क्यालिफोर्नियामा महिला दिवस सम्पन्न अमेरिका ,क्यालिफोर्निया मार्च ९ ,नेपाली महिला विश्व संजाल (एन डब्लु जी एन ) क्यालिफोर्निया च्याप्टरले १०३ औ अन्तर्राष्ट्रिय नारी दिवस भव्यताका साथ सम्पन्न गर्यो l कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि रहनु भएकी डाईनामिक बुना कि संस्थापक बुना दाहालले पानसमा बत्ति बालि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। प्रमुख अतिथि बुना दाहाल (डाईनेमिक बुना) कोलोराडो देखि आईनु भएको थियो उहाले आफु आँखा नदेखे पनि अमेरिकाको अबसरले जीवन जिउन सजिलो बनाएको छ र त्यसले उहामा आएको साहसिलो आँटले नेपालमा भएका दृष्टिबिहिनहरुलाई मदत कसरि गर्न सकिन्छ भन्ने बारे र उहाको जीवनको अनुभवको सुन्दा सबै ध्यानाकर्षण भएका थिए l यो दिवसको प्रमुख नारा 'महिलालाई आत्म बिस्वासी,आत्मनिर्भर ,सफल र सशक्तिकरण गराउनु " रहेको ले वक्ताहरुले यसैको सेरोफेरोमा आफ्नो अभिव्यक्ति दिनु भएको थियो l वक्ताहरु क्रमस :अर्चना थापा, सिड्नी सौबर, बद्रि भण्डारी र डा संजीव उप्रेतीले नारी दिवसको महत्व बारेमा बिचार राख्दै नारी हिँसा रोक्न नारी पुरुषमा सामाजिक जागरण ल्याउन यो दिवसले ठुलो भूमिका खेल्ने कुराको उल्लेख गर्नु भएको थियो । स्थानीय प्रबक्ताहरुले पनि नारीको हक अधिकारको बिषयमा आ-आफ्नो मन्तब्य राखेका थिए । संस्थाकी अध्यक्ष बिष्णु गुरुङले कार्यक्रममा उपस्थित सम्पूर्ण सहयोगीहरुलाई धन्यबाद ज्ञापन गर्दै मानव अधिकार र अवसर सबै मानवलाई बारबर हुन सकोस र सबैलाई सुस्वास्थ्य, खुशी, शान्ति र प्रगतीको लागी नारी दिवसको शुभकामना दिएकी थिइन् lजसरि मार्टिन लुथर किङ्गको मानिसलाई रंगको आधारमा विभेद होईन उसको बिचारको आधारमा हुनुपर्छ भन्ने एउटा सोचले अमेरिकनहरुको सोचमा परिबर्तन आएर मानिस बिचको विभेदको सोचको कालो पर्दालाई च्यात्यो त्यसरी नै नेपालीहरुको सोचमा पनि नारी र पुरुष प्रतिको हेर्ने विभेद दृष्टिकोणमा परिबर्तन ल्याएर बराबरी सोचलाई अंगालौ भनि बिचार पोखिन । श्रीमान श्रीमती भन्दा पनि जीवनसाथी भएर एकअर्कामा सच्चा प्यार र बिश्वासले भरिएको जोडी बनौ दुनियाँलाई परिबर्तन गर्न सकिदैन तर आफूलाई परिबर्तन गर्ने बाटो भने अवश्य रोज्न सक्छौ भनेर आफ्नो बिचार राखेकी थिईन । बुना दाहाल - सहासिली प्रेरणाका श्रोत, लक्ष्मी चौधरी - सामाजिक सेवा तथा सफल ब्यबसाय, सुनिता थापा - एन डब्लु जी एन क्यालिफोर्निया लगनशील प्रसंसा पत्र, बिन्दु सापकोटा - सफल नृत्य कलाकार, लक्ष्मी खरेल - सफल गायक कलाकारलाई सम्मान गरिएको थियो l औपचारिक कार्यक्रम पश्च्यात अनौपचारिक कार्यक्रमलाई मसलादार बनाउन गित ,संगीत र कविता,नृत्य पनि समाबेस गरिदै कार्यक्रम समाप्त गरिएको थियो कार्यक्रमको सभापतित्वमा 'एकता 'बिष्णु गुरुङले गर्नु भएको थियो भने कार्यक्रम संयोजक संगीता गुरुंग हुनु हुन्थ्यो l यस कार्यक्रमको उद्घोषण क्रमस वृता गुरुङ, बिष्णु सुबेधी र आस्था श्रेष्ठले गरेका थिए l विजय थापा भर्जिनिया
mahoday · Mar 12, 2013 9:12 PM · 2,598 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion