Rekha Thapa Talk about her comment about Neplease in USA

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 

giordano · Mar 20, 2013 9:31 PM · 57,675 views

47 Replies · Showing 41 - 47
Page 3 of 3

 बाघ दाईले दियो अब चाही कसैलाई भित्ता पुग्ने गरि /

rahashya · Mar 24, 2013 3:31 PM

लेभल घटाउन नपर्ने जस्तो देखिदै छ | नौ क्लास फेल भाकी गाउ को केटि को कुरा लाइ लिएर दिन मा चार पाँच चोटी पोस्ट गर्ने समय निकाल्ने सक्ने लाइ मेरो विचार मा एकै लेभेल मा पर्छ होला | उही लेभेल मा हुने लाइ के को डर | कुरा गर्न पाउने नपाउने होइन कुरा कति चाख मानेर गर्ने नगर्ने भन्ने हो ! मैले पनि अन्तर्वार्ता हेरे र हासे पनि तर उसको अन्तर्वार्ता भन्दा पनि साझा का पढे लेखेका हरु को कमेन्ट रमाइलो लागिरहेको छ |

sidster · Mar 24, 2013 5:56 PM

sidster जी, रेखा ९ क्लास फेल होइनन है , उनैले भनेकी छन् , SLC पास गरेपछि फिलिम खेल्ने बेस्त्यताले गर्दा क्यम्पुस पदना पयिनन रे | अनि फेरि औपचारिक डिग्री ले मात्र होइन मान्छे स्वअध्यानन र अनुभवले पनि शिक्षित र ज्ञानी हुन्छ | जसले जे भनेपनि नेपालको टप हेरोनि भएकोले उनले भएको कुराले धेरैलाइ असर गर्छ | मेरो बिचारमा शिक्षाको स्तरले average नेपालीहरु उनलाइ मन पराउने अनि उनीबाट प्रभावित हुने टन्नै छन् | तेसैले average स्तरको नेपालीलाई प्रभावित गर्ने मान्छेलाई 'एसले बोलेको के ध्यान दिने, सुन्यो उडायो' भन्न मिल्दैन | बरु अलिकति भएपनि इन्लाई level मा ल्याउने कोशिस गर्नु पर्चा जस्तो लाग्छ | मलाई त लाग्दै छ यिनको राजनीतिक महत्वोकांचा पनि निकै ठुलो छ , नेत्रित्वो मा पुगेपछि पनि येस्तै हर्कत देखैयिन भने के हुन्छ ? राजनीतिक नेत्रित्वो अलि पछि को कुरो भए पनि चलचित्र संस्थानको अधक्ष्य बन्नलाई त निकै जोड गरेकी हुन् नि इनले ( धन्न धन्न हुनै पुगेकी , बालुवाटारमा हिसिलालाई भेटेर बाहिर आएर पत्रकारलाई फोन गरेर मैले प्रधानमन्त्रिलाई भेटे -मेरै हुन्छ होला भनेकी )| कसैले भन्ला खाली राजनीकि कुरो ल्यौचा भनेर , तर "एस्तो हावादारी कुरा गर्ने , आधी हतियार खोलाले बगायो रे, अनि UN जादा छोरालाई computer operator बनाएर लागेको भन्छ " येस्ताको कुरा seriously लिनु पर्दैन भन्ने मान्छेहरु बल्ल देख्दैछन् प्रचण्डको भूमिका कस्तो दरो हुदै आएको छ | मेरो भनाइ रेखाका सबै दर्सक ५ किलास फेल भएपनि रेखालाई र सकिन्छ भने उनका दर्सकलाई   पनि सचेत गराउनु पर्छ | राजेश हमालजस्ता लाई फुलेर बस्दै ठिक्क छ, तेसैले फिलिम सम्बन्धि नीति निर्माण तहमा जाने येस्तै येस्तै मान्छे हुन् , तेसैले  यिनिजस्तालाई यिनको धरातलीय यथार्थ थाहा दियो भने नेपाली फिलिमलाई राम्रै गर्छ |

nepalilaure · Mar 24, 2013 8:59 PM

Lahure Ji, जसले जे भनेपनि नेपालको टप हेरोनि भएकोले उनले भएको कुराले धेरैलाइ असर गर्छ | मेरो बिचारमा शिक्षाको स्तरले average नेपालीहरु उनलाइ मन पराउने अनि उनीबाट प्रभावित हुने टन्नै छन् | तेसैले average स्तरको नेपालीलाई प्रभावित गर्ने मान्छेलाई 'एसले बोलेको के ध्यान दिने, सुन्यो उडायो' भन्न मिल्दैन | बरु अलिकति भएपनि इन्लाई level मा ल्याउने कोशिस गर्नु पर्चा जस्तो लाग्छ | मलाई त लाग्दै छ यिनको राजनीतिक महत्वोकांचा पनि निकै ठुलो छ , नेत्रित्वो मा पुगेपछि पनि येस्तै हर्कत देखैयिन भने के हुन्छ ? राजनीतिक नेत्रित्वो अलि पछि को कुरो भए पनि चलचित्र संस्थानको अधक्ष्य बन्नलाई त निकै जोड गरेकी हुन् नि इनले ( धन्न धन्न हुनै पुगेकी , बालुवाटारमा हिसिलालाई भेटेर बाहिर आएर पत्रकारलाई फोन गरेर मैले प्रधानमन्त्रिलाई भेटे -मेरै हुन्छ होला भनेकी )| First of all, i do not think there are people in Sajha who will be influenced either way from Rekha Thapa Comments. There are millions of 5th grade educated Nepal for her to maintain her stardom and those will not be influenced by what you and i post in Sajha. Secondly, you brought up a good point. I do think she aspires to be a politician and she has gone under Mao roof to flourish her political career. If congress become more influencive in Nepal in the near future i see her taking refuge under congressi roof immediately. I dont think she really cares about whose side she is on as long as she is with the winner. Thats just what i think of her. Anyway, this will be the last post of mine on Rekha Thapa as i do not want to contribute to her stardom by making her a subject of discussion more and more.

sidster · Mar 24, 2013 9:41 PM

True Nepali · Mar 25, 2013 11:29 AM

अहो मित्र Sidster ले त यो धागोबाट सन्यासनै लि सक्नुभएछ... तर मलाई बहुत रमाइलो लाग्यो ... मित्र Sidster ले सन्यास लिनुभएकोले होइन नि फेरी ... आखिर यहाँले पनि नेपालीमा प्रतिकृया लेख्ने कष्ठ उठाउनुभएछ ... मन अति प्रसन्न भयो ....  

