तेक्वान्दोमा नेपालीलाई कास्य पदक अमेरिका ,मार्च १५ , (मार्सल आर्ट्स (,युद्ध कला )को बिबिध विधामा नेपाली खेलाडीहरुले समय समयमा नेपाल र नेपालीहरुको नाम उच्च पार्दै आई रहेका छन् l बिशेष तेक्वान्दो खेलमा नेपालीहरुले अमेरिकामा नाम कमाउन थाली सकेका छन् र बेला बेलामा बिभिन्न प्रतियोगितामा पदक माथि पदक हात पारि रहेका हुन्छन l यहि तेक्वान्दो खेलमा केहि दिन अगाडी सम्पन्न लस भेगासको नेभदामा आयोजित खुला तेक्वान्दोको अल्ट्रा समुह ३२ -३७ बर्षको उमेरको खेलाडीहरुमा राम शरण चौधरीले नेपाल र नेपालीहरुको ईज्ज़त र शान बढाउने काम गर्दै शानदार कास्य पदक जिती छाडे l उनि कोरियन खेलाडीसंग पराजित भएता पनि कास्य पदकबाट सम्मानित हुन् पुगेका छन् l उक्त प्रतियोगितामा बेलायतबाट प्रदिप व्यन्जनकार र अमेरिकाबाट अमृत महतोले भाग लिएका थिए भने दुवै खेलाडीले ३ -३ जनालाई पराजित गरेता पनि कुनै पद हासिल गर्न सकेनन l एक समुहमा ३०-४० सम्म खेलाडीहरुको प्रतिस्प्रद्धा हुने हुनाले पदक हात पर्न सजिलो नहुने जानकारी मिसिगन अमेरिकामा ते-क्वान्दो प्रतिस्ठान संचालन गर्दै आएका ख्याती प्राप्त गुरु तथा कुसल प्रशिक्षक लव गोर्खालीले दिए l यो प्रतियोगिता नै बिश्व स्तरिय हुनको साथै करिब २२०० खेलाडीहरुको सहभागीता रहेको थियो l ते-क्वान्दो खेलाडी चौधरी एक सशक्त खेलाडी हुन् भने उनले कैयौ पदक हात पारि सकेका छन् lउनले २०११ मा टेक्सासमा भएको प्रतियोगितामा कास्य पदक ,२०११ मा क्यालिफोर्नियामा भएको खेलमा स्वर्ण (बेन्तम वजन समुह ), २००७ देखि -२०१३ सम्म ईलाइट अन्तर राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएका छन् l१३ वटा स्वर्ण पदक हात पारी सकेका राम शरण चौधरी हाल अमेरिकाको क्यालिफोर्नियामा ते क्वान्दो प्रतिस्ठान मार्सल आर्टस संग आबद्ध छन् l चौधरी कालो फित्ताधारी चौथो (डान )हुन् l विजय थापा भर्जिनिया ,अमेरिका
mahoday · Mar 15, 2013 8:01 PM · 3,020 views
Thanks for keeping us updated with the news nobody cares about....but maybe we should. Congratulations.
Kiddo · Mar 15, 2013 8:38 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion