कथा | अब चाहिं लेख्नुपर्यो, ......यानी खोज्नु पर्यो, केहि हराएको त होइन तर पुरस्कार नै घोषित भैसके पछि के हुकुलनंठन भएर बस्नु आखिर उर्जा प्रबाहको कुरा न पर्यो त्यो पनि नोटले त कुरै नगरौ .........रौ ठाडा हुन्छन ! पात्र छान्नै मुस्किल | कोहि वीर छन् , कोहि बिदुषक, क्रान्ति गर्ने , शान्ति ल्याउने, माया गर्ने, हत्या गर्ने , र हत्या गरेको हेर्ने छाप्रा भित्रका, पाप्रा भित्रका , लालज दिन जान्ने छन् धम्कीले मुक्का हान्ने छन् कस्तो अप्ठ्यारो....... त्यसैले सबैलाई लिए !!!! Mass को कथा भो ... सबै तन्काउन थाल्छन अजम्बरी प्रेमका कथा युद्धरत फ्रेमका कथा र तिनका घटनाहरु प्राकृतिक...अप्राकृतिक बैज्ञानिक ...अबैज्ञानिक मानबिय संबेदनाको उचाई देखि अमानबिय धरातलको संघारसम्मका कथा सुनाए अब कसरी लेख्ने ?? पात्रसंग डराएर लेख्नु भन्दा पात्र बिना नै लेखुं ..... फेरी कथाको बिषयले कुट्ला ऊ र अर्थ जुट्ला ... लेखकको मुर्दाबादमा जे पायो त्यही लेख्न नपाइने जे पायो त्यही देख्न नपाइने आफ्नो स्वतन्त्रताको यो हविगत भन्दा राम्रो कथा के होला ?? अन्त गरौ जस्तो लग्यो फेरी मान्दैनन गुट उप-गुटका सदस्य भएर मेरा पात्रहरु कोहि सिध्याउ भन्छन कोहि सिध्याइस भने तलाई सिध्याउ भन्छन अब क्लाइमेक्सको तयारीमा "हीरोको जीत होला..." लेख्दै थिए कलमको मसी सिधियो... उठेर अर्को कलम नल्याउनुको मज्जा अर्को कथामा ब्याख्या गरौंला ....!!! बिचरा मेरा पात्रहरु ........ Last edited: 11-Mar-13 09:39 PM Last edited: 11-Mar-13 09:44 PM
jhaukiri · Mar 11, 2013 9:38 PM · 11,581 views
jhaukiri · Mar 12, 2013 12:54 AM
jhaukiri · Mar 12, 2013 4:14 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion