नेपाली महिला पनि डोन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

लौ हेर्नुस् ‘आक्रमणकारी महिला डन’ र आक्रमणको पूर्ण बिवरण नेपाल आदिबासी जनजाति महा संघ, बेल्जियमले अतिथिका रुपमा बोलायो, म गएँ । कार्यक्रम हुने हलमा बेलैमा पुगें म कुल मगर र पिजी शेर्पासित । हामी पुग्दा थोरै मात्रै थिए मानिस । पिजी शेर्पा, पासाङ लगायत केहि अपरिचित साथीहरुसित गफ गरेर बसियो । केहि बेरमा मानिसहरु थपिँदै गए । आइपुगे एन आर एन बेल्जियमका आई सिसी सदस्य अर्जुन श्रेष्ठ र सल्लाहकार युवराज गुरुङ अनि पदम गुरुङ लगायतका तिनका टोली । अर्जुन श्रेष्ठले नेपालप्लसमा लेखिएका एन आर एनमा भएका बेथिति र अन्य प्रसंग उठाए, सुनाए । ‘तपाईहरुको असहमती होला, तर लेख्नेलेपनि कुनै आधार र सूचना बेगर त पक्कै लेखेन होला नी’ भन्दै मैले ध्यान दिएर सुनें । अनि हार्दिकतापूर्वक छलफल गरौं, हाम्रा असहमती छन् । तिनलाई अहिले यस्सो कुनामा एक छिन हामी सँगै बसेर सुधारौं । त्यसो गर्दा हार्दिकता रहन्छ । केहि बेर छलफल गरौं भने अर्जुन श्रेष्ठले । कुराकानी हुँदा हुँदै अन्य ब्यक्तिहरु आए । कार्यक्रम शुरु हुनै लागेकाले अहिले नबसौं, कार्यक्रमकै लागि भनेर आएपछि त्यो छुट्दा आयोजकको अपमान हुन्छ । त्यसैले पछि गरौंला छलफल भनियो । उनीसित अर्को दिन अर्थात २५ तारिख बिहान कुल मगरको रेस्टुरेन्टमा बसेर चिया पिउँदै हार्दिकताकासाथ छलफल गर्ने सहमती गरियो र आआफ्ना बाटा लागियो । लेखेका विषयमा स्रोत खोल्नुपर्ने, स्पष्ठिकरण दिनुपर्ने भनेका भए त्यहिँ अस्विकार गर्ने थिएँ मैले । तर हार्दिकताकासाथ छलफल भनेर मैले स्विकार गरें । २५ तारिख बिहान मैले लिन लागेको अन्तर्वार्तापनि २६ को लागि त्यहिँबाट फोन गर्न लगाएर सारें । एन आर एन बेल्जियमका आई सि सी सदस्यसित अर्को दिन बिहान भेट्ने सहमती गरिसकेपछि आआफ्नो काममा लागियो । आई सिसी सदस्य अर्जुन श्रेष्ठको साँगठनिक हैसियत जानकी गुरुङको भन्दा माथि मानिन्छ । एन आर एनको सर्वश्रेष्ठ ब्यक्तिसितै सहमती गरेपछि त लागू हुनुपर्ने हो । हामीले त्यहि विश्वास लियौं र हिँड्यौं । मलाई लागेको के भने भेटघाटकोलागि सल्लाह र सहमती गरेर हिँडेका अर्जुन श्रेष्ठको भनाई त्यहाँ तोडियो  वा उनलेनै आक्रमणको प्रिष्ठभूमी तयार पारेका हुन् । त्यो म जान्दिन । सहमती गरेर हिँडेपछि पालना नहुनु र तिनदिन सम्म जानकी गुरुङको गुण्डा डफ्फाले धाक लाउनुको कारण अर्जुन श्रेष्ठ र युवराज गुरुङमाथि पनि शंका गर्ने ठाउँ छ । तरपनि अर्जुन श्रेष्ठ हामीसित शालिनरुपले सहमती, मित्रवत छलफल गर्ने तरिकालेनै प्रस्तुत भएका थिए । कार्यक्रम शुरु भयो । म आफ्नै तालमा बक्ताका तस्विर लिने र अडियो रेकर्ड गर्नतिर लागें । तर उनीहरु त पुरै बदनाम गर्ने, कुटपिट र आक्रमण गर्ने, होहल्ला मच्चाएर कार्यक्रम बिथोल्ने प्रयासमा लागेछन् । म आफु आमन्त्रित पाहुना भएकाले कसरि राख्ने, ब्यवहार गर्ने आयोजककै जिम्मेवारी थियो । मैले चिन्ता मान्नुपर्ने थिएन त्यो विषय । म अन्तर्राष्ट्रिय पत्रकार महासंघको पनि सदस्य भएकाले त्यसको कार्यालय बेल्जियममै थियो । म एक्लै आफ्नो तरिकाले गएको भए त्यहिँ खबर गरेको भएपनि प्रशस्त सुरक्षा दिने थिए । बेल्जियम प्रशासनलेपनि दिने थियो । तर मैले त्यसो गरिन । यद्दपी एन आर एन बेल्जियमको वार्षिक साधारण सभामा एन आर एन बेल्जियमकि अध्यक्ष जानकी गुरुङले मञ्चबाटै धम्कि दिएकि थिईन् । जहाँ म उपस्थित थिईन । मञ्चबाटै उनले ‘लौ बेल्जियम आएर देखाओस् त । बेल्जियममा उसको पक्षमा तिन जना मान्छे मात्रै देखओस् त’ भनेर चुनौति दिएकि थिईन् । राजनितिक कार्यक्रम अन्त भयो । म हिँड्न खोजें । बिचमा एक जना महिला आएर मेरो बाटो छेकिन् । रहिछिन्, अनिता लामा । उनले ‘पत्रकारले जे पायो त्यो लेख्न पाउँदैन’ भनिन् । त्यो सत्य थियो । मैले हो पाइँदैन भनें । अनि मैले लेखेका समाचार कुन के हो नभनिकनै अर्काको बेइज्जत गरेको, त्यस्तो लेख्नेलाई कारवाही गर्नुपर्ने आदि अनेक बेप्रसंगका कुरा निकालेर धम्काउन खोजिन । अगाडि आक्रमण गर्न खोज्नेमा एन अर एन अध्यक्ष जानकी डन उभिईन् । उनी जन सम्पर्क समिति बेल्जियमकि सल्लाहकारपनि हुन्। साथमा लागिन् एन आर एन बेल्जियमकि सचिव अनुजा प्रधान । शुरुमै बाटो छेकेर हुलमुल बोलाउने थि ईन् अनिता लामा । त्यसपछि बाटो छेकिन् अनुजा प्रधानले । यि एन आर एनकि सचिव । त्यतिले नपुगेर पासपुच भन्ने संस्थाको कार्यकारी बोर्डकिपनि सदस्य । पछाडि बसेर महिलालाई कुटपिट गर्न उकास्नेमा पदम गुरुङ प्रमुख थिए । यि एन आर एन लगानी कोष बेल्जियमका प्रमुख । यस्तो गुण्डाले नेपालमा लगानी लैजाने रे । यस्तो मान्छे अझ कलाकार संघ, बेल्जियमकोपनि पूर्व अध्यक्ष । नन्द घलेपनि उसैगरि उकास्ने र जोरी खोज्ने थिए । यि नन्द घले हुन् जन सम्पर्क समिति बेल्जियमका सल्लाहकार । सल्लाह त बहुत राम्रो दिन्छन् होला यिनले । अर्को कुटपिट गर्न उक्साउने र त्यसको भिडियो खिच्ने थिए चिनिया दुवाल । ति चहैँ बाहिर लैजानै पर्छ, कारबाही गर्नै पर्छ भनेर उचाल्ने र त्यसको भिडियो खिच्ने गर्दै थिए । बाँकि केहिको नाम चिन्न सकिएन । एन आर एन बेल्जियमले गरेको अनियमिताको मैले जब पर्दाफास गरिदिएँ तब धेरैको टाउको दुखाई र बेइज्जत भएको महसुस भएको रहेछ । त्योपनि झुठो होइन, एन आर एन बेल्जियमको माईन्युटकै फोटोकपी पाएपछि लेखेको थियो नेपालप्लसले । मैले असत्य समाचार लेखे त्यसको न्यायिक बाटो भएको र असत्य समाचार, लेख लेखेको भए मपनि सजायँकालागि राजि भएको, मपनि उम्किन नपाउने कुरो बताएँ । अनिता लामा झन झन जँगिईन् हलमै । अहिले यहाँ भर्खरै बाहिर गएर स्रोत खोल्नुस्, हिँड्नुस्, हामी छलफल नगरि छोड्दैनम्’ भन्न थालिन । मैले ‘अर्जुन श्रेष्ठसित भोलि बिहान बसेर गफसफ गर्ने सहमती भैसकेको छ, भोली बसौंला, अहिले हतार छ, म जान्छु’ भनें । त्यसपछि बाटो छेक्न आईन अर्कि महिला । रहिछिन् एन आर एन बेल्जियमकै सचिव अनुजा प्रधान । त्यसपछि जनजाति महासंघका ब्यक्ति आएर ‘हाम्रो कार्यक्रमको पाहुना भएकोले अहिले उहाँलाई छोडिदिन आग्रह गरे । अर्को दिन बसेर छलफल गर्ने सहमति भएको दोहोर्‍याए । म अलि अगाडि बढें । ढोकैमा आए पदम गुरुङ, जानकि गुरुङ लगायतका अन्य । उनीहरुले बाटो छेके । मानिसका आआफ्ना काम हुन्छन् । के जसले जतिखेर जहाँ बोल्न मन लाग्यो त्यहिँ बाटो छेक्ने ? एक थरीले बाटो छेके अर्का थरीले बल र मुड्कि लगाएरै हटाएर अगाडि बढ्ने हो भने युवराज गुरुङ, जानकि गुरुङ, अनुजा प्रधानहरुको बाटो कति ठाउँमा छेकिन्छ ? के बेल्जियममा हुने कार्यक्रममा टाउको फुट्ला भनेर सबैले हेलमेट लगाएर हिँड्ने ? आर्काको निम्तालुलाई आक्रमण गर्न खोज्ने, बाटो छेक्ने गरेपछि एन आर एनको कार्यक्रममा अर्को थरीले त्यसैगरि भाँजो हाल्ने ? पुरुषहरु अगाडि आएर मुकाबिला गर्न सकिन्न, त्यसो गरेको खण्डमा आयोजकहरुले छोड्दैनन् भन्ने भएपछि योजनाकारहरुले महिलालाई अगाडि सारे । आफुहरु पछाडि बसे । महिलालाई आक्रमण गर्न भन्ने । अनि जाइलागेमा ‘महिलामाथि हात छोड्यो’ भनेर जोरी खोज्ने योजना बनाएछन् । तर त्यहाँ आफुलाई मन नपरेको कुरा खण्डन गर्ने, शालिन तरिकाले प्रस्तुत हुने र अन्य बिधि सम्मत उपाय अपनाउनु पर्छ, पत्रकारलाई धम्कि दिनुहुन्न । र यो कार्यक्रम भाँड्ने योजना हो भनेर कस्सिए । आक्रमणको दुस्साहस गरेमा महिला सहिला भनिन्न भन्दै केहि मान्छे कस्सिएपछि त्यो दुस्साहस गर्न सकेनन् । उनीहरु ठेलमठेल गर्दै, अँचेट्ने, कुटौंला झैं गरेर उत्रिएका थिए । त्यसको फोटो खिच्ने र तमासा हेर्ने उत्तिकै भए । बाहिर पानी परिरहेको थियो । हिउँ परेकोले जाडो उत्तिकै थियो । तर उनीहरु ‘ल यहाँ कार्यक्रम भाँडिन्छ भने हल बाहिर जाउँ, दशै मिनेटलाई जाउँ’ भनेर जबर्जस्ति गर्दै थिए । बाटो छोड्न नमानेपछि केहि साथीहरुले ‘बाटो छेक्नेनै भए के बाटो फाँडौं त ?’ भनेर जवाफ दिए । कसैले ददि सापकोटामाथि छिस्रिक्क भो भने छोडिन्न’ भन्न थाले । एन आर एन बेल्जियमकि अध्यक्ष जानकि गुरुङले त ‘यहाँ केहि बास्तविक पत्रकार छन्, केहि पित पत्रकार छन्, तिनलाई बहिस्कार र तिरस्कार गरिनुपर्छ’ भनेर नाम नलिइकनै मन्तब्यका क्रममा उफ्रिएकि थिईन् । मैले त्यसको त्यहिँ मञ्चबाटै प्रतिबाद गर्न दुई मिनेट समय माग्दा आयोजकले दिएनन् । हुन्न, मिल्दैन भनियो । बिबाद बढ्छ भनेर त्यसो गरेकाले मैले सम्मान गरें । मेरो सुटकेश समाउने साथीलाइ ‘तपाई बडि गार्ड हो ददीको ?’ भन्ने । प्रतिबाद गर्ने अन्यलाई तपाई प्रवक्ता हो ? भन्ने गरेकि थिईन् जानकिले । अरुको साथ लागेको देख्दा आफुले त्यसो भन्ने हो भने आफ्ना पछि चौबिसै घण्टा माहुरीको रानो झैं घुम्नेलाई आफुसित जोडेर केहि भने के गर्ने होला भन्नेसम्म हेक्का नभएको देख्दा दुनियाँ हाँस्दै थिए । अरुलाई ब्यक्तिगत कुरा उठाउने ? भन्ने । आफुचाहिँ अरुका ब्यक्तिगत कुरामा मान्छेनै पिच्छे ट्याग लगाउने गर्दै थिईन् । पिजी शेर्पाले खुरुक्क जान दिनुस्, हाम्रो कार्यक्रममा यहाँ नचाहिँदो गर्ने ? भन्दै मलाई पुर्‍याउन हिँडे । पछि त्यहाँ दुई पक्षबिच भनाभन र बहस चर्कै परेछ । त्यसपछिपनि राजालाई भेट्न बिन्तिपत्र हाले झैं ‘मसित भेट्नु पर्‍यो, भोलि मिलाउ, पर्सि मिलाउ, साँझ मिलाउ’ भन्दै मैले भेट्ने र संगत गर्ने जतिका मोबाईलमा सयौं पटक फोन गरेछन् । त्यसमा तिनै अर्जुन श्रेष्ठ र जानकि गुरुङ थिए । समय छैन हाम्रो भन्नेहरुको पेशा नै फोन गरेर भेट्नु पर्‍यो भन्ने बनेको थियो । बिहान हार्दिकतापूर्वक छलफल गरौं भनेका बेला दशै मिनेट भएपनि पुग्छ भन्नेमा युवराज गुरुङ र अर्जुन श्रेष्ठपनि भएकालेपनि त्यो प्रिष्ठभूमि तयार पार्नेमा यिपनि थिए कि भन्ने मेरो शंका हो । किनकि छलफल र बहस, तिनका जिज्ञासा के दश मिनेटमै सकिने थियो त नत्र ? हार्दिकतापूर्वक कुरा गरौं न त, संवन्ध किन बिगार्ने ? कमजोरी देखाउँछन् भने सुन्दा के फरक पर्छ त ? आखिर मेडियालाई सबैसित हार्दिकता भए नै फाइदा हुने हो भनेर मैले स्विकार गरेको थिएँ । तर गुण्डागर्दी गरेपछि त्यो हार्दिकता रहने कुरो भएन । त्यसपछि मैले बिन्ति हाल्नेहरुसित भेट्न चाहिन । सिधै भनिदिएँ ‘हैन न्यायिक तरिकाले जान भनिदिनुस्, मपनि न्यायिक तरिकालेनै जाउँला । यदि कानुनले मेरो दोष र अपराध देखाउँछ भने म हाँसि हाँसि त्यो भोग्न तयार छु र मैले भोग्नै पर्छ । तर कसैका धम्कि सहिन्न । भेट्न आईज भन्नासाथ गईन्न ।’ के पत्रकारको काम बाटोघाटो कुरेर र फोन बजाएर फलाना ठाउँमा स्पष्ठिकरण दिन आइज भन्नासाथ जाने हो र ? किन जाने ? प्रशासनले बोलाए त भनेकै बेला उपस्थित हुनै पर्छ भन्ने हुन्न । संस्थाको पैसोमा अनियमितता गरेर पत्रकार धम्काउन खोज्नेले भन्नासाथ किन जाने ? गल्तिनै गरेको रहेछु यदि कानुनत भनेपनि मैले कति सजायँ भोगौंला ? त्यो भोग्छु । र मलाई थाह छ,ति धम्किबाजहरु मध्ये केहिले एन आर एनको पैसो हिनामिना गरेका मात्रै छैनन् कि अन्य अबैध धन्दापनि गरेका छन् । संस्था दर्ता नगरि, बेल्जियमको प्रशासनलाई खबर नगरि, स्विक्रिति नलिईकनै अनेक नाममा चन्दा उठाएका छन् । कुनै पैसोले पुरेतलाई हिराको औंठी दिएका छन् । कुनै पैसोले पसल खोल्नेपनि त्यहिँ बेल्जियममा छन् । त्यसैले तिनको कानुनसम्मत तरिकाले जाने त हैशियतनै छैन । तिनले कानुनलाई मात्रै धोती लगाएका छैनन् कि हाम्रो धर्म, धार्मिक पुस्तक, हाम्रा मान्यतालाई कुल्चिने काम गरेका छन् । त्यसैले त्यस्ता सित उल्टो हामीनै डराउनुपर्ने ? यि कतिसम्म अबुझ र अज्ञानी रहेछन् भने पत्रकारले आफ्नो सूचनाको स्रोत अदालतमा पनि खोल्न बाध्य हुन्न भन्ने थाह नभएर मलाई ‘लेख र समाचारको स्रोत के हो ? कसले दियो?’ त्यो हाम्रो अगाडि आएर खोल्नुपर्छ’ भनेर कुर्लिँदै थिए । कुनैपनि समाचार झुठो लागेमा, असत्य, मानीहानी हुने लागेमा बिधि सम्मत तरिकाले पहिले खण्डन गर्नुपर्छ भन्नेसम्मपनि थाह रहेनछ । किनभने यिनले आजसम्ममा एक पटकपनि समाचारको खण्डन मलाई पठाएका थिएनन् । र मलाई त अझ कुन के विषयको मन नपरेको हो भन्ने सम्मपनि जानकारि थिएन । दोस्रो दिन म अन्तर्वार्ता लिन जाने ठाउँमापनि फोन गरेर ‘त्यसलाई त मैले पिट्न खोजेको, पिट्नुपर्छ’ भनेकि रहिछन् जानकिले । त्यहाँपनि हप्की खाइछन् । मेरो सुरक्षा गर्नु पर्ने दायित्व निम्ता गर्ने नेपाल आदिबासी जनजाति महासंघको थियो । तिनले बुद्दिमता किसिमले आक्रोसित नबनि त्यो पुरा गरे । कार्यक्रम सफल बनाए । एन आर एन बेल्जियमको उद्देश्य नै त्यो कार्यक्रम भाँडेर असफल बनाउने योजना रहेछ । त्यो गर्न सकेनन् । यदि त्यहाँ केहि घटना भएको भए जनजाति महासंघको कमजोरि देखिने थियो । पत्रकारहरु सुरक्षित हुनुपर्छ, कहिँ कसैले धम्काउन, जबर्जस्ति गर्न पाउँदैनन् । मन नपरे, असहमत भए कानुनी प्रक्रिया अपनाउने बाटा रोज्नुपर्छ भन्ने बुझेकाहरुले त्यहाँ राम्रो भूमिका खेले । म नेपाल पत्रकार महासंघको संरक्षकपनि भएकाले पत्रकारिताको आचार संहितालाई अझ बढि पालना गर्नु, युरोपका पत्रकार साथीहरुको सुरक्षालाई सकेसम्म ध्यान दिनु, ख्याल गर्नु मेरो जिम्मेवारी हो । यस अघि भएका अन्य धम्कि र अपमानमापनि मैले सकेसम्म त्यसमा साथ दिँदै आएको छु । अझपनि दिन्छु । यस्ता गुण्डागर्दी गर्ने, संस्थाको रकम आर्थिक घोटाला गर्ने र कानुनी राज्यलाई नेपालमा डन लगाएर तह लगाउन खोजे झैं गर्छु भन्नेसित अझै लडिन्छ । तिनका दुस्साहससित झुकिन्न । अँध्यारा कोठामा योजना बुन्ने, पर्दा पछाडिबाट रिमोट चलाउन खोज्ने, अरुलाई उक्साएर झोसिदिने र आफु बच्ने गुण्डाहरुले बेलैमा बुझुन् ।

cybernepali · Mar 1, 2013 9:03 AM · 2,034 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all