अमेरिकन ,खुला ते-क्वान्दो -२०१३ प्रतियोगिता र नेपालीलाई स्वर्णपदक

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                                अमेरिकन ,खुला ते-क्वान्दो -२०१३ प्रतियोगिता र नेपालीलाई स्वर्णपदक   अमेरिका ,आज मिति फाल्गुन १९ ,२०६९ (मार्च २ तारिख ,२०१३ )का दिन अमेरिकाको भर्जिनिया राज्यको हर्नडनमा राष्ट्रिय खुला ते क्वान्दो -२०१३ प्रतियोगिता भब्य उद्घाटन गरिदै प्रतिस्पर्धात्मक खेलको आयोजना गरियो l झन्डै २००० जति प्रतियोगी ,अतिथि तथा दर्शकहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको समुद्घाटनमा कोरियाली तथा अमेरिकी राष्ट्रिय धून बजाईएको थियो l उक्त कार्यक्रमका लागि बिशेष अतिथिहरु परिषद सदश्य ,भर्जिनिया राज्यका प्रतिनिधिहरु,नेपाली सघ तथा संस्थाको तर्फबाट ए एन ए का प्रतिनिधि ,प्रशिक्षक ,निर्णायक तथा अन्य लब्ध प्रतिष्ठित महानुभावहरुको उपस्थिति रहेको थियो l गुरु एच के ली ले स्वागत गर्दै यो खेल ३४ बर्ष अगाडी देखि निरन्तर भै रहेको जानकारी दिनु भएको थियो lअतिथिहरुले छोटो मन्तब्य राख्दै शुभकामना दिएका थिए l केहि प्रशिक्षक तथा गुरुहरुले खेलका नियम बारे जानकारी गराएका थिए भने खेलाडी तथा निर्णायकहरुले पनि खेल आरम्भ हुनु अघि सपथ सार्बजनिक रुपमा लिएका थिए l  झन्डै ३४ बर्ष (इस्वी सन् १९७९ )अगाडी देखि ते-क्वान्दो प्रतियोगिताको आयोजना गरिदै आएको छ lयस्का  संस्थापक महा गुरु (मास्टर ) एच के ली बिश्व प्रसिद्ध ते क्वान्दो ९ डान(तारा)हुन् र यिनी कोरिया बाट ३७ बर्ष अगाडी अमेरिका आएका हुन l स्थापनाकाल कस्तो रह्यो र कसरि सुरुवात गर्नु भयो भन्ने जिज्ञाशा राख्दा प्रारम्भिक चरणमा सामुदायिक केन्द्रबाट प्रतियिगिता आयोजना गरिएको जानकारी दिए भने आफु फेब्रुअरी ,१९७६ मा अमेरिका आए पछि ते-क्वान्दोको अवस्था हेर्दा ते-क्वान्दोलाई अझ मौलिक ते-क्वान्दो जस्तो बनाउनु पर्छ र ज्ञान दिनु पर्छ भन्ने उदेश्य साथ आफुले कदम चालेको जानकारी दिए l  संस्थापक एच के ली लाई यो पंक्तिकारले आफु नेपालबाट हु भन्दै आफ्नो परिचय दिदा उक्त कार्यक्रममा ९ जना नेपालीहरु ,न्यु योर्क ,भर्जिनिया ,मिसिगन र म्यारिल्याण्ड आदि राज्यहरुबाट प्रशिक्षक ,निर्णायक तथा सहयोगीहरु रहेकोमा खुसि व्यक्त गर्दै र आफु पनि नेपालको बिभिन्न ठाउमा भ्रमण गरेको जानकारी दिएका थिए lनेपालको ते क्वान्दो खेलको बिकासको लागि आफुले सहयोग गर्न तैयार रहेको ईक्षा व्यक्त गरेका थिए l बिशेष ते-क्वान्दो प्रतियोगिताका प्रमुख प्रशिक्षक गुरु कुमार कार्कीको प्रवेशले ठुलो सहयोग भएको जानकारी दिदै नेपाली प्रशिक्षक/निर्णायक समुह प्रति कृतज्ञता ज्ञापन गरेका छन् l उक्त खेलमा बिभिन्न वर्गमा बिभिन्न उमेरका प्रतियोगीहरु सहभागी रहेका थिए भने नेपालीहरुको पनि सहभागी रहेको थियो भने ८-९ बर्षको उमेरको प्रतियोगितामा पुम्सेमा कृष कार्की प्रथम र प्रतिस्पर्धा प्रतियोगितामा कृषा कार्की द्वितीय स्थान हासिल गरि नेपाली प्रतियोगिहरुमा खाता खोल्न सफल भएकी छिन् l उनि कालो फित्ताधारी (ब्लाक बेल्ट ) हुन् l नेपालीहरुको तर्फबाट अनमोल गोर्खाली पुम्सेमा र प्रतिस्पर्धा प्रतियोगिता दुवैमा प्रथम स्थान प्राप्त गरेका छन् lउक्त ते क्वान्दो प्रतियोगितामा नेपाली प्रशिक्षक ,निर्णायक तथा सहयोगीहरु क्रमस ,कुमार कार्की (प्रमुख प्रशिक्षक),लव गोर्खाली ,जगन लाल श्रेष्ठ ,कृष्ण बलाल ,प्रकाश थापा ,सुमित्रा परियार ,कल्पना कार्की ,दुर्गा गुरुङ र अमुल गोर्खाली आदिहरुको प्रतक्ष्य संलग्न रहेको थियो भने उक्त प्रतियोगितामा ४४ वटा बिद्यालयहरुले भाग लिएका थिए l     विजय थापा भर्जिनिया ,अमेरिका              

ANATEXAS · Mar 2, 2013 7:33 PM · 4,592 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all