बानाको निर्वाचन सम्पन्न ,श्रेष्ठ अधक्ष्यमा पुन :निर्वाचित अमेरिका ,मार्च २४ तारिख ,बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका (बाना) को २०१३ -२०१५ को कार्य समितिको निर्वाचनमा विजय श्रेष्ठ दोश्रो कार्यकालको पुन बिजयी भएका छन् l मार्च २४ तारिख आज बिहान पूर्व सूचित समय अनुसार ८ बजे देखि साँझ ५ बजे सम्म निर्वाचन प्रक्रियामा मतदाताहरुले आफ्नो मत खसाएका थिए lयस बर्ष भएका सदस्यहरु मध्ये करिब ७० प्रतिशतले निर्वाचनमा मत खसाएका थिए lअधक्ष्य पदमा पुन बिजयी हुनु भएका विजय श्रेष्ठ ब्यबसायी हुन् भने सबैसंग मिलेर काम गर्ने भन्दै बानाले लिएको लक्ष्यलाई होस्टेमा हैसे गर्न आग्रह गरेका छन् l सबैको सहयोग र सल्लाहबाट बाना अगाडी बढ्ने भन्दै सम्पूर्ण मतदाता ,शुभ चिन्तक र अन्य सबैलाई धन्यबाद दिएका थिए l नवनिर्वाचित अधक्ष्य विजय श्रेष्ठले आग्रह र पूर्वाग्रहलाई त्यागी समाजको प्रगति र उन्नतिको हितको लागि सबै एक ढिक्का हुनु पर्छ भन्ने अभिव्यक्ति दिएका छन् l श्रेष्ठले आफ्नो कार्यकालमा सामुदायिक भवनको निर्माणमा दत्त चित्त भएर लाग्ने प्रतिबद्दता जाहेर गरेका छन् l १ दशक लामो ईतिहास बोकेको बाना यस पालिको निर्वाचनमा चर्चाको शिखरमा पुग्न गयो र सबै कुना कन्दरा थर्किन पुग्न गयो l उक्त चुनाबमा अधक्ष्य पदका प्रत्यासी उम्मेदवारहरुले सदस्य सम्बन्धिको बिषयलाई लिएर मत भिन्नता भएको कारण र निकास नपाएको भन्दै निर्वाचनमा सहभागी नहुने भनि सूचना सार्वजनिक गरेका थिए lनिर्वाचन परिणाम पश्च्यात बिभिन्न संघ तथा संगठनका प्रतिनिधिहरुले नव निर्वाचित पदाधिकारीहरुलाई बधाई दिएका थिए l प्रमुख निर्वाचन आयुक्तले नव निर्वाचित कार्यकारी समितिलाई सपथ ग्रहण तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो l उक्त कार्यक्रम कार्यबाहक अधक्ष्य गर्नु भएका ओम बहादुर तुलाचनको अधक्ष्यतामा भएको थियो भने कार्यक्रम संचालन महासचिब परु राम थापाले गरेका थिए l नव निर्वाचित पदाधिकारीहरुमा निम्न उम्मेदवारहरु बिजयी भएका छन् l विजय श्रेष्ठ -अधक्ष्य ,केमिका भण्डारी -वरिस्ठ उपाधक्ष्य –निर्बिरोध ,हिक्मत मान श्रेष्ठ -उपाधक्ष्य ,केशब आचार्य -महा सचिब -निर्बिरोध,मोहन पन्त -सचिब ,राम कृष्ण भट्टराइ - कोषाधक्ष्य ,कविता घिमिरे - सदश्य निर्देशक ,शालिक राज शर्मा वाग्ले - सूचना निर्देशक -निर्बिरोध,सदश्यहरुमा क्रमस :दिपक राना ,हिक्मत बहादुर बिक -निर्बिरोध,निरज मान श्रेष्ठ ,कमला भुसाल ,बल बहादुर गुरुङ ,सुबोध विलास पन्त ,मुकुन्द अधिकारी र गीता भुसाल रहेका छन् l
mahoday · Mar 25, 2013 5:23 PM · 3,162 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion