Paras Dead

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Rest in peace हृदयघातका कारण थाईल्याण्डको बैंककस्थित समिटिभेज अस्पतालमा उपचार गराईरहेका पारश शाहको निधन भएको अपुष्ट खबर सार्बजनिक भएको छ । फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालमा उनको मृत्यु भएको भन्दै श्रद्धाञ्जली व्यक्ति गरिरहेको स्टाटसहरु अपडेट भइरहेका छन् |  हृदयघात भएपछि बैंककको समिटभेज अस्पतालमा उपचार गराइरहेका पारसको स्वास्थ्य अबस्थाको बारेमा चिकित्सकहरुले अवस्था गम्भीर रहेको भन्दै आएका थिए । केहि दिन अघि देखि पूर्व युबराज पारस शाहको स्वास्थ्य अवस्था स्थिर रहेको भन्ने समाचारहरु प्रकाशित भइरहेका थिए |  उनको स्वास्थ्यमा कुनै सुधार नभएकोले उपचारमा संलग्न चिकित्सकहरुले अब थोरै मात्र आश गर्न सकिने बताएका थिए | उनको अवस्था गम्भीर भएकोले उनलाई भेन्टिलेटर मा राखेर उपचार गरिदै आएको थियो |  हृदयघात भए पछि पूर्व युवराज शाहलाई भेट्न राजपरिवारका केहि सदस्य बैंककस्थित समिटिभेज अस्पतालमा पुगी सकेका छन् भने पारस पत्नी हिमानी भने आज जाने बताइएको छ |  तर प्राप्त अपुष्ट समाचार अनुसार पारसको मृत्यु भैसके पनि आमा कोमल वा श्रीमती हिमानी बैंकक नपुगी औपचारिक घोषणा गर्न नमिल्ने भएकोले उनको मृत्युको बारेमा औपचारिक घोषणा नगरिएको बताइएको छ | 

cybernepali · Feb 21, 2013 10:48 PM · 3,726 views

1 Reply

 काठमाडौं, फागुन ११ – हृदयाघात भएपछि थाइल्याण्डको बैंककस्थित एक अस्पतालमा उपचार गराइरहेका पूर्व युवराज पारस शाहको शुक्रबार बिहान निधन भएको छ । पूर्वराजा ज्ञानेन्द्र निकट स्रोतका अनुसार पारसको मृत्यु भइसकेपनि औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ । बैंककस्थित समित्भेज अस्पतालको आईसीयुमा उपचार गराइरहेका उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । चिकित्सकहरुका अनुसार उनलाई गम्भीर प्रकृतिको हृदयघात भएको थियो । नियमित सेवन गर्नुपर्ने भनिएको मुटुरोगसम्बन्धी औषधि खान छाडेकाले उनको स्वास्थ्यमा एक्कासी समस्या देखिएको बताइएको छ । उनको हेरचाह गैरआवासीय नेपाली संघका सचिव सुनील खड्का र उनको प्रमिकाले गरिरहेका थिए । परिवारसँग सम्बन्ध चिसो भएपछि पारस लामो समयदेखि थाई गर्लफेन्डसँगै बैंककमा बस्दै आएका थिए ।

cybernepali · Feb 21, 2013 10:50 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all