राजधानीमा सांगितिक प्रस्तुत दिन आउने तयारीमा रहेको डिप पर्पलको तोकिएको कन्सर्ट स्थगित भएको छ। चैत २ गते दशरथ रंगशालामा हुने तयारी भएपनि बन्द र हड्तालको शंकाकै भरमा सांगीतिक टोली सिंगापुरबाट नेपाल नआइ लन्डन जाने भएको छ। जेपीआर र ओडिसी नेटवर्कले संयुक्त रुपमा आयोजना गर्न लागेको कन्सर्टमा सहभागी हुन वेलायती ब्याण्ड बुधबार राजधानी आउने तय भएको थियो। जेपिआरका सतिश सिंहले तत्कालका लागि कन्सर्ट स्थगित भएको जानकारी दिए। यो सांगीतिक टोलीसँगै भारतीय निर्देशक, अभिनेता तथा गायक फरान अख्तर नेपाल आउने तयारीमा थिए। डिप पर्पलमा इयान पेस, रोजर ग्लोभर, इयान गिलान, स्टिभ मोर्स र डन ऐरी लगायतका सदस्य छन्। सन् १९६८ मा स्थापित यस ब्यान्डले 'स्याडो अफ डिप पर्पल', 'फायरबल', 'मेसिन हेड','द हाउस अफ ब्लु लाइट' र 'बनाना' लगायत १८ वटा एल्बम निकालिसकेको छ। कन्सर्टको टिकट कलमपोखरीको सिटी सेन्टर, बौद्धको सिटिभी, दरवारमार्गको शेर्पा मल र बालुवाटारको रोडहाउस क्याफे लगायका स्थानबाट बिक्री गरिएको थियो। कन्सर्टको टिकट मूल्य ५ सय, १ हजार, २ हजार र १० हजार राखिएको थियो। कन्सर्टका लागि अर्को मिति तय भइसकेको छैन।
nepalithito2013 · Mar 13, 2013 5:58 AM · 8,650 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion