी पनि फरक रहेनछौ !" कानमा शव्दहरु अझै गुन्जिरहेका थिए। मैले विस्तारै छरपष्टिएको मनलाई वटुलेँ अनि वाहिर निस्किएँ। अचम्म उ मलाई पर्खिरहेकी थिई। "मलाई थाहा छ, मैले छोड्नुपर्ने हो अनि एक्लै जानुपर्ने हो ! तर म फेरि चर्चाको विषय किन वनौँ? अहिलेसम्म त वन्दै आएकी छु ! समाजकै आँखाले त होला तिमीले पनि हेरेको ! " म नाजवाफ थिएँ । के उत्तर दिउँ उसलाई? "म अरु जस्तो केटो होइन, म त प्रत्येक दिन स्वाद फरक चाहन्छु त्यहि भएर न हो ! " भनौँ "सरी " भनौँ? मैले चुप लाग्न नै उत्तम ठानेँ। शव्दका लागि त समयको समुन्द्र नै वाँकी छ। विराटनगर साँझ नै भए पनि तापिलो थियो ।गर्मीले उग्र थियो। "वस !" उसले मलाई स्कुटरमा वस्न भनी ! म स्कुले केटा जस्तो चुपचाप वसेँ , उसलाई छोइएला जस्तो गरेर। वरवेरी को सुगन्ध टाढावाट अहिले पनि आइरहेको थियो। तर मेरो ध्यान तान्ने अरु नै केहि थियो। म हराएको थिएँ। हो पराजयले शिक्षा दिन्छ, यसपाली को पराजय वास्तवमा पराजय थियो वा थिएन थाहा छैन तर त्यसमा शिक्षा अवश्य थियो।जीवन के हो ?आखिर सत्यवोध नै त हो ! ************ ************ ********* ************** ************ ********** "कता हराउँछस् हँ त ?" आमा छिर्दा म झसंग भएँ। हिजोको घटना अझै ताजै थियो। भनौँ छापिएको थियो।पहिलो चोटी मैले वुझेँ "नारी वुझ्न कठिन हैन असम्भव छ !" अनी दोश्रो वुझाईँ मा मैले वुझाईँ फेरेँ" आखिर म त लगाम लगाएका घोडा न थिएँ, म मात्र अंगहरु देख्थेँ , अनि तिनलाई छिचोल्ने वाटाहरु। तर समवेदना त सरल कहाँ हुन्छ र ?जटिल नै हुन्छ ! खहरेमा त एकैचोटीको डुवुल्कीमा ढुंगा छुन सकिन्छ समुन्द्र त मोति लिएर वसेको हुन्छ, त्यहि भएर गहिराई जटिल हुन्छ। आंशिक ग्यान अनि फुस्रा पलहरुले मोति टिप्न सकिन्न। मोति टिप्न समुन्द्रलाई वुझ्नु पर्छ। "हैन टाउको दुखेको छ आमा !" मैले आफुलाई लुकाएँ। "हिजो दिनभर थिइनस् नि !" "त्यहि दृष्टीको डेकोरेसन को सामान लिन गएको थिएँ!" आमा किन घाउ कोट्याइदिनुहुन्छ!मलाई पोल्दैछ। जति छुनुहुन्छ , मलाई चर्याउनेछ। म एकान्त चाहन्छु , मलाई चिच्याउन मन लाग्यो, सकिन। फेरि निशव्द भएँ। "सामान त तिन वजे नै आयो! वावु एउटा कुरा भन्छु नरिसा ल!" "भन्नु न !" मलाई कौतुहलता जाग्यो। "मैले धेरै पहिला देखी चिन्छु आशालाई , उ राम्री केटी होइन ! संगत धेरै केटाहरु सँग छ! अलि टाढै वस!" मैले आमाको आँखामा हेरेँ। चुप नै वसेँ । के भनौँ र खोई। "तँ सोझो छस् ! उसको केटा खोज्ने वानीले चाँडै विहे गर्दैका ! घर खान पनि सकिन ! अहिले पनि चर्ने रहर होला उसको ! केटामान्छे कतिखेर फस्छन् थाहै हुन्न , केटा विगार्ने आइमाई ले नै हो !" मलाई आफु देखि घिन लाग्दै आयो। आमामा मैले समाज देखेँ।हो समाजको हेर्ने आँखा फरक छ। पुरुषको पुरुषत्व हुन्छ, आइमाई त कि पतिव्रता हुन्छन् कि वेश्या हुन्छन्। "आमा भयो त वुझेँ मैले कुरा !" म थोरै झर्किएँ। "अरु मलाई थाहा छैन, आशा सँग टाढै वस् !" आमा कठोर वन्नु भयो। कसरी भनौँ म आमालाई समाजको चश्मा दोषी छ भनेर !! क्रमश:  

fucheketo · Apr 3, 2013 12:14 PM

>>>आमामा मैले समाज देखेँ।हो समाजको हेर्ने आँखा फरक छ। पुरुषको पुरुषत्व हुन्छ, आइमाई त कि पतिव्रता हुन्छन् कि वेश्या हुन्छन्। गज्जब को लेखाइ फुच्चे - फुच्चे को लेखाइ को तारिफ गर्नु भनेको सुर्य को अगाडी दियो देखाउनु बाहेक अरु नहोला भन्ने मान्या छु

serial · Apr 3, 2013 12:40 PM

 <<< "ग्लानी त्यहाँ हुन्छ जहाँ कसैको नजरमा गिरिन्छ, हेर्ने नजर नै नहुँदो हो त ग्लानी पनि नहुँदो हो ! >>> वा कस्तो सत्य मिठो पारामा लेख्नु भो   <<< पराजयले शिक्षा दिन्छ, यसपाली को पराजय वास्तवमा पराजय थियो वा थिएन थाहा छैन तर त्यसमा शिक्षा अवश्य थियो >>>  हो प्रभो हो ... मैले पनि धेरै शिक्षा यसरीनै पाएको छु, मन नै छोयो    <<< आमामा मैले समाज देखेँ।हो समाजको हेर्ने आँखा फरक छ। पुरुषको पुरुषत्व हुन्छ, आइमाई त कि पतिव्रता हुन्छन् कि वेश्या हुन्छन्। >>>    अनि बुक कहिले आउछ बजारमा खबर पाम है ....संधै यस्तै rapid fire जाओस धेरै कुर्न नपरोस ...      

aakinchan · Apr 5, 2013 12:02 AM

 Gajjab raichha...sarai mitho prastuti!

sanju.baba · Apr 5, 2013 4:02 PM

 ek chot mai 6 otai bhaag padhen! darro lekhnu hundo raichha! arko bhaag kaile ho? waiting!

Mister · Apr 6, 2013 6:33 PM

 Serial, sanjubaba, mister- Thank you very much akinchan- thank you, I ll try my best not to disappoint u अन्य पढिदिनुहुने सवैलाई धन्यवाद  भाग-७(अन्तिम भाग) लेख्नेहरुको भाव समान नै भए पनि वुझ्नेहरुको मन फरक मात्रै हुँदा पनि कथा फरक हुन्छ। आशयले कोल्टे फेर्छन पाठकको मन अनुसारले। ढल्किन कर नै लाग्छ किनकी पढिदिने त उनीहरु नै हो। आफुलाई जत्ति नै खुला ह्रदयको छु भनिठाने पनि प्रत्येक व्यक्ति समाजको कोकुन भित्र छिर्छ। भिँडमा हराउँछ , किनकी लुक्नु मानवको स्वभावमा छ। म एक किसिमले दोधारमा परेको थिएँ। मैले आशा सँगको साथवाट जे भोगेँ , जे ग्यान लिएँ त्यो मैले आमालाई सुनाएर आफुलाई दोषी देखाएँ भने आशाको छवी सुध्रिन्छ?तर फेरी सोचेँ त्यो चश्मा लगाएर समाजले आशालाई मात्र क्षणिक उन्मुक्ति दिन्छ। उसलाई फेरि माया गाँस्ने स्वतन्त्रता दिनेछैन! उसका कुरा काट्न रोकिने छैनन्! अनि म जस्तै उसलाई फेरि पनि शिकार सम्झिनेहरु अनुहार वदलिएर आइरहनेछन्। आशा खुशी देखिएकी थिई किनकी उसले लड्न सिकी सकेकी छे, अरु संग अनि एकान्तमा आफूसँग। म किन त्यति लाचार वनेँ त ?प्रश्नको जवाफ छैन, मैले कथाको शुरुमै भनेको छु , ममा नायकत्व छैन। मैले औसत नै रहने सोच वनाएँ।कसैलाई केहि भनिन, मनमा कुरा गुम्सिरह्यो। ************* *********** ************ ************ ************** *******  आशा दिदी  वुद्द एयरवाट पोखरा जाने विमानमा पाल्नु हुने यात्री महानुभावहरु कृपया गेट ए तर्फ प्रस्थान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ! "सुधा , के गर्दैछौ ?" मैले फेरि सुधालाई फोन गरेँ। मेरो वर्तमानको मिठो प्रहर सुधा नै त हो। "पर्खिराखेको छु !" "वोर्ड हुने वेला भो, अव चाहिँ उड्छ होला !" मैले सुस्तरी जवाफ फर्काए "आवाजमा खुशी छैन त मिस्टर, एयरपोर्टमैँ वस्ने मन थियो कि के हो?" "मन त अघी घर पुगिसक्यो , म मात्रै एयरपोर्टमा हो अहिले त !" आजकल म शव्दहरु मात्र सुधाका लागि प्रयोग गर्छु। म झन माझिएको छु। शव्दहरु पनि अर्थ पाएर खुशी भए जस्तै लाग्छ। "चेपारे! म एक छिन वजार जान्छु त्यसोभए !" मलाई थाहा छ । उ मलाई मन पर्ने तरकारी को व्यवस्था गर्नलाई निक्लिन लागेकी हो ! परिवर्तन त्यहाँ हुन्छ, जहाँ रहर हुन्छ ,अनि लक्ष हुन्छ। मलाई अर्को परिवर्तन को कुनै रहर छैन। म फर्किएको थिएँ वर्तमानको उडानमा । एउटा अनौठो अतित आशा दिदीले सम्झाएर जानुभयो तर मन आज हलुका भएको थियो। मैले त्यतिखेर विदा नमागिकन नै हिँडे पनि, आज समयले मौका दिएको थियो।म उठेर वोर्डिंगको लागि छिरेँ। आशा दिदी एरोप्लेनमा हुन्जेलसम्म मलाई झक्झक्याइरहिन । मेरो समय मौनवन्यो, अतितको सम्झनामा। ध्यान वर्तमानमा ल्याउन मलाई निकै अफ्ठ्यारो पर्यो।तर थाहा नै नपाइ आशा कसरी आशा दिदी बनिन् मलाई पत्तो भएन। समाप्त (सवै आशा दिदीहरु प्रति हाम्रो दोषी आँखाको लागि माफि माग्दै समर्पित) Last edited: 07-Apr-13 06:58 AM

fucheketo · Apr 7, 2013 6:57 AM

    परिवर्तन त्यहाँ हुन्छ, जहाँ रहर हुन्छ ,अनि लक्ष हुन्छ। मलाई अर्को परिवर्तन को कुनै रहर छैन   कस्तो मिठो लेखाई, फेरी पनि लेख्दै जाम है ... पढ्ने त हामी छदै छौ नि 

aakinchan · Apr 22, 2013 5:50 AM

 फुच्चे साथि, धेरै पछि फेरी एक देखि सात सम्मै पढे.....हजुरको शब्द शब्द को बयान गर्न मसंग सत्ते शब्द छैन.... कसरि लेख्न सक्नु हुन्छ अचम्म लाग्छ.....    - थाहाछैन (थाने)

ThahaChaena · Jul 3, 2013 2:00 PM

This is the best writing I have read in Sajha. I'm out of words to describe how good it was. Although I haven't met Aasa Didi yet, it is probably in Ritus that I can relate myself. Hope to see more from you in future.

gandharba · Jul 3, 2013 10:43 PM

 Bro saw your Story Asha Didi in setopati..  Can't help without sharing again, with sajhaist...  http://setopati.com/sahityapat...

koho-koho · Aug 31, 2013 2:12 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all