भाग-१ हेर्दा उ दह्रो देखिँदैनथ्यो।खिरिलो,चुस्स दाह्री त्यहि पनि सेता काला टाटे पांग्रे,चमक नै नभएको अनुहार,हुति नभएको अनुहार,हारेको अनुहार।तर अनुहार मुटुको ऐना हैन, जे थियो देखिनु जरुरी पनि त थिएन। "यहि हो पक्डेको मान्छे ?" मैले भित्र छिर्दै गर्दा मेरो सहयोगी लाई सोधेको थिएँ। उसले पनि उसको सँधै हल्लिने टाउको हो भन्ने उत्तर दिँदै हल्लाएको थियो। त्यो टाउको हल्लिन्थ्यो, कहिले हो भनेर तल माथी हल्लिन्थ्यो, कहिले होइन भनेर दायाँ वायाँ हल्लिन्थ्यो ।त्यो टाउको उत्तर दिनमा पारंगत थियो, उसको नवोल्ने मुखभन्दा विलकुल विपरित।संसारमा चाहिने तत्व सामन्जस्यता न हो आखिर! उसको टाउको र मुखमा सामन्जस्यता थियो,मुख मौन वस्थ्यो,टाउको हल्लिरहन्थ्यो। "के आधारमा पक्डेको त ?" मैले आफ्नो कोठामा भित्र छिर्दै गर्दा मेरो सहयोगीलाई पुन प्रश्न राखेँ। "आँफैले हो भन्यो सर, केहि गर्नै परेन !" मेरो सहयोगी खिस्स हाँस्यो।हाम्रो लागि सजिलो भएको थियो उसले हो भन्ने वित्तिकै! "कसरी मारेछ त ? किन मारेछ त ?" मैले जिग्यासा राखेँ। "तँपाईलाई मात्रै भन्छु भन्छ सर !" उसले मलाई पर्खेको थियो आफ्नो कथा सुनाउन।शायद उसको अन्तिम कथा होला यो उसको जीवनको! त्यो हत्याले उसले आफ्नो पनि त जिवनको हत्या गरेको थियो, यदि जिउनु र वाँच्नुलाई छुट्याएर हेर्ने हो भने हो भन्ने वित्तिकै उसका जिउने पलहरु सिद्दिएर मात्र वाँच्ने पल रहने भएका थिए उसको जीवनमा! मेरो आँखाले उसको आवरणलाई अझै विश्वास गरेको थिएन, किनकी हेर्दा उ दह्रो देखिँदैनथ्यो। *************** ************** *********** ************ ************ ************ ******* त्यो कोठा सामान्यतय अँध्यारो नै हुने गर्छ। म र मलाई सामना गर्ने अर्को अनुहार वाहेक म अरु केहि देख्दिन कोठामा न अर्को अनुहारले म वाहेक अरु केहि लाई देख्छ। फरक यति मात्र छ कि मेरो अनुहार, अर्को अनुहारको स्वरुप अनुसारले वदलिने गर्छ। वदलिनु मेरो वाध्यता हो, अथवा भनौँ म एउटा ऐना हुँ उनीहरुको लागि, मात्र एउटा छायाँ हुँ उनीहरुको लागि, उनीहरु जस्तो स्वरुपका हुन्छन् त्यस्तै व्यवहार पाउँछन् म वाट। कोठाको कुनामा नदेखिए पनि एउटा माटोको घैँटोमा पानी रातो प्लेटले छोपेर राखेको छ भन्ने मलाई थाहा छ। त्यो पानीको तर कोहि नतिर्खाउन्जेल सम्म केहि अस्तित्व छैन। जीवन अचम्मको छ , आवश्यकताले अँध्यारोमा प्रकाश उव्जाउँछ,जव आवश्यकता हुँदैन भएका वस्तुहरु प्रकाशमा हराउँछन्। उ सोचमैँ थियो, मैले ढोका खोल्दा, उसले ढोकालाई हेरेन। त्यो ढोका नहेर्नुमा पनि शायद उसको तर्क छ, किनकी केहि दिन मैँ त्यो ढोका खुल्ने छैन। उसले वोली नै त्यहाँ ताला लाउन पर्याप्त छ।उसले भन्ने अवको कथा त तपशिलको कुरा! ************** **************** **************** *********** ************* ************** "सुनौँ न त कथा !" मैले स्थिति सामान्य वनाउने प्रयत्न गरेँ! उ मात्र खिस्स हाँस्यो,एकैछिन गम्यो "दुनियाँ अचम्मको छ, मैले भोगेको मेरो जीवनलाई कथा भन्छ!" उ फेरि अड्कियो अनी प्रश्न राख्यो " चुरोट खान पाइन्छ ?" म थोरै हच्किएँ, मैले यति सस्तोमा उसको भोगाइलाई कथा भन्न नहुने, हो मेरै गल्ति हो! "भित्र चुरोट खान पाइन्न, नियम छ !" "नियममा अपवाद पनि त हुन्छन् ! अनी कति नै हानी पुर्याउला र अव जावो त्यो धुवाँले,जीवन धुवाँ वनेर उडेको देखिसकेँ मैले, अव त खरानी मात्रै वाँकि छ।" उसले पहिलो चोटी आँखा जुधायो। आँखाको कालो डिल त्यो मधुरो प्रकाशमा स्पष्ट देखियो।उसले ननिदाएको धेरै भएको छ, सपनाको त कुरै नगरौँ। "ए एउटा चुरोट ल्याइदे त वाहिर वाट!" मैले छेवैको तन्किएर उभिएको मेरो सहकर्मीलाई अह्राएँ। "चुरोट मात्र नभन्नुस न सुर्य भन्नुस्, शिखर भन्नुस् , दुखका पनि त प्रकार हुन्छन् !" उसले मेरो वोली काट्दै बोलेको थियो। "सुर्य!" मैले चुरोट पिएको छैन अहिले सम्म जिन्दगीमा! तर पनि मैले आफ्नो वोली सच्याएँ। ******************** ************** *************** **************** ************ ******* "तँपाइले लाश देख्नुभयो ?" उसले चुरोटको पहिलो धुवाँ हावामा पातलिँदै गर्दा मलाई प्रश्न राख्यो। मैले स्विकारोक्तिमा टाउको हल्लाएँ!अनि सम्झे उसको घाँटीको निलो डाम, उसले हतियार प्रयोग गरेन, मात्र आफ्नो हात। औँलाको डाम पछि सम्म पनि देखिन्थ्यो उसका घाँटीमा। धेरै वेर नियालेको थीएँ मैले त्यो कलिलो लाशलाई।अनुहार निश्छलथियो, आँखाहरु ठूला थीए, जति भन्यो त्यति रहर अटाउन सक्ने, कालो कपाल थियो लामो घाँटी अनि स्पष्ट देखिएका औँलाका डाम। त्यो भन्दा तल नियाल्नु मैले जरुरी ठानिन,किनकी उ अचल थिई,अव मृत थिई। अनी उसकै वुढोले स्विकारेको थियो।कतैकेहि सोच्नु जरुरी थिएन। " तँपाईले देखेजस्ती थिईन उ, उ जिवन्त थिई, हजारौँ जीवन भरिएकी थिई , सपनाहरुको वँगैचा जस्ती थिई!" हो उ जीवन्त थिई, त्यहाँ पनि कोहि तरुनी मस्त निन्द्रामा वेफिक्री सुतिरहे जस्तो न देखिएको थियो। जिवित भएको भए सुम्सुम्याउन लाई हात सक्सक्याउने गरिकी राम्री ।उसको श्रीमतिको तस्विर आँखामा झलझल्ति घूमिरहे पनि मैले सुन्नु जरुरी थियो, उसको मुखवाट उसले हत्या गरेकी उसकी आफ्नै श्रीमतिको वयान। "अनि किन त ....?" "धैर्य गर्नुस न, भन्दै छु त म !मेरो जीवन हो, हाइकु हो र ?दुइ लाइनमा सिद्दिने?" उसले मेरो प्रश्नलाई पुरा हुन दिएन। केहि त थियो उसमा आक्रोश थियो वा जटिलता थियो वा अरु नै केहि ! तर पनि हेर्दा उ दह्रो देखिँदैनथ्यो। क्रमश: Last edited: 05-Mar-13 05:12 AM
fucheketo · Mar 5, 2013 5:10 AM · 48,362 views
Launa...tyo inspector office pugena bhanya fuchhe keto? Bholi bata ta tyo tesko custody ma hunna bhanya haina...ya ma pani doctor ko ma janu parne bhaisakyo ..katha kaile aaula bhanne stress le...
