A whole group of Nepal police against a poor and helpless dog.
pAkHETa · Feb 28, 2013 4:21 PM · 39,420 views
Jun Deshma Manchhe ko Jeevan laI Kukur ko jeevan deinchha..tyo desh ma kukkur ko jeevan aajha kastakar hunchha! Wanna do sth about it ....who will listen?
sanju.baba · Mar 2, 2013 2:16 PM
Many of you thought the spectators on the dog killing even were innocent. Just look at this mass killing a leopard. Police or People we are all the same and have no respect for life. २८ चैत, काठमाडौं । पशुपति क्षेत्रमा केही दिनयता जनावर र मान्छेलाई दुख दिँदै आएको चितुवालाई एयरपोर्ट नजिकै गोठाटार हाइटका स्थानीयबासिन्दाले लौरोले हानेर मारेका छन् । बिहान ६ बजे टोलमा देखिएको चितुवालाई नियन्त्रणमा लिने सरकारी प्रयास असफल भएपछि स्थानीयबासिन्दाले लौरोले हानेर चितुवालाई मारेका हुन् । चितुवासितको भिडन्तमा एक दर्जनभन्दा बढी स्थानीयबासिन्दा घाइते भएका छन् । बिहान चितुवा देख्ने बित्तिकै सीमित संख्याका प्रहरी र संयौको संख्यामा रहेका स्थानीयवासीले रेष्टुरेन्ट नजिकैको बाँसको झ्याङ्गभित्र चितुवालाई घेरा हालेर राखेका थिए । चितुवा रहेको जानकारी पाएपछि हेर्न जम्मा भएको भिड । त्यसपछि वन मन्त्रालय र चिडियाखानामा खबर पुग्यो । मन्त्रालय र चिडियाखानाको टोली घटनास्थल पुगेर चितुवालाई नियन्त्रणमा लिने प्रयास भयो । ‘तर मान्छेको भीडले चितुवा बिच्किएको हुनाले नियन्त्रणमा लिन सकिएन’ चिडियाखानाका बरिष्ठ भेटनरी अधिकृत राधाकृष्ण घर्तीले अनलाइनखबरसित भन्नुभयो । चिडियाखानाबाट गएको टोली चितुवा नियन्त्रणको प्रयासमा । मान्छेको भीड देखेर बिच्केको चितुवालाई गोलीमा लठ्याउने औषधि हालेर नियन्त्रणमा लिन खोजिएको थियो । तर झाडीभित्र लुकेको चितुवालाई एउटा गोली पनि लागेन । एकतिर गोली हान्दा अर्कैतिरबाट चितुवा निस्केर मान्छेमाथि नै आक्रमण गर्न थाल्यो । त्यस क्रममा चितुवा समाउन गएका चिडियाखाना कर्मचारी बालकृष्ण गिरी सहित केही स्थानीयबासिन्दा घाइते भए । स्थानीयले जिस्काएपछि बाँसघारीबाट निस्किएको चितुवा । बाँसघारीबाट भाग्ने क्रममा भिडतिरै झम्टिँदै चितुवा र भाग्दै गरेकाहरू । बाँसघारीबाट निस्किएको चितुवाले झम्टिएपछि भाग्दै । भाग्ने क्रममा चितुवा र मानिसले लडिबुडी खेलेका थिए । बाँसघारीबाट निस्किएको चितुवाले झम्टिएपछि भाग दौड नै मच्चिएको थियो । मानिसहरु भाग्दा उठेको धुलोले एक अर्कालाई नदेखिने अवस्था आएको थियो । चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयबासिन्दा आक्रोशित भए । मान्छेभन्दा बढी आक्रोशित भएको चितुवालाई सबै मिलेर लौरोले हान्न थाले । मान्छेले चारतिरबाट आक्रमण गर्न थालेपछि चितुवा उम्कन पाएन । बिहानदेखि स्थानीयबासिन्दाले घेरा हालेर राखेको चितुवा दिउँसो झण्डै ३ बजे मारिएको थियो । चितुवालार्इ घेरा हालेर लठीले कुट्दै स्थानीय युवाहरू । स्थानीयले कुटेरै चितुवा मारेका छन् । केही दिनयता पशुपति क्षेत्रमा गाईका बाच्छा मार्नुका साथै चितुवाले मानिसहरुमाथि समेत आक्रमण गर्न थालेपछि पशुपति क्षेत्र वरपरका मानिसहरु चितुवाको आतंकबाट भयभीत भएका थिए । मारेपछि चितुवा घिसार्दै स्थानीय युवाहरू ।
sidster · Apr 10, 2013 7:17 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion