दाई उठ्नुस ...बिहान भयो !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 दाई उठ्नुस ...बिहान भयो !!   दाई उठ्नुस ... बिहान भयो | रुखका चराले चिसो सिरेटोलाई सुरिलो धुन बनाएर गाउन थालिसके.. बुढो सुर्य पनि जुर्मुराऊदै अजंगको पहाड चडदैछ  दलिनमा घुसारेको बीऊ लिऊ  र छरौ  स्वतन्त्रताका सासहरु ........!!   थकानले चुर भएर सुत्नु भा"को होला........  प्रतिगमनका डल्लाहरु फोर्दा फोर्दै  तंपाईका हातमा उठेका ठेलाहरु नदेखेको होइन.... कुलोमा बगेको रगतको खहरे भित्र आफ्नो  प्रतिबिम्ब खोज्न थामिएका आँखाहरु ... अब उघार्नुस .... बिहान भयो !!   कसरी लड्नु भो त्यत्रा भुसतिघ्रेसंग......  हाम्रै मासु खाएर ..हामीलाई लिलिपुटका  आदिम मानिस बनाउने ती असत्तिहरुसंग   हामीभन्दा एक वर्गमाथि उठेकाहरु  आज लाखापाखा लागेका छन् ..... तोरीका गेडा जस्तै यता उता भागेका छन् ........ हिजो रातभर मुक्तिका असिनाहरु बर्सिए.. उठ्नुस दाई........ आज अराजकताको भेल रोक्नु छ !!   धेरै भयो............ तंपाई यसरी नसुतेको, घामको सिरानी हालेर, अगेनाको खरानी फालेर त्यही घामको किरणमा परिबर्तनको राप आ'को छ  खरानीको लप्को नै त सर्बब्यापी भा'को छ  त्यसैले दाई उठ्नुस ... पोको पारौं .......... जलेको देश !!!!!!!!!  

jhaukiri · Mar 19, 2013 11:42 PM · 11,974 views

4 Replies

ए भाई ! चारैतिर अन्धकार मात्रै देखिन्छ नि ? यो कस्तो बिहान हो ?

Geology Tiger · Mar 19, 2013 11:48 PM

हजुर को कविताको पारखी हो....यो पनि राम्रो लाग्यो  .... मेरो मनले नि अलिकति फत्फतायो है.....गल्ति माफ पाम   अन्धकारको घुम्टो उघार्नुछ देशलाइ रगत र आतंकको कडीबाट फुकाउनुछ  दाइ ले भाइ लाइ काटेर माथि उठेको हैन्स्याको क्रान्ति  रक्तिम आहाल अनि भ्रस्ट मुकुटबाट पन्छाउनुछ दाइ उठ्नोस न ...अब बिहानी भएकोछ  दाइ पुच्नोस न ...आमाको निर सरिता सारै बिझाएकोछ  - थाने 

ThahaChaena · Mar 20, 2013 10:07 AM

 तंपाईले देखेको बिहान तुँवालो लागेको दिन पर्यो जस्तो छ ........!  अमेरिकन चस्माको कमाल हो !! हाहाहाहा........ Last edited: 20-Mar-13 03:16 PM

jhaukiri · Mar 20, 2013 3:15 PM

 And  as always ..Thahachhaena bro...i aprreciate your kind words

jhaukiri · Mar 21, 2013 10:03 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all