वाशिंगटन डी. सी. मा भानुभक्तको शालिक निर्माण हुने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

विजय थापा  मार्च १७, २०१३   अमेरिकाको राजधानी वाशिंगटन डी.सी.मा अन्तररास्ट्रीय नेपाली साहित्य समाज (अनेसास)द्वारा आयोजित भानुभक्त आचार्यको द्वि-शताब्दी कार्यक्रम अन्तरगत भानु वर्ष २०१३ को तेस्रो महोत्सव सम्पन्न भएको छ |  अमेरिकाकालागि नेपाली राजदूत महामहिम डा. शंकर प्रसाद शर्माज्युको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अनेसासका संस्थापक तथा बोर्ड अफ ट्रष्टीका अध्यक्ष र  साहित्यकार श्री होमनाथ सुबेदीले अमेरिकाको राजधानी जस्तो ठाउमा हाम्रा आदिकवि भानुभक्तको शालिक निर्माण गर्न पाउनु एउटा गर्वको कुरा हो | अनेसास (केन्द्र) अध्यक्ष श्रीमति गीता खत्रीज्युले यसले नेपाललाई चिनाउनुको साथै नेपालीहरुको शिर उच्च राख्ने कुरा बताउनु भयो | महामहिम राजदूत डा. शर्माले यसमा राजदूतावासले गर्न सक्ने सहयोग गर्ने बचन दिनु भयो | शालिक निर्माणकोलागि कार्यक्रममा उपस्थित जन-समुदायबाट करिब ४००० (चार हजार) डलर उठेको थियो | अनेसास केन्द्रले शालिक बनाउन समन्यवको काम गर्न अनेसास डी.सी. च्याप्टरका अध्यक्ष श्री प्रकास नेपाललाई सुम्पेको छ | यसै बीच अनेसास डी.सी. च्याप्टरका नव-निर्वाचित पदाधिकारीहरुलाई डा. गोपी उप्रेतीज्युले सपथ ग्रहण गराउनु भएको थियो | नव निर्वाचित पधारिकारिहरुमा अध्यक्ष प्रकाश नेपाल, उपाध्यक्ष लोकनाथ तिवारी, महा-सचिव सीता पाण्डे, सचिव- अरुण रुपाखेती, कोषाध्यक्ष- रामचन्द्र भट्टराई र सदस्यहरुमा सिर्जना मरासिनी, प्रेम पौडेल र प्रेम राजभण्डारी रहनु भएको छ | नव-निर्वाचित कार्यसमितीले नेपाली साहित्यमा रुची राख्ने अमेरिकी नागरिक जोसेफलाइ मानार्थ सल्लाहकारमा नियुक्त गरेको छ|  साहित्यकार जोसेफले  र राष्ट्रपति बाराक ओबामाको तथा मिसेल ओबामाको बारेमा प्रकाशित २ पुस्तकहरु महा-महिम डा. शर्मालाई उपहार स्वरूप प्रदान गर्नु भयो | जोसेफ अहिले नेपाल सम्बन्धि एउटा पुस्तक लेख्दै हुनुहुन्छ | उक्त कार्यक्रममा विभिन्न कवि तथा कवियित्रीहरुले आ-आफ्ना कविताहरु पाठ गर्नु भएको थियो |  कविता पाठ गर्नेहरुमा गोपाल रेग्मी, नारायण अधिकारी, सीता पाण्डे, रामप्रसाद खनाल, पुरुषोत्तम ढकाल, हेमन्त श्रेष्ठ, लोकनाथ तिवारी, रामचन्द्र भट्टराई र गोमा न्यौपाने थिए |साहित्यकार श्री होमनाथ सुबेदीद्वारा लिखित पुस्तक “काली गाज़ल” को पनि महामहिम डा. शंकर प्रसाद शर्माज्युले बिमोचन गर्नु भएको थियो |साहित्यकार तथा विद्वान श्री एच. बि. भण्डारीले “Nepali Identify, Language and Literature: Bhanubhakta in Contemporary Nepali Diaspora” अन्तरगत अत्यन्त गहिरो सोध मुलक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो | अनेसास (केन्द्र) अध्यक्ष श्रीमति गीता खत्रीले यो पुरानो संस्थामा रहेर काम गरि सक्नु भएका सम्पूर्ण कवि तथा सबै सुभेक्छुक महानुभावहरुलाई शालिक निर्माणकोलागि एक जुट भएर लाग्नु पर्ने बताउनु भयो | उहाले अनेसास डी.सी. च्याप्टरमा रहेर काम गर्नु भएका सबै निबर्तमान पदाधिकारीहरुलाई राम्रो कामको लागि धन्यबाद दिनु भयो |पुरुषोत्तम ढकालले संचालन गर्नु भएको उक्त कार्यक्रममा श्रीमति गीता खत्रीले सभापतित्व गर्नु भएकोथियो l

mahoday · Mar 18, 2013 5:52 AM · 11,119 views

1 Reply

विजय थापा ज्यू,   नाम हरुको थुप्रो भन्दा पनि कुरोलाई प्राथमिकता दिनुभए तपाइको अनि पढ्नेको समय बचत हुन्थ्यो. अमेरिका बाट निस्किने प्रत्येक प्रेस रिलिज मा नाम हरुको मात्री थुप्रो हुने गर्छ, खै काम को लिस्ट पढ्न पाए पो रमाइलो हुन्थ्यो. यो सूचना मा "भानुभक्त" अरु कसैको पनि नाम महत्वपूर्ण लागेन मलाइ. १५-२० जनाको नाम र पद को बिज्ञापन जस्तो लेख/सूचना/बिज्ञप्ति रैछ.   नेपाली साहित्य र संस्कृति  को विकास लाग्नुभएका  सबैको कामको भने कदर गर्दछु 

mech · Mar 18, 2013 8:29 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all