अमेरिका र क्यानाडामा रक्तदान कार्यक्रम निरन्तर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                                              अमेरिका र क्यानाडामा रक्तदान कार्यक्रम निरन्तर      अमेरिका ,मार्च ६ ,२०१३  "रक्तदान जीवनदान" हो भन्ने तथ्यलाई साकार पार्दै एन आर एन (गैर आवाशीय संघ )क्यानाडाले मार्च १-२ मा रक्तदान कार्यक्रम सफलतापुर्वक आयोजना गरेको छ l क्यानाडामा सस्थागत रूपमा नेपाली समुदायमा पहिलो पटक आयोजना गरिएको छ भने यो कार्यक्रम सफलतापुर्वक र हौसलापूर्ण भएकोमा आयोजकहरु तर्फबाट यसलाई गैर आवाशीय सघ ,क्यानाडाको बार्षिक अधिवेसनमा एउटा कार्यक्रम को रुपमा लान सकिने ईक्षा जाहेर गरेका छन् l उक्त कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् भने कार्यक्रम संयोजक साहित्यकार ,संचारकर्मी तथा समाजसेवी डा गोविन्द सिंह रावत रहनु भएको थियो l रक्तदान कार्यक्रमलाई उत्तर अमेरिका भित्र मात्र सिमित नगरी बिश्व भरि व्यापक बनाउने दृढ उदेश्यका साथ लागि पर्नु भएका ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुन प्रसाद मैनाली अमेरिकाको न्युयोर्कबाट क्यानाडामा हुने रक्तदानमा आफु पनि रक्तदान दिन र आयोजकलाई हौसला प्रदान गर्न क्यानाडा पुग्नु भएको थियो l रक्तदाताहरुले खुशी ब्यक्त गर्दै मैनालीलाई कृतज्ञता गरेका थिए l यसै गरि आगामी जुन २८  र् २९ मा मिसिसागा तथा जुन २८ मा टोरोन्टोमा पुन: रक्तदान गरिने जानकारी गराईएको छ l यसै गरि अमेरिकाको कोलोराडोमा मार्च ३ तारिख नेपालीहरूको साझा संचार संस्था बिआरटी नेपाल डट कमको आयोजनामा मङ्गलवार बोल्डर स्थित रक्त सञ्चार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा ८ जना पुरुष र १ महिला सहित ९ जना नेपालीहरूले रक्तदान गरेका थिए । अमेरिकामा रक्तदान गर्न सजिलै नपाईने हुन्छ र अमेरिकी नियम अनुसार रक्तदान गर्न अमेरिकामा बस्न थालेको ३ वर्ष हुनुपर्ने तथा लगातार एक वर्ष देश बाहिर नगएको हुनु पर्दछ । रक्तदान गर्नु हुनेहरुमा संघ संस्थाका प्रतिनिधि ,समाजसेवी तथा कलाकारहरु क्रमस आयोजक संस्थाका अध्यक्ष शैलेश पोख्रेल तथा नेपाली गायक दिपेश किशोर भट्टराई हुनु हुन्थ्यो l पोख्रेलको मार्च ३ समेतको रक्तदान लगाएर अमेरिकामा चौथो पटक र नेपालमा तिन पटक गरी सातौं पटक रक्तदान गरेको जानकारी दिए भने रक्तदान गर्नु हुने शोभा श्रेष्टको पाचौ र शुरेश चन्द्र प्रधानको चौथो पटक रहेको थियो । यसै गरि मार्च २,२०१३ अमेरिकाको अलाबामाको अबर्ण (Auburn)विश्व बिद्यालयमा अध्ययनरत नेपाली बिद्यार्थी संगठन र पदमा दल स्मारक प्रतिष्ठानको सयुक्त पहलमा दक्षिण पुर्व नेपाली सघ संगको साझेदारीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो l उक्त कार्यक्रममा अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा शंकर प्रसाद शर्माको उपस्थिति रहेको थियो भने रक्तदान गर्नु हुनेलाई प्रसंशा पत्र वितरण गर्नु भएको थियो l मौसम प्रतिकुलको कारण र रक्तदान कार्यक्रम स्थलमा पर्न गएको प्राबिधिक कारण योजना गरिएको भन्दा रक्तदान कम भएता पनि १३ जनाले रक्तदान गरेका थिए l ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुन प्रसाद मैनालीले १०८ पटक रक्तदान गरि सकेका छन् l स्मरण रहोस उनले रक्तदान गर्दा शरीरमा कुनै कमजोरी हुँदैन भन्ने जनचेतना गर्न रक्तदान गरेको एक घण्टा पछि १९९० डिसेम्बर ५ मा नेपाल अधिराज्य ब्यापी २२०० किमि लगातार ३१ दिन सम्म साइकल यात्रा गरि आश्चर्य चकित पारी दिएका थिए l उत्तर अमेरिका भित्र मात्र करिब १०-१२ वटा स्थानमा रक्तदान कार्यक्रम गरिने जानकारी मैनालीले दिएका छन् l  बिजय थापा  भर्जिनिया  अमेरिका       

ANATEXAS · Mar 6, 2013 7:56 PM · 2,443 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all