कनक कनेक्सनको नालिबेली

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कनक कनेक्सनको नालिबेली केको खेति गर्छन् दिल्लीदेखि न्युयोर्कसम्म ?     21   काठमाडौं, फागुन २५– कनकमणि दीक्षित पश्चिमाहरूको इसारामा चल्ने नेपाली नागरिक हुन् भन्ने आरोप लगाइन्छ । के यी भनाइहरू तथ्यसंगत छ त ? पछिल्लो पटक भेटिएका तथ्यहरूले आरोप सत्यको नजिक भएको पुष्टि गरेको छ । आफूलाई इमानदार दाबी गर्ने कनकमणिको गतिविधि उनले भनेजस्तो पारदर्शी नभएको शुक्रबार प्रकाशित भएको जनआह्वानले आफ्नो रिपोर्टमा जनाएको छ । उक्त पत्रिकाका अनुसार कनकका डरलाग्दा गेम प्लानहरू रहेका छन् । पत्रिकाले दाबी गरे अनुसार विभिन्न विदेशी गैरसरकारी संस्था (आईएनजीओ)बाट नियमित आर्थिक लाभ लिने गरेका छन् । उनले यसरी लाभ लिने आईएनजीओमा एक्सन एड नेपाल, आडरा नेपाल, एसोसिएसन अफ भोलेन्टियर्स विद आउट फ्रन्टियर्स, बीएनएमटी, केयर नेपाल, सीईसीआई, सेडपा, चाइल्ड प्रोटेक्सन सेन्टर, चाइल्ड वेलफेयर स्किम, चाइल्ड फन्ड जापान छन् । यत्तिमा मात्र उनको खेतीपातीको जालो सकि“दैन । उनले कन्सर्न वल्र्डवाइड, डेनिस फरेस्ट्री एक्सटेन्सन, नेपाल एग्रो फाउन्डेसन, इको हिमाल, एजुकेट दी चिल्ड्रेन, फेमिली हेल्थ इन्टरनेसनल, जर्मन नेप्लीज हेल्प एसोसिएसन जस्ता आईएनजीओबाट पनि विभिन्न नाममा सहयोग हात पार्छन् । यति मात्र होइन, कनकको कनेक्सन ग्रुप फर ट्रान्स कल्चर, ह्याबिट्याट फर ह्युमिनिटी इन्टरनेसनल, ह्यान्डिक्याप इन्टरनेसनल, हेइफर प्रोजेक्ट इन्टरनेसनल, हेलेन केलर इन्टरनेसनल जस्ता आईएनजीओमा पनि छ । हेल्भेटास नेपाल, इन्टरनेसनल एलर्ट, इन्टरनेसनल डेभलपमेन्ट इन्टरप्राइज नेपाल, इन्टरनेसनल नेपाल फेलोसिप, इन्टरनेसनल रेस्क्यू कमिटी नेपाल, इन्टरप्लास्ट जर्मनी, लेप्रोसी मिसन नेपाल, मर्सी कर्पसमा पनि कनकको कनेक्सन छ । यीमध्ये कतिपय यस्ता आईएनजीओ छन् जसले विभिन्न कभरमा नेपालमा संवेदनशील सूचनाहरू ठूला र शक्ति राष्ट्र«का गुप्तचर एजेन्सीलाई दिन्छन् । माइक्रो न्युट्रेन्ट इनिसियटिभ, क्यानेडियन को–अपरेसन अफिस, एमएस नेपाल, नेसनल डेमोक्रेटिक इन्स्टिच्युट, अक्स्फाम जीबी, सेभ द चिल्ड्रेन नर्वे, एसिया फाउन्डेसनलगायत १ सय ७५ वटा एनजीओ/आईएनजीओबाट कनकले नियमित रूपमा आर्थिक लाभ लिने गरेका छन् । उनीस“ग विभिन्न आईएनजीओमा स“गै काम गरेका एक पत्रकारका भनाइमा कनक गुप्तचर एजेन्सीका व्यक्तिहरूस“ग पनि नियमति सम्पर्कमा रहन्छन् । सहमति भा“ड्न पनि सहयोग जुटाउनु कनकको भित्री योजनामा पर्छ । खासगरी अमेरिकी सहयोग नियोग यूएसएडसम्बद्ध एसिया फाउन्डेसन नामक संस्थामार्फत कनक अहिले युद्धकालीन मुद्दा ब्यु“ताउने र शान्ति प्रक्रिया भा“ड्ने अभियानमा सक्रिय छन् । यसको एक मात्र उद्देश्य हो, शान्ति प्रक्रिया भा“ड्नु र देशलाई पश्चिमाहरूको आश्रयस्थल बनाउनु । जब–जब दलहरूबीच सहमतिको वातावरण बन्छ, कनक गिरोह त्यसलाई भा“ड्न अनेक हत्कण्डा अपनाउ“छ । पुराना कुरा उप्काएर शान्ति प्रक्रिया भा“ड्न सकिन्छ कि भनेर कनक कहिले बा“दरमुढेमा भाषण गर्न पुगिरहेका हुन्छन् भने कहिले डेकेन्द्र थापा प्रकरणलाई थप उचाल्न दैलेख पुगिरहेका हुन्छन् । सन्तुलनको नाममा कहिले उनी दोरम्बा पनि पुग्छन् । खासगरी कांग्रेस, एमाले र माओवादीलाई कुनै सहमतिमा पुग्न नदिनु नै यो गिरोहको ध्याउन्न रहेको देखिन्छ । उदाहरणका लागि संविधानसभाको संवैधानिक समितिमा शासकीय स्वरूपका बारेमा बहस हु“दा कनकले ‘एमाओवादीले भनेझैं राष्ट्र«पतीय प्रणालीमा गएमा प्रचण्ड राष्ट्रपति हुने’ भन्दै कांग्रेसलाई त्यसमा सहमत नहुन उक्साएका थिए । कहा“सम्म भने कनक एन्ड गिरोहका एनजीओले कोठामा बसेर तयार पारी जारी गरेका नक्कली सर्वेक्षणसमेत कांग्रेस सभापति सुशील कोइरालासमक्ष प्रस्तुत गरिएको थियो । जसका कारण काग्रेस सहमतिबाट पछि हटेको बताइन्छ । अझ हिमाल पत्रिका र एसिया फाउन्डेसनका नाममा गरिएको सर्वेक्षणमा प्रचण्डले नै अधिक मत ल्याउने रिपोर्टसमेत पेस गरियो । यो गोप्य रिपोर्ट कांग्रेस र एमालेका नेताहरूलाई बुझाइयो । एमाले त्यसपछि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको पूर्वसहमतिबाट पछि हटेको थियो । यसरी दलहरूबीच संविधानका मूलभूत विषयमा सहमति हुन पाएन । मुलुक गतिरोधको भुमरीमा फस्यो । यसका एक जिम्मेवार कनक नै हुन्, जसले सहमति भा“ड्न अनेक तिकडम गरे । कनक, सुबोध प्याकुरेल, कुलचन्द्र गौतमहरूको गिरोहले अर्को निकृष्ट राष्ट्र«घाती काम पनि ग¥यो । त्यो हो, गत वैशाखमा लुम्बिनी विकासका लागि आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा आउन लागेका संयुक्त राष्ट्र« संघका महासचिव वान की मुनको भ्रमण स्थगित गराउनु । माओवादी अध्यक्ष प्रचण्डको निमन्त्रणामा महासचिव मुन नेपाल आएको भए निश्चय नै अध्यक्ष प्रचण्ड र एकीकृत नेकपा माओवादीलाई केही लाभ हुन्थ्यो होला । तर, मुलुकलाई कुनै घाटा हुन्थेन । बरु, यो त मुलुककै गर्वको विषय हुन्थ्यो । एक त मुनको आगमनले नेपालका राजनीतिक दलहरूलाई शान्ति र सहमतिका लागि दबाब सिर्जना गथ्र्यो । त्यसैगरी, बुद्धको जन्मथलो नेपालको लुम्बिनी नै हो भन्ने समाचारले अन्तर्राष्ट्रिय माध्यममा स्थान पाउ“थ्यो । मुनको नेपाल भ्रमण मुलुककै राष्ट्रिय हितमा थियो । मुनको भ्रमणका लागि सरकार र लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिले निकै ठूलो तयारी गरेको थियो । तर, तिब्बती मुद्दा उठाएर कनक, कुलचन्द्र एन्ड कम्पनीले मुनको भ्रमण भा“डेरै छाडे । हुन त कनक फ्रि–तिब्बत अर्थात् चीनविरोधी गतिविधिमा लागेको धेरै भइसकेको छ । एसिया फाउन्डेसन नामक सीआईएको अघोषित संस्थामार्फत आर्थिक स्रोत जुटाउने इन्सेकका सुबोध प्याकुरेल, चरण प्रसार्इं, मन्दिरा शर्माहरूको काम नै त्यही हो । मुनको भ्रमणभन्दा केही दिनअघि काठमाडांैका तिब्बती क्याम्पहरूमा पर्चा छरियो, ‘वैशाख १६ गते लुम्बिनी जाऔं’ भनेर । ती पर्चाहरू अन्त कतै नभई कनककै जगदम्बा प्रेसमा छापिएका थिए । यसबाट पनि स्पस्ट हुन्छ, कनकको खतरनाक कनेक्सन । ठगीका अरू उपाय पनि यो समूहबाट नहुने कुरा भएन । राणाहरूको अकुत सम्पत्ति अपुतालीमा पाएर सम्भ्रान्त वर्गमा परिणत भएको हिमाल मिडिया र जगदम्बा प्रेसका सञ्चालक कनक र उनका बाबु कमलमणिले साल्ट ट्रेडिङ कर्पोरेसनको झन्डै २ करोड रुपैया“ हिनाहिना गरेको तथ्य पनि भेटिएको छ । यो त्यसबेलाको प्रसंग हो, जतिबेला कनकका बाबु कमलमणि साल्ट ट्रेडिङ कर्पोरेसन सञ्चालक समितिको अध्यक्ष थिए । कमलमणि दीक्षितले पद र शक्तिको दुरुपयोग गर्दै हिमाल खबरपत्रिकाका लागि लिएको करोडौं रुपैया“ उधारो हालसम्म तिरेका छैनन् । जगदम्बा प्रकाशन र हिमाल मिडियाको नाममा रहेको सो ऋण उनीहरूले अनेक प्रपञ्च रचेर पचाएरै छाडे । ती दुवै प्रकाशनलाई पत्र लेखेर ऋण चुक्ता गर्न कर्पोरेसनले बारम्बार तोकेता गरे पनि उनीहरूले विधि विधानलाई समेत टेरपुच्छर लगाएनन् । कर्पोरेसनको खातामा जगदम्बाका नाममा १ करोड १६ लाख ९७ हजार ८ सय ८६ रुपैया“ र हिमाल मिडियाका नाममा ७८ लाख ५५ हजार ९ सय २३ रुपैया“ उधारो अझै बा“की छ । पुरानो बहीखाता खोल्ने हो भने यो स्पष्ट हुन्छ । कर्पोरेसनस“ग कागजको कारोबार गर्दा उनीहरूले यो रकम उधारो राखेका थिए । दीक्षित बाबु–छोराले ‘विगत लामो समयदेखि विभिन्न प्रकारका छपाइस“ग सम्बन्धित कारोबारका क्रममा रहेको बक्यौता २०६४ साल असार मसान्तभित्र चुक्ता गर्नुपर्ने’ समझदारी उल्लंघन गरेका हुन् । अरूलाई कानुनी राज्यको पाठ पढाउन नथाक्ने दीक्षित बाबु–छोराले लाजै नमानी ऋण चुक्ता नगर्नुको पृष्ठभूमिमा पनि थप भ्रष्टाचार लुकेको थियो । थानकोटमा कर्पोरेसनको जग्गा किन्दा पनि केही वर्षअघि तत्कालीन प्रमुख कार्यकारी अधिकृत परमेश्वर महासेठस“ग सा“ठगा“ठ गरेर अध्यक्ष कमलमणिले कुल २ सय २५ रोपनी जग्गामध्ये राम्रो जग्गा आफ्नो गिरोहको नाममा र खोला किनारको जग्गा कर्पोरेसनको नाममा राखेका थिए । कार्यकारी अधिकृत महासेठको धन्दाको पर्दाफास भएपछि सञ्चालक समितिका अध्यक्ष कमलमणिलाई रिझाउन महासेठले करोडौं रकम जगदम्बा र हिमालको नाममा उधारो दिएका रहेछन् । यसरी सो जग्गा काण्डमा कमलमणिको पनि मिलेमतो रहेको स्पष्ट हुन आयो । कहासम्म भने कमलमणिले नेपाल तथा भारत सरकारको अनुदान सहयोगमा आउने आयोडिनयुक्त नुन मुलुकभर वितरणको जिम्मा साल्ट ट्रेडिङको साटो निजी कम्पनीलाई दिएर कमिसन खाने दाउपेच पनि गरेका थिए । त्यसैगरी, मुलुकको मौद्रिक नीतिविपरीत कर्पोरेसनको कारोबारका नाममा करोडौं रुपैया“ भारतीय बैंकमा राखेर कमलमणि एन्ड कम्पनीले राष्ट्र«घाती कामसमेत गरेको तथ्य खुलेको छ । त्यसरी कर्पोरेसनको नाममा थानकोटमा किनिएको २ सय २५ रोपनी जग्गामा करोडौं भ्रष्टाचार गरेको र मह कारोबारमा कर्पोरेसनलाई ४ करोड रुपैया“ नोक्सानी पु-याएको लगायतको अभियोगमा कर्पोरेसन सञ्चालक समितिले अध्यक्ष कमलमणि र कार्यकारी अधिकृत महासेठमाथि कारबाही सुरु गरेको पनि हो । उनीहरूलाई पदबाटै बर्खास्त गरियो । तर, त्यसबारेमा अख्तियारमा छानबिनका लागि उजुरी परे पनि अख्तियारले मौनता साध्यो भन्दै पत्रिकाले खबर छापेको छ ।

ashishme · Mar 8, 2013 6:57 AM · 7,130 views

6 Replies

  पाखन्डी पत्रिकाको पाखन्डी लेख् !!!!!!!!!!!!!!!!!  प्रचन्डेले त अब धुलो चाति सक्यो नि प्रधानन्याधिसलाइ प्रधानमन्त्रि बनाउने कुरामा।

Tmobile · Mar 8, 2013 8:04 AM

काइते कनकमणि को कुरा हुदा प्रचण्ड का बाट आइपुग्यो फेरी? पाखण्डी पत्रिका परेछ की तेस्तो भन्ने मान्छे परेछ त !!

ashishme · Mar 8, 2013 8:13 AM

            यो चाहिं के को कनेक्सन नि ?????        विद्रोहको भारत 'कनेक्सन’ सैन्य पोसाक, ब्रान्डेड चस्मा र जुत्ता। कम्मरमा टल्किने पेटी र त्यसमै झुन्डिएको  अमेरकिी पेस्तोल। लस्करै उभिएका १० जनामध्ये रातो तारा अंकित टोपी लगाएका ती व्यक्ति अरूभन्दा फरक देखिन्छन्। उनी हुन्, हालको एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिरमा उनीसँग लहरै अरू माओवादी नेता पनि देखिन्छन्। तर, त्यो लहरमा अग्लो जीउडालका र पटक्कै नेपालीजस्ता नलाग्ने दुई जना अरू पनि उभिएका छन्। उनीहरूले नेपाली माओवादी नेताहरूभन्दा थोरै फिका रंगको कम्ब्याट पोसाक लगाएका छन्। आखिर को हुन् त उनीहरू ? यो तस्बिर कहाँ खिचिएको हो ? र, उनीहरू नेपालमा कसरी आए ?  खासमा यो तस्बिर तत्कालीन नेपाली माओवादीको भारत 'कनेक्सन'को प्रमाण हो। नेपाललाई प्राप्त आधिकारकि जानकारी अनुसार तस्बिरमा देखिएका दायाँतिरका अग्ला व्यक्ति भारतमा हिंसात्मक छापामार विद्रोह गर्दै आइरहेको तत्कालीन पिपुल्स वार गु्रप (पीडब्लूजी)का पोलिटब्युरो सदस्य बालाजी हुन् भने बायाँतिरका चस्मावालचाहिँ पीडब्लूजीकै केन्द्रीय सदस्य डीके हुन्। ज्ञातव्य छ, पीडब्लूजीसँग तत्कालीन नेपाली माओवादीको भाइचारा सम्बन्ध थियो। भारतको आन्ध्रप्रदेशमा आधार भएको पीडब्लूजीसहित तीनवटा छापामार कम्युनिस्ट समूह मिलेर ०६० सालमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) गठन भएको थियो।  केही महिनाअघि सार्वजनिक नेपाल इन ट्रान्जिसन : प|mम पिपल्स वार टू प|mेजाइल पिस नामको पुस्तकमा रहेको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक एसडी मुनिको लेखलाई पूरै खण्डन गर्छ, यस तस्बिरले। किनभने, मुनिले पुस्तकमा नेपाली माओवादीको भारतमा छापामार विद्रोह गररिहेको पक्षसँग कुनै भौतिक सम्बन्ध नरहेको, वैचारकि सम्बन्ध मात्र भएको उल्लेख गरेका छन्। जबकि, उल्लिखित तस्बिर भदौ ०५६ मा रोल्पाको दारबोटमा खिचिएको हो, जतिबेला माओवादी छापामारलाई सैन्य प्रशिक्षण दिने सिलसिलामा उनीहरू भारतीय र नेपाली सुरक्षा निकायको आँखा छल्दै रोल्पा पुगेका थिए।  त्यो यस्तो समय थियो, माआवादीले नेपाल प्रहरीलाई सबैतिर जित्दै गएको थियो। यद्यपि, उनीहरू आगामी बाटो निकै जटिल महसुस गर्दै थिए। किनभने, सरकारले प्रहरीको विकल्पमा विद्रोह दमन गर्न अर्ध सैन्य बल (पछि सशस्त्र प्रहरी बल) गठनको तयारी गर्दै थियो। नेपाली सेनाले पनि तत्कालीन सरकारलाई एकीकृत विकास परियोजनाद्वारा माओवादी विद्रोह निस्तेज पार्ने छुट्टै योजना पेस गरेको थियो। तत्काल सेना परिचालन भइहाल्यो भने के गर्ने र कसरी अघि बढ्ने भन्ने अलमल माओवादीमा थियो। त्यसैलाई चिर्न तत्कालीन नेकपा (माओवादी) तुरुन्तै केन्द्रीयस्तरको सैन्य प्रशिक्षण चलाउने निर्णयमा पुग्यो। र, त्यही सिलसिलामा पीडब्लूजीका वरष्िठ सैन्य कमान्डर बालाजी र डीके तालिम दिन रोल्पा आइपुगेका हुन्। माओवादीले यो सैन्य प्रशिक्षण सुरु गर्दा उनीहरूसँग जम्माजम्मी तीनवटा प्लाटुन बराबरको सैन्य शक्ति (साढे दुई सय) मात्र थियो। त्यसबेला माओवादीले आफ्नो सांगठनिक संरचनालाई चार भागमा विभक्त गरेको थियो- पूर्व, मध्य, भ्याली र पश्चिम ब्युरो। यी सबै ब्युरोबाट तालिमका लागि १५-१५ जना छापामार छानिएका थिए। रुकुम र रोल्पाको स्थानीय विश्वासिला कार्यकर्तासहित झन्डै डेढ सय जनाको सहभागिता रहेको यो सैन्य प्रशिक्षण शिविर एक महिनासम्म चल्यो। यो त्यही प्रशिक्षण हो, जसमा सहभागी छापामार 'इन्स्ट्रक्टर' भएर आ-आफ्नो कार्यक्षेत्रमा फर्की देशैभरि १० देखि २० दिने सैन्य तालिमको अभियान चलाए। यो अभियानले माओवादीको सैन्य जनशक्ति वृद्धिमा निकै मद्दत पुर्‍यायो। त्यति मात्र होइन, दारबोट प्रशिक्षणकै सीपले उनीहरू मुलुकका विभिन्न भागमा छरएिर एकसाथ आक्रमण गर्ने सामथ्र्यमा पुगे। त्यसो त दारबोट प्रशिक्षणअघि पनि माओवादीले नेपालभित्र र बाहिर विभिन्न खाले तालिम नगरेका होइनन्। ०५१ मा सम्पन्न नेकपा (माओवादी)को तेस्रो विस्तारति बैठकले सशस्त्र 'जनयुद्ध'को प्रस्ट खाका कोरेपछि सिंगो पार्टीमा चार तयारी -राजनीतिक, वैचारकि, सांगठनिक र प्राविधिक) सुरु भएको थियो। प्राविधिक तयारी अन्तर्गत रुकुम, रोल्पालगायत आफ्नो प्रभावित क्षेत्रमा मार्सल आर्ट्सका साथै घरेलु हतियार चलाउने तालिम स्थानीयस्तरमै सञ्चालन गरयिो। 'जनयुद्ध'को तयारीका लागि पार्टीले केन्द्रीय कमिटीका सदस्यहरू सम्मिलित पहिलो सैन्य तालिम गोरखाको सिरानचोकमा चलायो। एक भारतीय अवकाशप्राप्त सैनिकले प्रचण्डलगायत सबै केन्द्रीय तहका नेतालाई अन्तिम तयारीका लागि फिजिकल ब्याटल क्राफ्ट -एफसीबीसी)सम्बन्धी तालिम दिएका थिए। तर, त्यति मात्रले उनीहरूको 'जनयुद्ध' हाँक्ने सपना पूरा हुने थिएन। त्यसैले पार्टीले 'जनयुद्ध'को पूर्वतयारीका रूपमा सिन्धुलीबाट महेन्द्र श्रेष्ठ र पश्चिमबाट नन्दकिशोर पुन 'पासाङ'लाई भारतमा गएर पीडब्लूजीसँग प्रशिक्षण लिन पठायो। उनीहरू पहिलो भ्रमणमा हतियार र विस्फोटक पदार्थसम्बन्धी प्रारम्भिक तालिम लिएर फर्किए।  ०५३ सालसम्म माओवादीहरूले 'जनयुद्ध'को प्रचारात्मक अभियानलाई निकै प्राथमिकता दिए। उनीहरूसँग हतियारको कमी त छँदै थियो, विस्फोटक पदार्थसम्बन्धी दक्ष जनशक्तिसमेत थिएन। स्थानीयस्तरमा 'माइनिङ्' (धराप) गराउन खोज्दा कार्यकर्ताहरू दुर्घटनामा पर्न थाले। त्यसपछि ०५३ कै अन्तिमतिर माओवादीले सिन्धुलीबाट श्रेष्ठ, रोल्पाबाट पुन, रुकुमबाट विजय घलेलगायतको टिमलाई फेरि पीडब्लूजीसँग तालिम लिन पठायो। पुनलगायतको टिम दुईपटक भारत गएर कहाँ तालिम लियो ? त्यो कुरा रहस्यको गर्भमै छ। किनभने, त्यो तालिम लिने श्रेष्ठ र घले द्वन्द्वकै क्रममा मारइिसकेका छन्। त्यसमध्येका पुन, जो पछि माओवादी सेनाका प्रमुखसमेत भए, त्यसबारे स्पष्ट बताउन चाहँदैनन्। भन्छन्, "हामी अझै एउटा कोर्समा छौँ, सबै कुरा अहिल्यै भन्ने बेला भएको छैन। एउटा निश्चित कालखण्डमा सबै कुरा बाहिर आउने नै छ।" ०५४ सम्म आइपुग्दा माओवादी आन्दोलनको प्रभाव रुकुम, रोल्पा, सिन्धुलीबाहेक अन्य क्षेत्रमा पनि पर्न थालिसकेको थियो। पूर्णकालीन  कार्यकर्ताको संख्या पनि उल्लेख्य पुगिसकेको थियो। त्यसबेला एकै ठाउँमा केन्दि्रत रहेर कारबाही गर्दा राज्यले घेराबन्दी गरी दमन गर्ने डरका कारण उनीहरूले विकेन्दि्रत कारबाहीहरू ह्वात्तै बढाए। त्यस क्रममा जनशक्तिको अभाव देखियो। यस्तो अवस्थामा माओवादीले ठूलो संख्यामा कार्यकर्तालाईर् भारतमा तालिमका लागि पठाउन कठिन थियो। त्यसमाथि नेपालमा माओवादीको आक्रमण तीव्र हुँदै गएपछि भारतीय नाकाहरूमा कडाइ हुन थालेको थियो। भारत जानुभन्दा त्यहाँका सैन्य प्रशिक्षकलाई यतै बोलाई प्रशिक्षण शिविर सञ्चालन गर्नु उपयक्त हुने ठानेपछि माओवादीले ०५४ को अन्त्यतिर पीडब्लूजीकै विनोद नामका एक सैन्य कमान्डरको सहयोगमा विभिन्न तीन ठाउँमा तालिम चलायो। भ्याली र पूर्वतर्फका लागि बारामा, मध्यको तनहुँमा र पश्चिमको रोल्पामा १५-१५ दिने प्रशिक्षण दिइयो। माओवादीका पूर्वपोलिटब्युरो सदस्य मणि थापा स्मरण गर्छन्, "त्यो तालिम हतियार, गि्रनेड, माइनिङ्, गुरल्िला लडाइँ सम्बन्धमा केन्दि्रत थियो। खासगरी अत्याधुनिक हतियारबारे राम्रो जानकारी राख्ने प्रशिक्षक विनोदले भारतीय पक्षले कसरी जनयुद्ध लडिरहेको छ भन्ने अनुभव साटेका थिए।" बिस्तारै छापामारको संख्या बढ्दै गएपछि माओवादीमा युवा कार्यकतर्ा थपिँदै गए। माइनिङ् गर्ने क्रममा दुर्घटनामा घाइते हुने र ज्यान गुमाउनेहरूको संख्यामा पनि वृद्धि भयो। त्यसपछि विशिष्ट खालको सैन्य तालिमको आवश्यकता  महसुस गरी रोल्पाको दारबोटमा पहिलो केन्द्रीय सैन्य प्रशिक्षण चलाइएको हो।  दारबोट सैन्य प्रशिक्षणलगत्तै माओवादीले प्रहरीका ठूला सुरक्षा बेेस क्याम्पमा आक्रमण गर्ने योजना बनाए। जस्तो : भदौमा प्रशिक्षण सकिएलगत्तै ५ असोज ०५६ मा रुकुमको महतस्थित प्रहरीको कमान्डो बेस क्याम्प हमला गरी माओवादीले डीएसपी ठूले राईलाई कब्जामा लिए। तिनै ठूले राईलाई छोड्न 'बार्गेनिङ्' गरेर त्यसबेला जेलमा रहेका आफ्ना नेता देव गुरुङलाई छुटाउन सफल भए। त्यसै वर्षको ७ फागुनमा रोल्पाको घर्तीगाउँ, २१ चैतमा रुकुमको तकसेरामा प्रहरीमाथि माओवादीले मोर्चाबद्ध आक्रमण गरी रुकुम र रोल्पाका चौकीहरू सदरमुकाममा सार्न बाध्य पारेका थिए। त्यस्तै, १९ असार ०५७ मा जाजरकोटको पाँचकटियादेखि त्यही वर्षको ८ असोजमा डोल्पा सदरमुकाम दुनैसम्म आक्रमण गरे। नेकपा-माओवादीका पोलिटब्युरो सदस्य कुलबहादुर केसी भन्छन्, "ती सबै आक्रमणको मुख्य आधार दारबोट प्रशिक्षण नै थियो।" माओवादीका लागि दारबोट प्रशिक्षण कति महत्त्वपूर्ण थियो भन्ने कुरा तत्कालीन महामन्त्री प्रचण्ड स्वयं त्यसको समापन समारोहमा उपस्थित हुनुले पनि झल्काउँछ। त्यही बेला उल्लिखित तस्बिर खिचिएको थियो । दारबोट प्रशिक्षणको एक वर्षपछि नेकपा  (माओवादी)को दोस्रो राष्ट्रिय सम्मेलन भयो, जसले दीर्घकालीन 'जनयुद्ध'को एकसूत्रीय बाटोलाई मोड्दै सहरी विद्रोह र दीर्घकालीन जनयुद्धको फ्युजनको रणनीति अपनायो। यसबाट उनीहरूले वार्ता, गोलमेच सम्मेलन, अन्तरमि सरकार हुँदै संविधानसभाको नारा अघि सारे। यति बेलासम्म माओवादीको सैन्य शक्ति पहिलेको भन्दा निकै मजबुत भइसकेको थियो। कम्पनी स्तरको पनि सैन्य संगठन नरहेको माओवादीसँग दारबोटमा पीडब्लूजी कमान्डरहरूबाट तालिम लिएको ६ महिना नबित्दै स्थायी कम्पनी बन्यो र अर्को ६ महिनामा बटालियन। भारतीय माओवादीले अहिलेसम्म आफ्नो रेगुलर सेना बनाएका छैनन् । जबकि, तिनैबाट प्रारम्भिक सैन्य ज्ञान लिएका नेपाली माओवादीले ०५८ सालको पहिलो वार्ता चालिरहँदा रोल्पामा 'जनमुक्ति सेना'को घोषणा गरे। त्यही बेला घोषणा गरिएको एक हजार जतिको लडाकू दस्ताले दाङको घोराहीस्थित सेनाको ब्यारेकमा पहिलोपटक हमला गरेको हो।  दाङ आक्रमणताका माओवादीसँग तीन वटा एके-४७, एक एम-१६, दुई एसएलआर, एक एसएमजी, एक ३०-ओ-६ राइफल रहेको कुरा माओवादी कमान्डर पुनले आफ्नो किताब इतिहासका रक्तिम पाइलामा उल्लेख गरेका छन्। यी हतियारमध्ये एम-१६ नेपाली सेनाले प्रयोग गर्ने गरेको अमेरकिी हतियार हो । जुन बेला नारायणहिटी दरबारवरपरका क्षेत्रमा सुरक्षा गर्ने सैनिकले मात्र बोक्ने गरेका थिए। सेनासँग लडाइँ नै नभएको अवस्थामा यी हतियार कहाँबाट कसरी माओवादीको हातमा पुग्यो ? स्रोतका अनुसार दाङ आक्रमणकै पूर्वसन्ध्यामा पीडब्लूजीकै सहयोगमा एक दर्जनजति विभिन्न हतियार नेपाली माओवादीले भित्र्याएका थिए। दाङबाट प्राप्त हतियारकै बलमा माओवादीले ४ फागुन ०५८ मा अछामको मंगलसेन र साँफेबगरमा आक्रमण गरे। त्यहाँबाट ठूलो परिमाणमा थप हतियार कब्जा गर्न सफल भए। यसपछि उनीहरूको सैन्य र हतियार क्षमता उल्लेख्य स्तरमा वृद्धि भयो। यस अवस्थामा आइपुग्दा नेपाली माओवादी भारतीय माओवादीभन्दा अनुभव र सैन्य प्रयोगका हिसाबमा निकै अघि भइसकेका थिए। त्यसैले उनीहरूले आफ्ना कार्यकर्तालाई तालिमका लागि उता पठाउन वा उनीहरूलाई तालिमका लागि यहाँ बोलाउन जरुरी ठानेनन्।  परिस्थिति कतिसम्म बदलियो भने कुनै बेला माओवादीलाई तालिम दिएका पीडब्लूजीका कमान्डर विनोदको नेतृत्वमा २५ जनाजतिको भारतीय माओवादी टोली नेपालमा भएको युद्धकला विकास र अनुभव सिक्न ०६१ सालतिर करबि तीन महिनाजति रोल्पामा बस्यो। उनीहरू यहाँ आउँदा नेपाली माओवादीको सैन्यस्तर तीन डिभिजनसम्म पुगिसकेको थियो। त्यसबेला रोल्पाको मिरुल आसपासमा माओवादीको हतियार कारखाना नै थियो, जहाँ ब्यारेलबाहेक अन्य सबै हतियार बनाइन्थ्यो। रोल्पाका माइला, जाजरकोटका तेज आदिका समूह त्यस कारखानामा खटिएका थिए। र, त्यही कारखाना आसपासका राङकोट, राङ्सी, भाबाङ र थबाङ क्षेत्रमा भारतीय माओवादी समूह सेल्टर लिएर बसेको थियो। ०६१ पछि पनि भारतका विभिन्न स्तरका माओवादीहरू लखनउ, गोन्डा, बलरामपुर, तुलसीपुर हुँदै कोइलावास भएर दाङको धानखोला हुँदै रोल्पा पुग्थे र त्यही बाटो भएर फर्किन्थे। यो क्रम नेपालका माओवादी शान्ति प्रक्रियामा नआउन्जेल चलिरह्यो। कतिसम्म भने संयुक्त राष्ट्र संघीय मिसन -अनमिन)को सुपरीवेक्षणमा रहेका बेला ०६५ सालतिर भारतीय कम्युनिस्ट पार्टी -माओवादी)का चार जना कमान्डरले सैन्य प्रशिक्षण लिन चितवनस्थित तेस्रो डिभिजनमा एक महिना बिताएको स्रोतको दाबी छ। यही विषयलाई लिएर भारतीय दूतावासले परराष्ट्र मन्त्रालयमार्फत सरकारलाई लिखित पत्र पठाई आपत्ति जनाएको थियो। तर, माओवादीले त्यो आरोप मिथ्या भएको वक्तत्व निकाल्यो। पछि त्यो घटना त्यत्तिकै सेलायो। द्वन्द्वको सुरुमा भारतीय माओवादीले जसरी नेपाली माओवादीलाई सैन्य तालिमलगायत विस्फोटक पदार्थको स्रोतसम्म उपलब्ध गराएका थिए, नेपाली माओवादीले पनि कालान्तरमा भारतमा विद्रोह गररिहेका तीन पार्टीलाई एकजुट पार्न धेरथोर सकारात्मक भूमिका खेल्यो। यो कुरा एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो लिखित दस्तावेजमा धेरै ठाउँमा उल्लेख गरेका छन्। माओवाद मान्नेहरूको अन्तर्राष्ट्रिय संगठन रिभोल्युसनरी इन्टरनेसनल मुभमेन्ट (रमि)को सदस्यसमेत नरहेका विद्रोहरत भारतीय कम्युनिस्ट पार्टीहरू ०५८ सालमा नेपाली माओवादीको पहलमा दक्षिण एसियाली स्तरको कम्युनिस्ट मोर्चा (कम्पोसा) बनाउँदा त्यसमा सहजै समावेश भए। त्यसको धेरथोर फाइदा दुवै पक्षलाई भयो। नेपाली माओवादीका लागि हतियारका गोली, विस्फोटक पदार्थ आउने स्रोतमा नयाँ आधार बन्दै गए। कम्पोसा सक्रिय भएकै बेला नेपालका माओवादीले आफ्नो दक्षिणी सीमामा संगठन फैलाउने अवसर पाए भने भारतीय माओवादीले नेपालसँग जोडिएका क्षेत्रमा आफ्नो प्रभाव बढाउँदै लगे।  तर, यो सम्बन्ध नेपाली माओवादी शान्ति प्रक्रियामा प्रवेश गरसिकेपछि सुमधुर हुन सकेन। भाकपा (माओवादी)ले नेपालका माओवादीको शान्तिकालीन कार्यदिशाप्रति आपत्ति जनाउँदै विरोध गर्दै पत्र पठायो भने रमिले पनि विरोधको पत्र पठायो। तर, प्रचण्डले त्यसको जवाफ पठाएनन्। त्यस घटनाले रमि र भारतीय माओवादीहरू एमाओवादीसँग निकै रुष्ट भए। कम्पोसाको ०६३ सालमा काठमाडौँमा चौथो सम्मेलन भएको थियो, त्यसयता कुनै भेला हुन सकेको छैन।  नेपाली माओवादी र भारतीय माओवादीबीचको सम्बन्ध खासगरी माओवादी सरकारमा गइसकेपछि एक हदसम्म विच्छेद भएको छ। किनभने, यतिखेर एमाओवादीले विधिवत रूपमै आफ्नो दस्तावेजमा 'जनयुद्ध'को लाइन परत्ियाग गरेको घोषणा मात्र गरेको छैन, अबको बाटो आर्थिक क्रान्ति हो भनेर पहिल्याइसकेको छ। तर, यही बेला एमाओवादीबाट फुटेको नेकपा-माओवादीले संसारभरका जनयुद्धरत भाइचारा पार्टीसँग सम्बन्ध विस्तार गर्ने नीति अघि सारेको छ। रमि, कम्पोसालगायत सबै संगठनलाई पुनः सक्रिय पार्ने उनीहरूको दस्तावेजमा उल्लेख छ।  माओवादीले त्यो सम्बन्धलाई फेरि के हतियारबन्द विद्रोह गर्नमै प्रयोग गर्ला त ? पूर्वमाओवादी नेता मणि थापाको विश्लेषणमा, "नेकपा-माओवादीको हकमा त्यो लागू हुँदैन। किनभने, उनीहरूलाई न तालिमप्राप्त जनशक्तिको खाँचो छ, न त हतियारको नै। विद्रोहका लागि अनुकूल परििस्थति छ या छैन वा पार्टी त्यहाँसम्म जाने हो या होइन भन्ने कुरामै उनीहरूको भविष्य निर्भर छ।"  डीके रहेनन्, बालाजी माओवादीमै तत्कालीन भारतीय छापामार कम्युनिस्ट समूह पिपुल्स वार गु्रप -पीडब्लूजी)का पोलिटब्युरो सदस्य बालाजी र केन्द्रीय सदस्य डीके दाङको कोइलाबास हुँदै रोल्पा पुगेका थिए। उनीहरू रोल्पा त्यस्तो समयमा पुगे, जुन बेला भर्खरै 'किलो सेरा टू अप्रेसन' सिद्धिएको थियो। यो त्यही अप्रेसन थियो, जसले माओवादीहरूलाई तितरबितर पारिदिएको थियो। त्यसबेला बालाजी र डीकेले नेपाली माओवादीलाई सेनाको नियमित युद्धकलाबारे प्रशिक्षण दिए। प्रशिक्षण दिएको दुई वर्षमै डीकेचाहिँ भारतीय सुरक्षाफौजबाट मारिए। बालाजी अहिले पनि भाकपा (माओवादी)का केन्द्रीय सदस्य छन्।  बालाजी खासगरी सैन्य युद्धकला, हतियार र विस्फोटक पदार्थसम्बन्धी ज्ञाता मानिन्छन्। भाइचारा पार्टीका तर्फबाट नेपाल आई तालिम दिने सबैभन्दा उच्चस्तरका नेतामा बालाजी नै पर्छन्। त्यसपछि अन्य तहका नेताहरू पटकपटक नेपाल आउनेजाने गररिहे। तर, उनीहरू सिकाउनेभन्दा पनि सिक्ने र अनुभव आदानप्रदान गर्ने उद्देश्यले आउँथे।   Last edited: 08-Mar-13 08:15 AM

Tmobile · Mar 8, 2013 8:14 AM

ए ! तिम्रो तर्क चाई प्रचण्डले गु खायो तेसैले हामीले पनी गु खान पाउनु पर्छ भन्ने हो होइन ? यस्तो पाखे संग के कुरा गर्ने ? यस्तालाई नै फेरी के के नै जानेको छु जस्तो गरेर हरेक पोस्टमा कमेन्ट गर्न पर्ने ...

ashishme · Mar 8, 2013 8:31 AM

 त्यो गु त तैले खाइराख्या छ नि पाखे, पाखन्डी , #!$%^^&&*** भय्न्च...,,,,,,,,,,,,,,,, Last edited: 08-Mar-13 08:53 AM

Tmobile · Mar 8, 2013 8:37 AM

यो मु***** गु हो | यसको कट र पेस्ट कसैले नहेरे हुन्छ , अर्थात् हेरे पछि केहि मन्तब्य राख्न मन लाग्छ अनि केहि लेख्यो कि  हरेक धागोमा खाते र पाखे बाहेक केहि जानेको छैन | Let us see what you can bring to Sajha other than Cut and Paste? Last edited: 08-Mar-13 01:11 PM

magorkhe1 · Mar 8, 2013 1:10 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all