Geology Tiger · Mar 25, 2013 12:01 PM

 yo reply chhai malai sarai chitta bujyo hai, share garidiye http://nepal.fm/rekha-thapa-ju... Ramesh Thapa • 5 days ago − नारायण अधिकारी रेखा जी, तपाईं नाम रेखा, तर सरल रेखा हो कि बक्र रेखा ? छुट्याउनुपर्ने भएको छ । तपाइँले अमेरिका भ्रमणपश्चात् दिएको पहिलो अन्तर्वार्ता र तपाइँले दिएको स्पस्ष्टीकरणको दोस्रो अन्तर्वार्ता दुवैलाई हेरेर फेरि सोच्नुपर्यो– तपाइँको बौद्धिक क्षमता कति छ ? यो तपाइँको आलोचना होइन, तपाइँले बोलेका राम्रा कुरा राम्रै छन् तर जुन कुराको बारेमा यहाँ तपाईंको चर्चा भइरहेको छ, तपाईंले बोलेका कुराहरु निराधार छन् । जुन विषयमा बोल्नुभयो, ती सबै तपाइँको बौद्धिक क्षमताभन्दा बाहिरका कुरा हुन् । हुन त तपाइँसँग बौद्धिकताको तर्क नै के गरौं र ! माध्यमिक तहसम्म मात्र अध्ययन गरेकी तपाइँले यो बिन्दुमा औपचारिक शिक्षाको कमीलाई महसुस गर्नुपर्ने हो । १८० डिग्रीमा फर्केर अन्तर्वार्तामार्फत स्पष्टीकरण दिनुको अर्थ तपाईंका छोटा कपडाबाट देखिएको लाज फेरि छोपेर ‘कहाँ देखिएको छ ?’ भन्नु जस्तै हो । यो तपाइँको बौद्धिक न्युनताबाहेक केही होइन । सार्वजनिक रुपले बोल्न, बौद्धिक बहशका लागि औपचारिक शिक्षाको खाँचो हुन्छ भन्ने कुरालाई आत्मसात गर्न नसकेको मात्र हो । तपाइँले “छवि ओझा र नरेश पौडेलले १६ वर्षको उमेरमा ‘मिस कोशी सुन्दरी प्रतियोगिता’पछि चलचित्र ‘हिरो’मार्फत ब्रेक पाएको” भनी दिशानिर्देश कार्यक्रममा पत्रकार विजयकुमार पाण्डेसँग भन्नुभएको छ । अर्थात् तपाइँ सुन्दरताका आधारमा नकी बौद्धिकतामा आधारमा अगाडि आउनुभएको हो; त्यसपछि तपाइँले औपचारिक पढाइको क्रम छोड्नुभयो । तसर्थ, औपचारिक शिक्षाको अभावमा तपाईं शब्दको अर्थ नबुझी ‘होमलेस’, ‘बुद्धत्व प्राप्त’ ‘शताब्दी भनेको १० वर्ष’ जस्ता वकवास कुरा गर्दै हिँडिरहनुभएको छ । यो दोष तपाइँको होइन, तपाइँको अज्ञानता मात्र हो । मैले सुनेको छु–  (१) जो मानिस जान्दिन भन्ने कुरा जान्दैन, त्यो मूर्ख हो, त्यसलाई नचलाऊ । (२) जो मानिस जान्दिन भन्ने कुरा जान्दछ, त्यो साधारण हो, उसलाई सिकाऊ, । (३) जो मानिस जान्दछु भन्ने कुरा जान्दैन, त्यो सुशुप्त हो, उसलाई जगाऊ । (४) जो मानिस जान्दछु भन्ने कुरा जान्दछ, त्यो ज्ञानी हो, त्यसलाई पछ्याऊ । मेरो विचारमा तपाइँले पहिलो नम्बरको कुरा गर्नुभयो । तपाइँले पहिलो अन्तर्वार्ताका पूर्ण शब्द र वाक्य पढ्नुहोस्, सुन्नुहोस्– “म आम नेपालीलाई भेट्न चाहन्थे, उहाँहरुसँग चाहिँ भेट भयो, होमलेस जो चाहिँ धेरै मान्छेहरु होमलेस हुनुभएको रहेछ, त्यस्तो, हामीले इन्टरभ्यू नै लिएका छौं” । अब दोस्रो अन्तर्वार्तामा अलिक सुधारेर “हामी ब्रुक्लिन भन्ने ठाउँमा बस्दा विभिन्न देशका व्यक्तिहरु लगायत हाम्रो देशका एक जना व्यक्ति पनि देखिनुहुन्थ्यो, जो सडकमा हुनुहुन्थ्यो.......” । तपाइँलाई थाहा छ ती व्यक्तिको कथा के थियो ? त्यो बताउनुभएन । म दिन्छु उदाहरण– एक जना नेपालीको कथा अमेरिकामा । अमेरिकाली जीवन, स्वतन्त्र । आफूलाई पुग्दो पैसा छँदै थियो, मति बिग्रियो, खाद्य–अखाद्य खायो, साथीभाइबाट बञ्चित, अन्तमा सडकमा आयो र ऊ मर्यो । अब भन्नुहोस् यो उदाहरणका आधारमा कसरी धेरै नेपालीहरु होमलेस भए बुद्धत्व प्राप्त रेखा जी ? – तपाईले एउटा कार्यक्रममा “भुवन केसीले नेपाली चलचित्र क्षेत्रमा एक शताब्दी बिताइसक्नुभएको छ” भन्दा पत्रकारले सोधे– शताब्दीमा कति वर्ष हुन्छ ? तपाईंले भन्नुभयो– १० वर्ष । पत्रकार हाँसे, तपाइँले रिसले गाली गर्दै उर्दी लगाउनुभयो– मेरो कुरा नसुन्ने भए गेट आउट फ्रम हियर । आउँदैन भने सिक्नुहोस्, नत्र जे पायो त्यही नबक्नुहोस् भन्ने सल्लाह दिन चाहन्छु ।  – तपाईं त्यहीं अनुशासनहीन रेखा होइन र जो गाइजात्राको विषयलाई लिएर एउटा पत्रकारमाथि हमला गर्नुभयो ।  – अनि फेरि भन्नुभयो– आवरणमा बसेर हेर्दा जे देखें, त्यही भनें । बुद्धत्व प्राप्त गरेकी तपाईंले आवरणका आधारमा मात्र कुरा गर्न सुहाउँदैन ।  – अनि अमेरिकामा बस्ने नेपालीहरुलाई अब नेपाल आउँदा सम्मान गर्नुपर्ने अवस्था छैन भन्ने कुराको बारेमा त केही भन्नुभएन नि ?  – अमेरिकाबाट नेपाल फर्कँदा तपाईंले देशलाई किन ढोग्नु ? देशबाहिर बसेर पनि जो हामी नेपालप्रति अश्थावान् छौं, देशप्रति चिन्तित छौं, ढोग्ने त हामीले हो । देशप्रतिको माया तपाईंले उचालेको छोटो लुगा र देखाएका उत्तेजक तिघ्रामा होइन, विदेशमा बसेर मेहनतका साथ कमाएको श्रम र सीपमा हुन्छ ।  – तपाईंले मलेशियामा कार्यक्रम देखाउन भनेर त्यहाँका नेपालीहरुबाट पैसा लिइसकेर पनि त्यताको कार्यक्रममा नगई अमेरिका आउनुभएको थियो, त्यो पैसा फिर्ता गर्छु भन्नुभएको थियो । फिर्ता गर्नुभयो होला भनेर सम्झाएको मात्र है । अब आउँ शिवरात्रीको प्रसंगमा । तपाईले भन्नुभयो– “मैले खास चैं यो सामाजिक बहश बनोस्, ताकि एउटा लैंगिक विभेदको कुरा आइरहेको छ महिला र पुरुष, यदि त्यही ठाउँमा कुनै पुरुषले धुम्रपान या मध्यपान गरेको तस्विर सार्वजनिक भएको भएको भए यत्रो ठूलो इस्यु हुँदैनथियो, म महिला भएँ त्यसकारण मलाई बढी हेपियो होला, मलाई बढी दवाव दिने कोसिस गरियो होला, त्यसकारण यो इस्यु उठ्यो ।” अब तपाइँको भनाइ रह्यो, पुरुषले गरेको धुम्रपानको कुरा बहशको विषय बनेन तर महिलाले गरेको कुरा बहशको विषय बन्छ भनेर लैंगिक विभेद हटाउन धुम्रपान गरेको तस्विर सार्वजनिक गरिदिनुभयो । धन्यवाद । रेखा जी, धुम्रपानमा मात्र होइन, नेपालमा नारी जागरणका थुप्रै कुराहरु छन् जस्तो– देह व्यापारका कुराहरु, चेलीबेटी बेचबिखनलगायत अरु थुप्रै । अब तपाईंले नारी र पुरुष कसैले धुम्रपान गर्नुहुँदैन भनेर धुम्रपान गरेको तस्विर सार्वजनिक गरिदिनुभयो भने अब देह व्यापार पनि गर्नुहुँदैन भनेर ठमेल अर्थात् कुनै कोठीमा गएर एकपटक देह व्यापार गरी तस्विर सार्वजनिक गरिदिनुहोला ताकि महिला र पुरुषका बीचमा कुनै लैंगिक बिभेद नहोस् । यो तपाईंलाई सजिलो पनि हुनेछ, ठूलै विवाद भयो भने ‘म त कलाकार, फिल्मको सुटिङ थियो’ भने भइहाल्यो । अब तपाइँ त प्रचण्डसम्मको पहुँच भएकी कलाकार जो पर्नुभयो, बाबुरामलाई त तपाईं ‘बाबुराम दाइ’नै भन्नुहुन्छ क्यार । गायक सुगम पोखरेल लागु पदार्थ खाएको आशंकामा समातिएका थिए, तर तपाईं चाहिँ यी पदार्थहरु खाने र बिक्रीबितरण नै गरिदिनुहोला ताकि महिला र पुरुषहरु बीचको लैंगिक विभेद हटाउन यसले पनि टेवा मिल्नेछ । त्यस्तै, लैंगिक विभेद हटाउनका लागि चेलीबेटी बेचविखनमा पनि लाग्नुहोस् र तस्विर सार्वजनिक गरिदिनुहोस् भनेर फर्माइस पठाउन चाहिँ उचित ठानिन । अन्तमा रेखा जी, तपाईंले स्पष्टीकरणको बकपत्रमा उल्लेख गरेझैं यो कुरालाई पनि तपाईंलाई मन नपराउने मान्छे, तपाईंलाई माया नगर्ने मान्छेले फैलाएको हल्ला भन्नुभएछ तर यो कुरा होइन रेखा जी । तपाइँलाई त म खुब माया गर्छु, मन पराउँछु पनि तर माया गर्न तपाईं गाला नै थाप्नुहुन्न त मेरो के दोष ? फेरि तपाईं भन्नुहुन्छ– कुराको आशय ‘रे’, ‘रे’, ‘रे’, ‘रे’ मा नजाउँ । कहाँ हामी ‘रे’ मा गएको हो रेखा जी ? तपाइँको अन्तर्वार्ताको दृश्य साक्षी छ । आज यत्ति ।

biwash prawashi · Mar 26, 2013 10:35 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all