Deported · Mar 17, 2013 11:52 PM
Sahili and deported thank you अन्तिम भाग "मलाई थाहा थियो तँपाइ आउनुहुन्छ आजै भन्ने!" उसले मलाई हेरेर मुस्कुरायो।हो उसलाई सवै नै थाहा छ। मलाई रिस उठ्यो, कहिलेकाहिँ आकर्षण चाहेर हुँदैन, मात्र एकोहोरो एउटा वाटोमा लागिन्छ, आँखा चिम्लेर, वाटोमा भएका खाल्टा खुल्टीमा खुट्टा मर्किन्छ, तर मर्किएको पिडा त्यो वन्द मस्तिष्कले भोग्दैन किनकी उसले चिम्लेका आँखाले लक्ष देखेको हुन्छ। मलाई त्यो कथाले वाँधेको थियो। मायावाट भाग्ने गरी! आफ्नी माया सितको मायामा पनि मलाई आजकल विश्वास लाग्न छोडेको छ। हो उसले भनेको ठिकै हो, माया यति कमजोर हुँदैन! मैले उसलाई आग्रहि आँखाले हेरि मात्र रहेँ। म चाहन्न म उसलाई मेरो विवशता सुनाउँ। उसको कथा प्रतिको मेरो आशक्ति देखाउँ। अनि विरामी मलाई मेरो रिपोर्ट भन्दा पनि उसको आज मेरो कारागारमा भएको अन्तिम दिनको चिन्ता वढी भएको देखाउँ। "सिताको कपाल लामो थियो, कालो वादल जस्तो, उसको कपाल उसको कम्मर सम्म झर्थ्यो। उ पानी लिन जव जव त्यो उकालो ओरालो गर्थी,रातो धागो र कालो कपाल एक आपसमा इत्तरिँदै जिस्किरहे जस्ता लाग्थे। " उसले खुइय सुस्केरा काड्यो , अनि फेरि शुरु भयो। मैले एकदिन उसले पानी लिन जाँदै गर्दा दुइ जना केटाहरुले उसलाई लुकेर हेरिरहेको देखेँ, अलिकति गाइँगुइँ पनि सुने ।दुवै आफु आफु गफ गर्दै थिए, तर मैले सुन्न भ्याएँ निष्कर्ष भने" सिता जति वैँशालु कोहि छैन !" हो मलाई पनि त्यस्तै लाग्थ्यो । तर सत्य पनि त कसको मुखवाट सुन्दा उत्कृष्ट सुनिन्छ र कसको मुखवाट सुन्दा कुरुप हुन्छ भन्ने रहेछ। त्यो दिन त्यति सुन्दर सत्य कुरुप वनेको थियो। मैले रातभर सोचेँ। सिता खाटको कुनामा थोरै ठाउँमात्र लिएर सुतेकी थिई। उ खाटमा खुम्चिन थालेकी थिई। कहिलेकाहिँ मलाई लाग्थ्यो, उ मसँग डराउन थालेकी छे । मलाई नैतिक देख्दिनथी शायद उ,त्यो उसको नजर पनि ठिकै हो हुन त । म भोगि वनेको थिएँ। उ सँधै मेरो भोगको विषय होस् भन्ने चाहन्थेँ। उसलाई विच विचमा मैले नियाँलेको थिएँ। उसको गोरो अनुहार, उसको त्यहि कालो कपालले छोपेको थियो। छोपिएका वस्तु लाखका हुन्छन् , देखिएपछि न हो मोल घट्ने,कौडिमा विक्ने !मैले निष्कर्ष निकालेँ,सिताको वैँश वैँशालु देखिनुमा त्यो कपालको धेरै ठूलो हात थियो।