http://www.nayapatrika.com/ind... रमित ढुंगाना, अभिनेता अभिनेता रमित ढुंगाना केही समययता परिवारसहित अमेरिका बस्दै आएका छन् । त्यहाँका 'ग्रीनकार्ड होल्डर’ रमित त्यहाँ 'बुद्ध बर्न इन नेपाल’ नामक फिल्म निर्माणको तयारीमा लागेका छन् । वेलावेला स्वदेश आउने गरेका उनीसँग स्काइपमा गरिएको कुराकानी : अमेरिकामा के गर्दै हुनुहुन्छ ? यहाँ कलाकारिताबाहेक केही गर्दिनँ । प्रेमराजा महत, गौरी मल्ल, विक्रान्त बस्नेतसँग मेरो सुमधुर सम्बन्ध छ । उहाँहरूसँगै कार्यक्रमहरूमा जान्छु । यहाँ नेपाली कलाकारको संघ नै छ । संघले बृहत् कार्यक्रम गरिरहन्छ, ती कार्यक्रममा पनि सहभागी हुन्छु । यहीँ मेरा छोराछोरी र भान्जाभान्जी पनि छन् । उनीहरूसँग विभिन्न स्टेट घुम्दै रमाइलोमा दिन बितिरहेछ । कलाकारहरू पैसा कमाउनै विदेश जान्छन्, होइन र ? पैसा त मैले पनि कमाइरहेकै छु नि । यहाँका कार्यक्रममा पारिश्रमिक पाइन्छ । नेपालबाट आउँदा मैले नै अभिनय गरेका फिल्म ल्याउने गरेको छु । 'पलपलमा' र 'जीवनमृत्यु' फिल्म दुई वर्षसम्म अमेरिकाको २७ वटाभन्दा बढी स्टेटमा देखाएँ । क्यानडामा पनि चलाएँ । दर्शक कसरी जुटाउनुहुन्छ त ? अमेरिकामा नेपाली मिडिया प्रशस्तै छन्, जसका कारण प्रचार-प्रसारको कुनै समस्या छैन । कार्यक्रम हुँदा रेस्टुरेन्टहरूमा पनि ब्यानर झुन्ड्याउँछौँ । सायद आफ्नै भाषाको फिल्मप्रतिको मोहका कारण होला, नेपाली दर्शक फिल्म हेर्न धेरै आउँछन्, मजाको भीड नै हुन्छ । त्यहीँमाथि कतिपय नेपाली दाजुभाइका छोराछोरी नेपाल गएका नै छैनन्, आफ्ना केटाकेटीलाई नेपाली फिल्म देखाउन पाउँदा उनीहरू खुसी हुन्छन् । २७ वटा स्टेटमा फिल्म देखाउँदा पैसा त राम्रै कमाइ भयो होला नि ? टिकटदर १० डलर थियो । नेपाली दाजुभाइको बसोबास धेरै भएका सिटीहरूमा फिल्म देखायौँ । उनीहरूको उपस्थिति पनि सोचेजस्तै पायौँ । जति धेरै दर्शक उति धेरै डलर कलेक्सन हुन्थ्यो । तर, डलर कलेक्सन बढ्ने भयो भन्दा पनि उनीहरूले अब नेपाली फिल्मबारे कस्तो प्रतिक्रिया दिन्छन् भन्ने सोचेर खुसी लाग्दो रहेछ । तर, धेरैपटक छिटै र्फकनुपर्ने बाध्यताले गर्दा ल्याएको फिल्म पनि देखाउन पाएको पनि छैन । अमेरिका कसरी पुग्नुभयो ? अमेरिकामा 'डिनायल' नामक फिल्म बन्दै रहेछ । डिनायल इन्टर्नल मुभी थियो, हलमा चलाउने उद्देश्य थिएन । फिल्ममा म्युजिसियन क्यारेक्टरका लागि निर्माता बबले मलाई बोलाए । टेक्सासको डालसमा टाँगिएको नेपाली फिल्मको पोस्टरमा देखेपछि मेरो खोजी सुरु भएको रहेछ । उनले भिसा पठाइदिए, परिवारसहित अमेरिका पुगेँ । मेरी दुई दिदीको परिवार १२ वर्षदेखि न्युयोर्कमा छन् । म भने ममी र श्रीमतीसहित अमेरिका पुगेको थिएँ । पहिलोपटक २९ दिन बसेर हामी सँगै फर्कियौँ । त्यो बसाइँमा मैले अमेरिकाको गि्रनकार्ड अप्लाई गरेको थिएँ । त्यो फिल्ममा तपाईंको भूमिका ? डिनायल ४० मिनेटको फिल्म हो, जसमा एउटा गीतसहित मेरो पाँच सिन छ । 'माया नमार' फिल्मको 'मुग्लानपारि तरेर गण्डकी' गीतको रिमिक्समा ५० जनाभन्दा बढी र्‍यापर र हजारौँ दर्शकको भीडमा मेरो सुटिङ थियो, अहिले पनि त्यो सुटिङ सम्झँदा आनन्दित र प्रफुल्लित हुन्छु । नेपाली कलाकार अमेरिका पुगेपछि र्फकनै चाहँदैनन्, तपाईंको सोच के छ ? भविष्य कसैले देखेको छैन, तर अहिले अमेरिका बसाइँ मेरो कल्पनामै छैन । पहिलोपटक अमेरिका आएको अहिले ठ्याक्कै पाँच वर्ष बितेछ । यो मेरो १०औँ यात्रा हो । प्रायः म ममीलाई पुर्‍याएर र्फकन्छु अनि लिन आउँछु । नेपालमा आफ्नै बिजनेस छ, सिनेमा उद्योगबाट पनि सन्तुष्ट नै छु । पहिलोपल्टको अमेरिका यात्रामा नै मैले गि्रनकार्ड पाएको हुँ । मलाई अमेरिकी सरकारले नेपालमै गि्रनकार्ड पठाएको थियो । गि्र्रनकार्ड लिए पनि यतै बस्ने सोच आएन । ममीलाई पुर्‍याउन श्रीमती र म सँगै आउँथ्यौँ र सँगै र्फकन्थ्यौँ पनि । हामी दुवैको अमेरिका बस्ने इच्छै थिएन । त्यति वेला छोराछोरी पनि इन्डियामा पढ्थे । धेरै पछि मात्रै छोराछोरीको उचित शिक्षाका लागि बाध्यताले उनी बसेकी छिन् । उनीहरूको सम्झनाले मात्रै मलाई पटक-पटक अमेरिका ल्याइपुर्‍याउँछ । पाँच वर्षमा १० पटक अमेरिका पुगिसक्नुभयो, अमेरिकामा बढी बस्नुहुन्छ कि नेपालमा ? अमेरिकाबाट तीन/चारपटक एक महिनामै फर्किएको छु । धेरै बस्दा ६ महिनासम्म । तर, यसपटक सात महिना बितिसक्यो, अझै फर्किने चाँजोपाँजो मिलेको छैन । त्यहाँ तपाइर्ंलाई के कामले अल्झाइरहेको छ ? लामो समयपछि फिल्म बनाउँदै छु । ७० प्रतिशत अमेरिकामा खिच्ने लक्ष्य छ, त्यसकै इजाजतको पर्खाइमा छु । यहाँका संघसंस्थाको पनि सहयोग पाएको छु । नेपालमै 'आइडिया' फिल्म एगि्रमेन्ट गरेर आएको हुँ, त्यसैले पनि नेपाल फर्किन मलाई हतार छ । तर, अनुमति लिएर मात्रै र्फकन्छु । १० महिनामा सय फिल्म रिलिज भए, त्यसमा ९५ फिल्म फ्लप भए, झन् अमेरिकामा फिल्म खिच्दा अवश्य नै लगानी बढ्छ, जोखिम मोलेजस्तो लाग्दैन ? मैले 'माया नमार' फिल्म व्यापारिक दृष्टिकोणबाट बनाएको थिएँ । त्यही फिल्मबाट मैले नायकका रूपमा डेब्यु गरेको हुँ । तर, नयाँ फिल्म व्यापारिक दृष्टिकोणले भन्दा पनि देशभक्तिको भावनाबाट अभिप्रेरित भएर बनाउँदै छु- 'बुद्ध बर्न इन नेपाल' । छोरीको नामबाट यतै सागरिका फिल्मस् प्रोडक्सन युएसए दर्ता छ, सोही ब्यानरबाट यो फिल्म बनाउँदै छु । यो फिल्म राष्ट्रप्रति समर्पित हुनेछ । विदेश पुगेपछि जागेको त होइन राष्ट्रिय भावना ? आफ्नो देशको माया त जहाँ भए पनि लागिहाल्छ नि । तर, प्रवासमा बस्दा अझ बढी लाग्ने रहेछ । हरेक नेपाली एकपटक विदेश जान जरुरी छ, तब मात्रै उसले आफ्नो देश चिन्छ । मेरो अमेरिका बसाइको अनुभव हो यो । अमेरिकामा घुम्दा भेटिएका विदेशीले सोध्थे, 'तिमी कहाँको ?' उनीहरूलाई भन्थेँ, 'नेपाल' । चिन्दैनथे, उनीहरूलाई चिनाउन सगरमाथाको देश क्या भन्थेँ । 'ए चाइना' भन्थे । 'बुद्ध जन्मेको देश थाहा छैन' भनेर सोध्दा 'ओ इन्डिया' भन्थे । उदाहरण जति दिए पनि अधिकांश विदेशी थाहा नभएको संकेत दिँदै टाउको हल्लाउँथे । म अचम्ममा पर्थें, कतिपयलाई सगरमाथा र बुद्ध जन्मेको देश पनि थाहा रहेनछ । पछि, यहाँका नेपालीले नै भनेपछि थाहा पाएँ, अमेरिकाका युनिभर्सिटीमै बुद्ध जन्मिएको देश 'भारत' भनेर पढाइँदो रहेछ । रेस मरहठ्ठाले पनि आफूले युनिभर्सिटीमा बुद्ध जन्मिएको देश भारत भनेर पढेको बताएका थिए । संसारलाई सत्य कुरा बताउन 'बुद्ध बर्न इन नेपाल' बनाउन लागेको हुँ । फिल्मबाट के सन्देश दिँदै हुनुहुन्छ त ? ईशापूर्व ५६३ मा नेपालको लुम्बिनीमा जन्मिएका हुन्, बुद्ध । हो, बुद्धत्व उनले इन्डियाको गयामा प्राप्त गरे र इन्डियामै स्वर्गे भए । तर, जन्मिएको त नेपालमै हो नि । जे कुरा सही हो, त्यही मात्रै पढाउनुपर्‍यो, गलत प्रचार गर्नुभएन । फिल्मको सन्देश यति मात्रै हो । फिल्ममा हामीले भारतलाई पनि नराम्रो भन्नेछैनौँ । आर्नाेल्ड अमेरिकाको हिरो हो, तर ऊ जन्मिएको त अस्टि्रयामा हो नि, अब उसको जन्मस्थान कहाँ भन्ने ? फिल्म बनाउने हल्ला मात्रै त होइन नि ? स्त्रिmप्ट रेडी छ । सुरेश अधिकारीको संगीतमा गीत नेपालमै रेकर्डिङ गरिसकेँ । फिल्मका चारवटै गीत न्युयोर्कमै बसिरहेका विकास विष्टले रचेका हुन् । अमेरिकामा भएका सबै संघसंस्था मेरो फिल्मलाई 'सुटिङ अनुमति' दिलाइदिन लागिपरेका छन् । उसो भए बुद्ध बर्न इन नेपालका टार्गेट अडिअन्स अमेरिकी हुन् ? अमेरिका मात्र होइन, फिल्म विश्वभरका युनिभर्सिटीमा निःशुल्क वितरण गर्छु । अमेरिकामै 'रेडकार्पेट' गरेर व्यापक प्रचार गर्छु । 'बुद्ध भारतमा जन्मिएका हुन्' भनेर पढाउने अमेरिकाका युनिभर्सिटीहरूमा फिल्मको विशेष सो देखाउने योजना छ । फिल्मको एउटै उद्देश्य छ- बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने । अमेरिकामा बसेर नेपाल सम्भि“mदा के-के याद आउने गर्छ ? मेरी आमालाई तीर्थ धेरै जानुपर्ने, १०/१२ वर्ष हुँदा नै म आमासँगै तीर्थ जान्थेँ । नेपाल हुँदा सोमबार पशुपतिनाथको दर्शन गर्न पुगेकै छु, एकाध हप्ताबाहेक । यता आएपछि पशुपतिनाथ मैले 'मिस' गरेको छु । त्यसैले पशुपतिनाथकै सम्झनामा पाखुरामा शिवको ट्याटु खोपेको छु । भक्तको तनमा भगवान्ले बास गरेपछि भक्तले भगवान्सामु धाइरहनुपर्दैन भनेर नै ट्याटु खोपाएको हुँ । मेरा गुरु राजेश हमाल दाइ, अमित ढुंगाना दाइ र ससुरा बा, उहाँहरूलाई सधैँ मिस गरिरहन्छु । पिकनिकजस्तै हुने सुटिङका ती दिन सम्झन्छु । मेरो जन्मथलो काठमाडौँ, भक्तपुरका पौराणिक दृश्य, पोखरा सम्झन्छु । कोटेश्वर चोकभित्रको राजेश ढुंगाना दाइको फेन्सी पसलमा हुने जमघटको झल्को आउँछ । नेपाल र्फकनेबित्तिकै पहिलो काम के गर्नुहुन्छ ? अमेरिकामा सबै चिज किन्न पाइने रहेछ, गुन्द्रुकदेखि भट्माससम्म । तर, मलाई तरकारी मीठो लाग्ने चम्सुरको साग भने यहाँ कतै भेटिएन । नेपाल झर्नेबित्तिकै आमाको हातबाट पकाइएको चम्सुरको सागसँग खाना खान्छु । त्यहाँ बसेर नेपाल सम्भ“mदा के कुरामा दुःख लाग्छ ? अमेरिकाले बाटो होइन, बाटोले अमेरिका बनायो भन्छन् । यहाँको जीवनशैली देख्दा कहिले होला हाम्रो नेपाल यस्तो भन्ने लाग्छ । हाम्रा देशका नेताहरू धेरैपटक अमेरिका आउँछन् । यहाँको विकास हेर्छन्, देख्छन् तर फर्केर नेपालमा केही गर्दैनन् । यो सम्भ“mदाचाहिँ दुःख लाग्छ । प्रस्तुति : प्रवीण बुढाथोकी
biwash prawashi · Feb 24, 2013 11:28 PM · 14,925 views
मलाई अमेरिकी सरकारले नेपालमै गि्रनकार्ड पठाएको थियो,,, haha haha
stopthewar · Feb 25, 2013 9:47 AM
kasari pathayeko raicha bujau ta...Fedex DHL USPS UPS
champak123 · Feb 25, 2013 10:18 AM
What a great MF !! Ben sud make "ARGO Part II" on this fella!!
daum · Feb 25, 2013 10:21 AM
sounds like some fairy tales !what kind of world this guy is living ? is he talking about real america ? waht a joker !!
fantush · Feb 25, 2013 11:24 AM
Wait, if he won DV, doesn't the US government send him the GC? I mean, he sounds technically right.
Kiddo · Feb 25, 2013 12:21 PM
The guy clearly said the U.S. government sent his Green Card to Nepal. That's untrue. You get your Green Card sent via mail upon your arrival in the U.S. On topic, the guy might be speaking truth about whatever he's being ridiculed about. A lot of Nepalese get 'stuck' in the U.S. after having children. Also, it's true that the U.S. doesn't entice everybody, not just the elderlies but even a tonne of youths don't find the U.S. as an appealing place to live permanently. There are plenty of Nepalese who keep traveling back and forth without having settled in either place permanently.
riddle · Feb 25, 2013 12:38 PM
read through all.. looks like genuine guy.. its just the selection of his words. I think
bittertruth · Feb 25, 2013 12:55 PM
What the F**K . American Government sent his green card in Nepal. Bull Sh**T. Khok na paya vandai ma daro khokayoo
craze · Feb 25, 2013 2:21 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion