बाल उत्थान संस्था(Uplift a child ,International )ले पोखरा ,वालिङ्गका बिद्यार्थीलाई शिक्षा दिने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                                 बाल उत्थान संस्था(Uplift a child , International )ले पोखरा ,वालिङ्गका बिद्यार्थीलाई शिक्षा दिने    विजय थापा ,भर्जिनिया    अमेरिका ,मार्च ९ ,म्यारिल्याण्ड राज्यको सिल्वर स्प्रींग स्थित डिस्कोभरि संचारको प्रधान कार्यालयमा आज आयोजित बालबालिकाहरुको शिक्षाको क्षेत्रमा अतुलनिय रुपमा काम गर्दै आई रहेको सन् २००० मा स्थापित अन्तर राष्ट्रिय बाल उत्थान संस्थाले (Uplift a child ,International )एक बार्षिक कार्यक्रमको आयोजना गरि यसका गतिबिधि बारे जानकारी गरायो  l उक्त कार्यक्रममा नेपाली समुदायको पनि उपस्थिति रहेको थियो भने उक्त कार्यक्रममा अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा शंकर प्रसाद शर्माले उक्त संस्थाले गरेको काम प्रति खुशी व्यक्त गर्दै नेपालमा पनि कार्य बिस्तार गरेकोमा धन्यबाद दिनु भएको थियो l बाल बालिकाहरुको शिक्षा बारेमा महामहिम राजदूत शर्माले नेपालको बालबालिकाको अवस्था र अन्य  जानकारी दिदै सफलताको लागि कामना गर्नु भएको थियो l २०१३ देखि नेपाल र युक्रेनमा आफ्नो काम सुरु गरेको जानकारी संस्थापक स्यामुअलले गराएका थिए  l    अमेरिकाको म्यारिल्याण्ड स्थित घर ए कवाफ तथा शंग्रिला चमेना गृहको तर्फबाट समाजसेवी तथा सफल ब्यबसायी लोकनाथ तिवारीले उक्त संस्था मार्फत नेपाल ,पोखरा वालिङ्गका बिद्यालयका बिद्यार्थीहरुको लागि २० जनालाई पढने र पढाउने आर्थिक सहयोग जुटाएका छन् भने ५० जनालाई प्राथमिक चरणमा शिक्षामा उत्थान गरिने जानकारी तिवारीले दिए l उक्त संस्थाका संस्थापक स्यामुअल गत जनवरी २२ ,२०१३ तारिखमा समाजसेवी लोकनाथ तिवारी तथा अन्यसंग पोखरा वालिङ्ग पुगी एक भब्य कार्यक्रम गरि असाहय ,दरिद्र र शोषित बालबालिकालाई १२ कक्षा सम्म नि:शुल्क पढाउने र सो को व्यवस्था गरिने घोषणा गर्नु भएको थियो l समाज सेवी तथा म्यारिल्याण्डका ब्यबसायी लोक नाथ तिवारीको पहलमा भारत बाहिर पहिलो पटक नेपालमा उक्त कार्यक्रम भित्राउन सफल भएका छन् l आज भएको बार्षिक कार्यक्रममा प्रगति बिबरण ,आर्थिक बिबरण र केहि जानकारी समेत गरिएको थियो भने प्रश्न उत्तरको कार्यक्रम पनि गराईएको थियो l   यसका संस्थापक भारतीय मूलका पति पत्नी स्यामुल र रीना भोनुमु हुन् भने स्यामुल झोपडी वस्ती परिवारमा जन्म भै यस्तै शिक्षा हासिल गरि हाल अमेरिकाबाट विश्व ब्यापी रुपमा संचालित प्रसिद्ध डिस्कोभरि च्यानलको संचार विभागका सूचना प्रबिधि क्षेत्रमा कार्यरत छन lयो अन्तर राष्ट्रिय संस्थाको मुख्य उदेश्य गरिब र असहाय बाल बालिकाको पहिचान गर्नु र १२ कक्षा सम्म नि:शुल्क शिक्षा प्रदान गर्नु रहेको छ l विश्व ब्यापी रुपमा केटाकेटीहरुको लागि शिक्षामा उत्थान गर्नु रहेको छ lउक्त संस्थाका संस्थापकले ४ जना बाल बालिकालाई शिक्षाको ज्योति पाउन भनि सहयोग गरि सुरुवात गरेको जनाएका छन् l सन् २०१३ को लागि २००० जना बालबालिकालाई शिक्षामा उत्थान गरिने लक्ष्य बमोजिम १,५०० जना बालबालिकाहरुको लागि प्रायोजन भै सकेको र ५०० जना बिद्यार्थीहरुको लागि सौजन्य गर्न बाकी रहेको जानकारी गरिएको थियो lजातपात ,धर्म ,वर्ण ,वर्ग भेदभाव बिना असहाय बालबालिकालाई शिक्षाको ज्योति दिईने रहेको छ l    

ANATEXAS · Mar 10, 2013 8:13 AM · 2,689 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all