ए एन ए ३१ औ न्यु योर्क सम्मेलन प्रारम्भिक मूल समारोह समिति गठन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                                   ए एन ए ३१ औ न्यु योर्क सम्मेलन प्रारम्भिक मूल समारोह समिति गठन   अमेरिका ,न्युयोर्क ,मार्च ९ ,२०१३ का दिन ३१ औ ए एन ए ( दि एसोसिएसन अफ नेपालीज इन अमेरिका )सम्मेलनका प्रमुख संयोजक समिर महर्जनको संयोजकत्वमा ३१ औ ए एन ए सम्मेलनलाई भब्य बनाउने उदेश्य अनुरुप एक प्रारम्भिक चरणको मूल समारोह समितिको गठन गरेको छ l  आगामी दिनमा थुप्रै समितिहरुको गठन गर्नु पर्ने अपरिहार्यता भए पनि सम्मेलनको मिति र तिथि नजिकदै गएको महसुस गरि शुभ कामको लागि ढिलो नगर्ने उदेश्य अनुरुप यो प्रारम्भिक समिति गठन गरिएको जानकारी प्रमुख संयोजक समिर महर्जनले दिएका छन l केहि दिन भित्र नै सम्मेलन स्थल ( होटल ) को पनि टुंगो लाग्ने कुरामा बिश्वस्त रहेको भन्दै सम्मेलन मिति जुलाई ४-६ (बिहिबार ,शुक्रबार र शनिबार ),२०१३ हुने जानकारी महर्जनले दिएका छन l ए एन ए (नेपाली अमेरिकन संघ)ले स्थापना काल (१९८३ )देखि निरन्तर रुपमा हरेक बर्ष जुलाई ४ तारिख अमेरिकन स्वतन्त्रता दिवसको सप्ताहमा मनाउदै आई रहेको छ lन्युयोर्क ,पाचौ पटक सर्बाधिक ए एन ए सम्मेलन गर्ने अवसर पाएको छ l  सम्राट राज्य द्वारा आफ्नो पहिचान बनाएको न्यु योर्कले १९८३,१९८८ ,१९९२,२००६ र २०१३ (पहिलो ,छैठौ ,दशौ,चौबिशौ र एकतीसौ सम्मेलन ) ए एन ए सम्मेलन गर्ने ईतिहास रचेको छ l  हाल लाई प्रारम्भिक १२ सदश्यीय आयोजक समिति बनाउनु परेको र अन्य समिति बिस्तार शिघ्र गरिने जानकारी मुख्य संयोजक महर्जनले दिएका छन् l यस पाली न्यु योर्कमा सम्मेलन भएकोले पाच हजार भन्दा बढ्ता सहभागी हुने अनुमान गरिएकोले आयोजक समिति पनि ठुलो नै बनाउने बिचार गरि रहेको छौ भनि मुख्य संयोजकले जनाएका छन् lप्रारम्भिक आयोजक समिति निर्माण भएता पनि केहि संसोधन ,परिमार्जित र थप आदि ईत्यादि गर्न सकिने र यसको लागि आयोजक समिति खुला रहेको भन्दै निरन्तर सम्मेलन समाचार आई रहने जानकारी दिएका छन् l  सम्पूर्ण समुदाय सदस्य ,शुभ चिन्तक तथा संचारकर्मीहरुलाई सहयोग गर्न हुन् अनुरोध गर्दै न्यु योर्क सम्मेलन उदाहरणीय बनाउने दृढ संकल्प लिएका छन् l १२ सदस्यीय समितिका प्रमुख समिर महर्जन सम्पूर्ण विभागको प्रमुख हुने छन् l ए एन ए सम्मेलनमा हरेक बर्ष सम्मेलन गोष्ठी( फोरम )को आयोजना गरिन्छ र अत्यधिक गोष्ठी (फोरम )संचालनको समय एक साथ जुध्ने ,एक पछि अर्को गोष्ठी (फोरम )कार्यक्रमको समय अवधि छोटो हुने ,प्रवक्ता र अन्यलाई सहभागी हुन् कठिन भएको देखिएकोले ए एन ए सम्मेलनमा गोष्ठीको लागि गोष्ठी मात्र हुने हुनाले यसलाई अझ बैज्ञानिक र उदाहरणीय बनाउने हेतुले  ए एन ए का अन्तरिम अधक्ष्य छेवांग शेर्पालामाले उक्त फोरम (गोष्ठी) कार्यक्रमको जिम्मा लिएका छन् l   समिति सदस्यहरु निम्न महानुभावहरु रहेका छन् l  समिर महर्जन - मुख्य संयोजक  आदित्य महर्जन- सह -संयोजक  एलान महर्जन - सहायक -मुख्य संयोजक  केसब राज सेडाई - आर्थिक संयोजक  यम रायमाझी -सम्मेलन आर्थिक अधिकृत  सोनाम जी शेर्पा - जन सम्पर्क तथा उद्योग बाणिज्य महा संघ संयोजक  सोनाम यूकेद तथा गिरिश राजभण्डारी (GMIN )ग्रास रुट मुभमेन्ट इन नेपाल)-दर्ता संयोजक  न्यु योर्क नेपाली फूटबल  क्लब (NYNFC) -खेलकूद संयोजक  उदय लाल श्रेष्ठ तथा आदित्य महर्जन  --कार्यक्रम(ईवेंट) योजना समिति संयोजक सुर्य थापा -मिडिया संचार नेतृत्व (लिड) छेवांग शेर्पालामा- फोरम (गोष्ठी ) कार्यकारी प्रमुख  बिना विभागीय समिति - डा बिनोद शाह ,विश्व शाह र निर्मल प्रधान  सम्मेलन सम्बन्धमा बिस्तृत र अन्य कुनै जानकारी चाहिएमा मुख्य संयोजक तथा फोरम सम्बन्धि कार्यक्रम गर्न चाहने ईक्षुक महानुभावहरुले मुख्य संयोजक समिर महर्जन (queensdiamond@gmail.com)तथा अन्तरिम अधक्ष्य छेवांग शेर्पालामा (emailsherpalama@gmail.com )संग ईमेल (बिधुतिय पत्राचार) गर्न सक्नु हुनेछ l धन्यबाद ! विजय थापा  भर्जिनिया ,अमेरिका   

ANATEXAS · Mar 10, 2013 8:09 AM · 2,702 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all