http://nayakhabar.com/?p=33370 पारस शाहको होस् खुल्यो काठमाडौं,फागुन १९ । हृदयघात भएपछि थाइल्याण्डको बैंककमा उपचार गराइरहेका पूर्व युवराज पारस शाहको होस खुलेको अस्पतालले जनाएको छ । बैंककस्थित समितिभेज अस्पतालले शनिबार जारी गरेको बिज्ञप्तीमा पारसको होस् खुलेको र मान्छे चिन्न सक्ने अवस्थामा रहेको जनाइएको छ । अस्पतालका कार्डियोलोजिस्ट डा माना चान्डाभिमोलद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा उहाँलाई अझैं भेन्टिलेरटमै राखेर उपचार भइरहेको जानकारी दिइएको छ । हृदयघात भएपछि पारसलाई फागुन ८ गते बैंकको समितिभेज अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पतालमा लैजादा बेहोस उहाँको पहिलो पटक होस् खुलेको हो । बैंकक स्थिति बिभिन्न अस्पतालका बिशेषज्ञहरु उनको उपचारमा सक्रिए थिए । गैर आवासीय नेपाली संघ थाइल्याण्डका सचिव सुनिल खड्काले उपलब्ध गराएको अस्पताल बिज्ञप्ती अनुसार उहाँको शरीरका अंगहरु सक्रिय हुन थालेका छन् । बुधबार उहाँको मुटुको धमनी बन्द हुँदा चिकित्सकलजे क्रितिम यन्त्रको सहायताले फुलाएका थिए । शनिबार उहाँको पेटबाट रक्तश्राप सुरु भएको थियो भने आइतबार मात्रै चिकित्सले त्यसलाई नियन्त्रणमा लिन सफल भएका थिए । स्थिर रहेको उहाँको तापक्रममा सुधार आएको छ । उहाँलाई भेन्टिलेटरबाट निकालेपछि एमआरलाई गर्ने तयारी गरिएको छ ।
bourneidentity · Mar 2, 2013 2:36 AM · 11,737 views
good news.
jhapaliketo · Mar 2, 2013 6:28 AM
हृदयघात ले कोमामा पुर्याएकाहरु पक्षघात हुने सम्भावना धेरै हुने कुरा सुनिन्छ , पक्षघात नभएको समाचार हो भने नेपाल देखि बिदेस पुगेका हरु धुपबत्ति बालेर मृत्युको उपसाना गर्नेहरुले थप पुजा आजा गर्नु पर्ने भो | आसा गरौ यो घटनाले उसलाई जिबनमा नया मोड र सद्बुद्दी देओस | खर्पतेहरु :दुर्बचन लेख्नु अघि आफ्ना बाउआमालाई दुर्बचन गरेर मात्र लेख !
Magorkhe1 · Mar 2, 2013 7:26 AM
hurray aba paras le phere youn samparga garna paone bhayo
intelligentguy · Mar 2, 2013 8:15 AM
Good news for Ganja byapari and pimps. Paras will be enhancing their business soon. Jai hos Paras sarkar ko !!
sidster · Mar 2, 2013 10:22 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion