प्रिय ...आज प्रेम दिवस !!! सम्हाल प्रिय, आफुलाई ... औपचारिक भैसकेको कुरालाई अनौपचारिक रूपमा यसरी पोख्दा, असभ्य भईन्छ | तिमीले सिक्नुपर्छ ... सिस्नोसरी आफ्नो माया झाँगिदै गएकोमा रमाउने तिम्रो संवेगलाई रोक्न | पर्खेऊ .... आजको युग मात्राको युग हो कति मात्रामा हास्ने कति मात्रामा बाच्ने सबै "इनकोडेड" छन् तिम्रो माया त ... ठेकिको अमिलो मोई जस्तै छताछुल्ल भएर पोखिन खोज्छ म कसरी पिउ त्यसलाई ? म कसरी जीउ त्यसलाई ? घडी हेर ... सुईले १२ को पुर्पुरोमा झट्टारो नहानेसम्म मायाको कुरा गर्नु जायज होइन... न्यायसंगत पनि छैन समयको शक्तिसंग नजुध... एक दिनमा नसकिने कस्तो माया हो तिम्रो ?? कति मुल्यवान छ समय, उसले साथ छोडेपछि मेरो एक्लोपनले तिमीलाई तर्साउने छ त्यसैले नवाध, छातीका रापहरुले ................. किन पिर लिन्छौ....... ३६४ दिन पछि फेरी यो दिन आउनेछ अनि भत्काउला हामीले बनाएका.......... पर्खालहरु तिम्रो आछेपलाई भौतिकबाद भनेर परास्त गर्न नसके पनि व्यवहारिकताको उदाहरण दिन्छु, सुन.... प्रत्येक १५ मिनेट साससमेत "आपडेट" गर्नु पर्ने यो युगमा ३६५ दिन माया गर्न असम्भब भो तिमी पागलपनको कुरा गर्छौ... सोच ... " प्रेम " लाई नै दिवस बनाएर मनाउने मानिस कत्तिको पागल भएछन !!! -उही तिम्रो पागल प्रेमी | Last edited: 21-Feb-13 05:54 PM Last edited: 29-Apr-13 01:59 AM
jhaukiri · Feb 19, 2013 7:04 PM · 13,751 views
jhaukiri · Feb 20, 2013 4:31 PM
lol, good read!
annehathaway · Feb 20, 2013 4:34 PM
Thanx lol...
jhaukiri · Feb 21, 2013 5:51 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion