नेपाल हुँदा यहाँले चलाएको रेडियो प्रोग्रामहरु पनि सुन्ने गरेको थिए र मलाई मन पनि पर्थ्यो । अमेरिकामा पनि यहाँले विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुको संयोजन र उद्घोषण गर्नु भएको पनि राम्रै हो । तर अहिले यो जुन तपाईंले बडो तामझामकासाथ विश्वले चिन्नेछ नेपाल भन्ने नारा दिएर जुन म्याराथुन टक शो गर्न लाग्नु भएको छ, त्यसमा मेरो प्रश्न के छ भने यहाँले टक शो गरेर गिनिज बुकमा नाम लेखाउनु भयो भने केही मान्छेहरुले यहाँलाई चिन्लान् तर नेपाललाई कसरी चिन्छन् भन्या ? त्यो गिनिजबुकवालाहरु जसले तपाईंको टक शोको अधिकारिकता जाँच्न आउनेछन तिनिहरुलाई पहिल्यै नेपालको बारेमा थाहा होला अब हद्द भयो भने दुई चार वटा पत्रपत्रिका र टेलिभिजनहरुमा तपाईंलाई देखाइदेलान् । तर विश्वमा जसले आजसम्म नेपाल चिनेका थिएनन् तिनिहरुले तपाईंको कार्यक्रम पछी कसरी नेपाल चिन्छन् भन्या ? अनि के यहाँलाई अमेरिकाको विभिन्न राज्यमा नेपालीहरुलाई भेला गराएर विश्वले चिन्नेछ नेपाल भन्दै हिंड्नुले यहाँको नेपाल चिनाउने प्रयासलाई सफल बनाउछ जस्तो लाग्छ ? यसरी नेपालीहरुको भिड जम्मा गर्नु भन्दा बरु विदेशीहरु सामु यो सन्देश पुराउन सकेको भए केही हुन्थ्यो कि ? जे होस यो एक मिनेटमा अङ्गुर धेरै खाएर, टेबल टेनिसको बललाई हावामा उडाको उडै गरेर, दुई तीन दिन लगातार पढेको पढ्यै गरेर नेपाल चिनाउनेहरुको समूहमा यहाँ पनि उभिनुभएछ, विश्वास त कत्ति पनि छैन त्यही पनि यहाँलाई शुभकामना !
Geology Tiger · Mar 19, 2013 8:36 AM · 19,030 views
बाघ दाई ! तपाईंको प्रश्न चिन्हमा म नि सहमत छु, सतप्रतिशत । तर नहुनु मामा भन्दा कानो मामा ठीक होइन र दाई ? यस्को तात्पर्य, मैले रबीजी लाई शिरमै चढाएको नसम्झीदिनुहोला, कृपया । टुंडिखेलमा मुट्ठी बटार्दै कड्किलो भाषण दिने र हेलिकप्टर चढेर सिमिको दाल खान जानेले कट्टु खोलेर देखाउन मात्र बांकी राको परीप्रेक्षमा .. (जोबाट मैले पनि केही अपेक्ष्या गरेको थें, कुनै जमानामा) अब फेरी कहीं-कतै बाट स्वर्ग जाने सिंढी बनीहाल्छ कि भन्नेमा पनि मेरो आत्मा विश्वस्त छैन .. रबिजीले कुनै महत्वकै आयाम थपिदेलान् भन्नेमा मलाई नि रत्तिभर विश्वाश छैन ।
caliber19 · Mar 19, 2013 9:48 AM
काइला भाई, मलाई नेपाली मूलका अमेरिकी नेता दर्शन रौनियारको एउटा प्रसँग याद आयो ... दर्शनजीले के गरेछन् भने अमेरिकामा जहाँ जहाँ नेपालीको बस्ती छ सबैतिर गएर ल मलाई चुनाव लड्न पैसा दिनु पर्‍यो भन्दै माग्दै हिंडेछन् । अनि उनी सियाटलबाट चुनाव लड्न लागेका तर त्यहाको मान्छेलाई चाँही बाल मतलब दिएनछन् र भरे चार जना हो कि पाँच जना लडेकोमा उनी सबभन्दा लास्ट भएछन् । मलाई चित्त नबुझेको कुरा भन्न चाँही विश्वले चिन्नेछ नेपाल भन्ने अनि नेपालीहरुकै बिचमा भेला गर्दै हिंड्ने ... यो त उही लहरेले भने जस्तो नेपालीहरुलाई नै नेपाल चिनाउन खोजेको जस्तो भयो भन्न खोज्या मात्र हो
Geology Tiger · Mar 19, 2013 10:44 AM
Ek dum sahi ho. I agree wid you gt bro!
atomic · Mar 19, 2013 10:57 AM
यसै सन्दर्भ मा मलाई बिश्वभ्रवन को लागि साइकल यात्रा गरेर बिश्वमा शान्ति स्थापना गर्ने भन्दै जीवन को अमुल्य १०-१५ वर्ष सत्यनास गर्ने बकम्फुसरे हरु याद आयो!
riddle · Mar 19, 2013 11:24 AM
kam paines budhi , pado ko kando kanau..
stopthewar · Mar 19, 2013 2:27 PM
रविजी ले चै नेपाललाई संसारमा चिनाउनु हुन्छ भन्ने कुरामा विश्वास लागेन | तर तपाई जस्ता महानुभावले चै खुट्टा तानेर संसारमा नेपाललाई चिनाउनु हुन्छ भने कुरामा संकोच छैन | Last edited: 19-Mar-13 03:27 PM
confused_soul · Mar 19, 2013 3:18 PM
विश्व किर्तिमान नै कायम गर्ने हो भने त्यो पुरस्कार हाम्रै सान बाउचा लाइ जान्छ. भएभरिका नालायक नेपालि का गन्थन सुनेर पनि अहिले सम्म sajha.com बन्द गर्या छैनन्. म जस्ताले चलाए भने त बौलाइसक्थे होलान. San Pradhan - Setting the world record for Longest endurance amid altercation of asinine individuals. In Jest (जो नालायक हो त्यसले मलाई गालि गर्छ)
behoove_me · Mar 19, 2013 3:42 PM
कनफ्युस्ज सोल जि म नेपालीहरुको खुट्टा तान्ने कार्यमा संलग्न छु कि नेपाली गायक, नायक, साहित्याकार आदी इत्यादीलाई आफूसँग भए नभएको बल लगाएर माथि ठेल्न प्रयत्नरत छु भन्ने कुरा कुनै दिन मौका पर्‍यो भने थाहा दिउला .. जहाँसम्म रवि लामिछनेजीले विश्वलाई नेपाल चिनाउने कि न चिनाउने भन्ने कुरा छ म ठोकुवा गरेर भन्न सक्छु कि यदी मैले 'नुह्छे सर' नामक डकुमेन्ट्री मात्र देखाउन सके भने जुन म प्रयास गर्दै छु अथवा EWB का १० जना विदेशी ईन्जिनियरहरुलाई मात्र नेपाल पठाउन सके भने पनि रविजीले भन्दा बढी विश्वलाई नेपालको बारेमा चिनाउने छु । फेरि पनि मेरो रविजीसँग कुनै व्यक्तिगत रिसिइबी छैन बरु म उनको आवाजको प्रशंसक नै हुँ तर यो जुन म्याराथुन टक सो गरेर विश्वलाई नेपाल चिनाउने कुरा छ त्यो चाँही हगाइ भन्दा पदाइ ठूलो भने जस्तै भयो है भनेको मात्र हो । आशा छ रवि जी मेरो प्रश्नको उत्तर दिन स्व्यम् उपस्थित हुनुहुनेछ
Geology Tiger · Mar 19, 2013 5:38 PM
Geology Sir, Dherai pachi aaunu vayo... tapai le library (nepali book) ko kholnu hola ra ma padhuala vaner basya khai kaile ho kaile....I know its little bit off topic yo thread ko lagi.. tara malai tapai le mention garya kura baer ma zero knowledge cha ,,tehi vayer kehi navanya.. Its good to see you..Serail ra mulmiz lai vetnu vayo vane maile samjhya cha bhannu hola hai..
meroghar124 · Mar 19, 2013 6:36 PM
हाँसम्म रवि लामिछनेजीले विश्वलाई नेपाल चिनाउने कि न चिनाउने भन्ने कुरा छ म ठोकुवा गरेर भन्न सक्छु कि यदी मैले 'नुह्छे सर' नामक डकुमेन्ट्री मात्र देखाउन सके भने जुन म प्रयास गर्दै छु अथवा EWB का १० जना विदेशी ईन्जिनियरहरुलाई मात्र नेपाल पठाउन सके भने पनि रविजीले भन्दा बढी विश्वलाई नेपालको बारेमा चिनाउने छु ।
Manko Sathi · Oct 15, 2019 8:17 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion