लोकतन्त्रको बन्ध्याकरण

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपालमा पटक पटक आन्दोलन गरेर राज्यव्यबस्था फेर्ने गरेका राजनीतिक पार्टीहरूले लोकतन्त्र आएपछि जनता ढुक्क हुन सक्ने अबस्था आएको जिकिर गरेको दशक नपुग्दै लोकतन्त्रको बन्ध्याकरण गरेका छन। कहिले राना त कहिले राजालाई दोष थोपार्दै देश माथि जान नसकेको व्याख्यान गर्ने पार्टीहरू आफै आफैंमा झगडा गरेर अन्ततः देशका प्रधान न्यायाधीशलाई देश सुम्पिएका छन। बाटोमा भेटिएको कुराउनी बाँडेर खान नसक्ने टाटे र पाङ्ग्रे बिरालाले ढेडु बांदरलाइ बराबर बाँड्न लगाउँदा सबै कुराउनी ढेडु बांदरले खाएको पुरानो लोक कथा नेपालका पार्टीहरूले ब्यबहारमा ल्याएर चरितार्थ गरेका छन। जनताले चुनेका जनताका छोरालेमात्र देश चलाउन सक्ने भन्दै सबै पार्टीहरुले मिलेर भारतबाट लोकतन्त्र आयात गरेका थिए। तर अहिले न त गाउं,जिल्लामा चुनाबबाट आएका मान्छे छन न त देश चालउने प्रधानमन्त्रीको कुर्चीमा। सबै पार्टीहरु मिलेर देशलाई निकास दिन चुनाब गर्नुपर्नेमा पार्टीहरु बिच न त बिस्वास छ न त सहकार्य। आखिर भोलि भोली भन्दै सहमतीको भजन गाउने मुख्य पार्टीहरु साना दलहरुलाई मिच्दै आफ्नो असमर्थताको लँगौटी प्रधान न्यायाधीशलाई सुम्पेर लोकतन्त्रको बन्ध्याकरण गरेका छन।

nepalean · Mar 14, 2013 6:22 AM · 13,656 views

3 Replies

थुँइक्क .. लोकतन्त्र फुल्ला, फल्ला, पाकेर झर्ला अनि ठूलो भाग खाउँला भनेको त ... कुसमयमै बन्ध्याकरण गरेछन् असत्ति बज्जेहरुले साँच्ची त vasectomy गरेछन् कि castration नै गरेछन् ? केही संभावना ?  

Geology Tiger · Mar 14, 2013 12:00 PM

यहि गर्न रेग्मी बा ( प्रधान न्यायालय) लाइ मुछेका हुन् ? ? आफ्नो व्यक्तिगत र पार्टीगत फाइदा हेरे जस्तै देश लाइ पहिलो प्राथमिकता दिने को जन्मेला ? गिरिजाको नीति दोहोर्याएका हुन् ?

MaGorkhe1 · Mar 14, 2013 12:28 PM

yeso herda vasectomy ra castration dubai gare jasto dhekincha. hoina bhane pradhan mantri ko kurchi lai marihatte garne haru kina lusukka neyadhis lai kurchi sumpeko ta? bujera buji sadde chhaina. Desh ko maya ta k bho ra uhi afnu goti bhane anusar chale party haru tesaima danga parchan.

nepalean · Mar 14, 2013 5:23 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all