त्यहि कपाल रातमा उसको अनुहारलाई हेरिरहुँ लाग्ने घुम्टो वन्थ्यो, उ पल्टिँदा अस्तव्यस्त भएर लठारिन्थ्यो उसको शरिरमा! त्यहि कपाल दिउँसो उ हिँड्दा कम्मर मा ठोक्किएर एउटा संगित वनाउँथ्यो।मादकता थप्थ्यो उसमा!" उसको विराम मैले सहन सकिन । सिताले मलाई तानेरै छोडी। "अनि ?" व्यग्र भएर मैले प्रश्न राखेँ। "विहान सिता उठ्ने वित्तिकै उसको कपाल काट्न लगाएँ। उसले आँखा भरी आँशु पारेर कपाल काटी अरे! त्यो कपाल कसैलाई यति राम्रो लाग्यो कि शहरमा मोल पाउने आशमा त्यहि समय विक्री भयो अरे!!!" उ चुप भयो।मैले आफ्नो गलेको आँखाले उसको आँखामा पश्चाताप हेर्न चाहेँ। अहँ थिएन , त्यहाँ पश्चाताप थिएन। छाति पोल्यो मेरो, लाग्यो सिता म सँग निसाफ माग्दै छे। तर म पनि त अमुक छु , म मात्र प्रश्न राख्न सक्छु , उसलाई सजाय दिन सक्दिन ! "किन आखिर?यति दानविय मान्छे मैले देखेको छैन !" "शक्ति भएकालाई त जसले पनि दानव भन्छ!" "वा, दानव नै सँधै शक्तिमा हुन्छ, कम्तिमा यहाँ ,अहिले !!" "मलाई दानव भन्ने भए म यो कथा यहिँ रोक्छु, किनकि लगाम म सँग छ, तँपाइको पनि !" उ दानवी हाँसो हास्यो। "भयो ! भन्दिन अव, म कथामा निरन्तरता चाहन्छु !" आज यो कथा सिद्दिएपछि धक फुकाएर सुत्नुछ ।घाम वरण्डामा नआउन्जेलसम्म मैले मनमनै सोचेँ। "त्यो दिन मेरो मनमाँ अचम्मको सत्य वस्यो,म वाँच्नलाई शक्तिमा हुनलाई सिता कुरुप भइरहनु पर्छ, जुन दिन उ सुन्दर देखिन्छे , मेरो लगाम छुट्नेछ!" स्वार्थ को पराकाष्ठा! तर उसले मलाई मुक वस्नु भनेको छ! मैले टेर्नुपर्छ ! नत्र उसले कथा भन्नेछैन। हो उ शक्तिशाली छ। पर्खालका विचमा पनि स्वच्छन्द छ। उसका शव्दजाल मलाई यसरी वाँध्छन् कि उसका कुकृत्य म विर्से जस्तो गर्छु।आँखा चिम्लन्छु , मात्र कान खोल्छु। "मैले सिताका विक्री हुने अंग अंग छुट्याएँ , विक्री हुने विक्री गरेँ, नहुने सडाएँ! हो मैले सिताको हत्या गरेँ! तर यहि चलिरहेको छ,शक्ति हत्यामै जन्मिन्छ! उ कमजोर थिइ ,तँपाइ पनि !!! ल अव म उठेँ ,मैले वाहिर जानु छ ! यो कारागार मेरो लागि होइन ! " "कता हिँडेको ?" म चिच्याएँ" कारागारवाट वाहिर निक्लिन दिन्न म, तँ निस्किन पाउँदिनस् !" भन्ने रहर थियो मेरो! तर अचानक स्वर भाँस्सियो। मेरो छातिवाट मुटु झिकिए जस्तो लाग्यो। म भुइँमा ढलेँ। धमिलो आँखाले उसलाई हेरेँ। उ वाहिर निस्किँदै थियो, एउटा अट्टाहस छोड्दै। मेरो आँखा धमिलिँदै गयो, हात गोडा स्थिर भए। समाप्त
fucheketo · Mar 21, 2013 12:19 PM
अन्त्य बियोगान्त जस्तो देखिए पनि प्रस्तुति सुन्दर लाग्यो, शायद फुच्चेले धेरैले ब्यक्त गर्न नसकेको कुरा कथाको पात्र मार्फत भन्न सकेको छ। "त्यो दिन मेरो मनमाँ अचम्मको सत्य वस्यो,म वाँच्नलाई शक्तिमा हुनलाई सिता कुरुप भइरहनु पर्छ, जुन दिन उ सुन्दर देखिन्छे , मेरो लगाम छुट्नेछ!" घटनाहरु यसै कारण घट्छन्, जब प्रेममा आधिपत्यको जन्म हुन्छ, अंहकारको राप बढ्छ, इर्ष्या र जलनको जालोभित्र मानिस जेलिन्छ, दुर्घट्ना हुन्छन्। कथा सकिएर पनि म सोच्दैछु जटिल मनस्थिति र भयाबह परिस्थितिहरु, के फुच्चेले हामी पाठकहरुलाइ प्रश्न सोधेकै हो त?
crazy_love · Mar 21, 2013 9:32 PM
उ दानवी हाँसो हास्छ, मेरो मुटु ठप्प हुन्छ माया र इर्ष्या को चरम बिंदु या सौन्दर्य को मूल्य mind blowing.........
adventurer · Mar 22, 2013 12:19 AM
तर सत्य पनि त कसको मुखवाट सुन्दा उत्कृष्ट सुनिन्छ र कसको मुखवाट सुन्दा कुरुप हुन्छ भन्ने रहेछ।, how beautifully said Dai!!! great Story!!!!
Ilam2008 · Mar 22, 2013 12:31 AM
<<< सत्य पनि त कसको मुखवाट सुन्दा उत्कृष्ट सुनिन्छ र कसको मुखवाट सुन्दा कुरुप हुन्छ भन्ने रहेछ >>> <<< छोपिएका वस्तु लाखका हुन्छन् , देखिएपछि न हो मोल घट्ने,कौडिमा विक्ने !मैले निष्कर्ष निकालेँ >>> कति मिठो संग लेख्नु भो, मनै छोयो ... साझामा मनपर्ने लेखकको अर्को एउटा उत्कृष्ट प्रस्तुति अनि यो नै हामीले पढ्न पाउने अन्तिम कथा पक्कै नहोला भन्ने आशा छ Last edited: 22-Mar-13 02:34 AM
aakinchan · Mar 22, 2013 2:32 AM
एैया, कुठाउँमा पो हान्यो त । एउटा आधुनिक नेपाली कथा, दह्रो अनि गाँजिएको! -somewhereondearth
somewhereondearth · Mar 22, 2013 12:17 PM
sahili,सोमदाइ- अव भन्ने पालो मेरो>> हैन कथा कहिले आउने हो?? adventurer- Thank you Ilam 2008-Thank you bhai akinchan-Thank you, This story wont be my last one ..promise...:) अन्य कथा लाई मन पराइदिनुहुने , पढ्नुहुने साथीहरुलाई पनि धन्यवाद
fucheketo · Mar 24, 2013 11:56 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion