रिजवूड नेपाली समाज ,न्युयोर्क द्वारा रक्तदान कार्यक्रम

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                                            रिजवूड नेपाली समाज ,न्युयोर्क द्वारा रक्तदान कार्यक्रम   अमेरिका ,फेब्रुअरी २३,२०१३ का दिन रिजवूड नेपाली समाज (Ridge wood Nepali Society ) न्युयोर्कले रक्तदान कार्यक्रमको आयोजना गर्यो l उक्त रक्तदान कार्यक्रममा ५७ जना रक्तदाताले रक्तदान गर्नु भएको थियो भने यस कार्यक्रममा ६४ बर्षिय यादव गौतमले २१ औं पटक रक्तदान गरि रक्तदान गर्दा कुनै पनि शारीरिक कमजोरी नहुने प्रमाण गरिदिए l रिज वूड नेपाली समाज न्युयोर्कको यो चौथो बार्षिक रक्तदान कार्यक्रम हो l यो सहित गरेर उक्त समाजले जम्मा २३२ ईकाई रगत संकलन गरेको छ l यति परिमाण रगतबाट ६९६ जना बिरामीहरुलाई बचाउन सहयोग हुन्छ l रक्तदान कार्यक्रम आयोजक संस्था र रक्तदाताहरुलाई ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुन प्रसाद मैनालीले धन्यवाद दिदै अन्य नेपालि समुदायहरुलाइ पनि रक्तदान कार्यक्रम आयोजना गरि असाहय बिरामीहरुलाई बचाउन अनुरोध गरेका छन् l रिजवूड नेपाली समाज ,न्युयोर्क २००३ मा स्थापित भएको गैर मुनाफा संस्था हो l नेपाली समुदायमा अत्यन्तै राम्रो भूमिका निर्वाह गर्दै आई रहेको छ भने संस्थाको मुख्य उदेश्य नेपाली संस्कृति , सभ्यता र परम्परालाई अन्तर राष्ट्रिय रंगभुमिमा प्रबर्धन गर्नु रहेको छ l   विजय थापा भर्जिनिया ,अमेरिका

ANATEXAS · Feb 24, 2013 9:04 AM · 2,632 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all