विदेशमा लगानीको सजिलो माध्यम हुन्डी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Normal 0 false false false EN-US X-NONE SA MicrosoftInternetExplorer4 विदेशमा लगानीको सजिलो माध्यम हुन्डी(http://ekantipur.com/nep/2069/... सुजित महत काठमाडौ, फाल्गुन २८ - नेपालीलाई विदेशमा लगानी गर्न रोक लगाएका कारण बैंकिङ प्रणालीबाट पुँजी लैजान सम्भव नभए पनि हुन्डीबाट रकम बाहिरिने क्रम बढेको छ । राजधानी र बाहिर पनि प्रशस्तै खुलेका हुन्डी कारोबारीले यहाँ रकम बुझाएपछि विदेशमा त्यहींको मुद्रा वा डलर दिने सजिलो सुविधा खुलेयाम दिइरहेका छन् ।२०२१ सालमा जारी विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐनले नेपालीलाई बाहिर लगानी गर्न रोक लगाएको छ । सरकारले राजपत्रमा प्रकाशित गरी कुनै लगानीलाई सर्तसहित अनुमति दिन सक्ने कानुनको प्रावधान भए पनि कसैलाई यस्तो सुविधा दिइएको छैन । कानुन उल्लंघनमा बिगोबमोजिम जरिवाना वा ६ महिना कैद वा दुवै सजायको प्रावधान छ ।&nbsp;&nbsp;&nbsp; &nbsp; 'यहाँबाट हुन्डीबाट जति पनि पैसा बाहिर लैजान सकिन्छ,' एक उद्यमीले भने, 'बाहिर लगानी गर्ने ठाउँचाहिँ पहिचान गर्न सक्नुपर्&zwj;यो, परिवत्र्य विदेशी विनिमयका लागि राष्ट्र बैंक चाहिँदैन ।' हुन्डी सञ्चालकले बैंकभन्दा बढी कमिसन लिन्छन् । ती व्यवसायीका अनुसार अहिले १ डलर बराबर ९१ रुपैयाँ तिर्ने हो भने हुन्डी कारोबारीले जति पनि पैसा विदेशमा भुक्तानी दिन सक्छन् । यो प्रचलित विनिमय दरभन्दा करिब ३ रुपैयाँ बढी हो । 'हुन्डीकै कारण डीभी पर्ने नेपाली परिवारले यहाँको सम्पत्ति बिक्री गरी अमेरिकामा सजिलै लगानी गर्न सक्छ,' ती व्यवसायीले भने । अर्थ मन्त्रालयको अनुमानमा कोरियामा रोजगारी गर्ने नेपालीले गत वर्ष करिब ९ अर्ब रुपैयाँ ज्यालाबापत बुझेका थिए । यसमा करिब डेढ अर्ब रुपैयाँमात्र बैंकिङ प्रणालीबाट यहाँ भित्रिएको थियो । 'रेमिट्यान्सको उल्लेख्य हिस्सा कोरियाबाट हङकङ हुँदै अमेरिकासम्म पुगेको सूचना पाइयो,' अर्थसम्बद्ध स्रोतले भन्यो । कोरियाको रेमिट्यान्सको उल्लेख्य हिस्सामा क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्समा ठूलो ठगी गरे र फरार भएका अभियुक्त पवन कार्कीले कब्जा जमाएको स्रोतको दाबी छ । रेमिट्यान्सबापत मुलुकमा भित्रिनुपर्ने पुँजी बाहिरै कब्जा हुन थालेकाले पनि रेमिट्यान्सको वृद्धिदर घटेको अर्थको अनुमान छ । केही अघि वित्तीय कारबाही कार्यदल -एफएटीएफ) को 'फेस टु फेस' कार्यक्रममा हङकङ पुगेको नेपाली प्रतिनिधिमण्डलसँग त्यहाँका नेपालीले यसै विषयमा&nbsp; अन्तरक्रिया गरेका थिए ।&nbsp; कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले हङकङमा हुन्डी कारोबार मौलाएको भन्दै नियन्त्रणका लागि तात्न नेपाली समुदायलाई अनुरोध गरेका थिए । 'तर कार्यक्रम आयोजना गर्न सबैभन्दा सक्रिय व्यक्ति त्यहाँको ठूलो हुन्डी कारोबारी रहेछन,' प्रतिनिधिमण्डलका एक अधिकारीले कान्तिपुरसँग भने । हुन्डी कारोबारीले परिवत्र्य विदेशी मुद्रा प्राप्त गर्ने अर्को स्रोत विदेशी कम्पनीका नेपालस्थित कमिसन एजेन्टले पाउने रकम हो । यस्ता एजेन्टले कमिसनबापत पाउने रकम विदेशमै खाता खोेलेर राख्छन् । यिनले हुन्डी कारोबारीलाई विदेशी मुद्रा बिक्री गर्छन् । यसबाहेक स्थानीय तहमा विदेशी मुद्रा संकलन गरी बाहिर लैजाने पनि गरिएको छ । साढे चार महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवा करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद <span lang="SA" style="font-size:12.0pt;font-family:Mangal;mso-ascii-font-family:

pawan karki · Mar 11, 2013 4:33 AM · 10,908 views

4 Replies

खै indirect advertise गरेको हुण्डीको ब्यबशाय बढ्छकिभनेर कसैले बालै दिएन बा॥ &nbsp; &nbsp;

pawan karki · Mar 27, 2013 12:26 AM

&nbsp;We get it - Pawan Karki is a con artist who managed to dupe a lot of people! Now get over it and come up with something new instead of sounding like a broken record. This shit is getting quite annoying.&nbsp;

riddle · Mar 27, 2013 2:53 PM

Hi Diddle, sorry Riddle. But u seem to me like a diddle. If this is a shit for u, u can eat and vomit. OK

pawan karki · Apr 4, 2013 4:31 AM

Riddle you are right. I think&nbsp; this guy has&nbsp; lost his last marvel, therefore reposting againg&nbsp; and again.

magorkhe1 · Apr 4, 2013 11:53 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all